Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • सदनमा सत्ताको आदेशपालक बन्दै सभामुख 
सदनमा सत्ताको आदेशपालक बन्दै सभामुख 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, जेठ ८, २०८३

 

संसद् भनेको प्रतिपक्षको हो । सभामुख भनेको संसद्लाई व्यवस्थित गर्ने संवैधानिक संस्था हो । तर आज जसरी प्रतिपक्षले आफ्ना धारणा राखिरहेका छन्, त्यसप्रति सभामुखबाट व्यक्त भएका अभिव्यक्तिहरू संसदीयजस्तो लागिरहेको छैन ।
भीष्मराज आङ्देम्बे
प्रमुख विपक्षी नेता

काठमाडौं- प्रतिनिधि सभा बैठकमा पछिल्ला दिनमा देखिएको राजनीतिक गतिरोधसँगै सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठ्न थालेको छ । संसदीय परम्पराअनुसार सदनको नेतृत्व गर्ने सभामुखलाई तटस्थ, निष्पक्ष र सबै दलप्रति समान दूरीमा रहने अपेक्षा गरिन्छ । तर, पछिल्ला गतिविधिले अर्याल सत्तापक्षलाई अनुकूल र प्रतिपक्षप्रति कठोर बन्न थालेका छन् ।

प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसक्ने सभामुखले प्रतिपक्ष दलका नेतालाई बारम्बार नियम घोकाइरहनु निन्दाजनक र हास्यास्पद देखिन्छ । 
हर्क साम्पाङ
अध्यक्ष तथा सांसद, श्रम संस्कृति पार्टी

Hardik health

गत केही दिनदेखि सदनमा सरकारले ल्याएका विधेयकहरू दु्रत गतिमा पारित भइरहेका छन् । नियमावली पनि पारित भएको छ । तर, प्रतिपक्ष दलहरूका सांसदहरूका अनुसार संसद्प्रति उत्तरदायी बनाउन प्रधानमन्त्री वालेन्द्र शाहको अनिवार्य उपस्थिति र हरेक महिना गर्नुपर्ने प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रमप्रति जवाफदेही बनाउन गरिएको मागलाई सभामुखले ‘ध्यानाकर्षण’ भएको बताउँछन् तर सम्बोधन गराउँदैनन् ।

यसपछि प्रतिपक्ष दलहरूले उठाएका विषय र मागलाई सभामुखले बेवास्ता गरेको भन्दै बजेट अधिवेशनको दोस्रो दिन (२९ वैशाख)देखि नै आक्रोश व्यक्त गरिरहेका छन् । संसदीय अभ्यासमा प्रतिपक्षको आवाज सुनिनु लोकतान्त्रिक संस्कृति मानिन्छ । तर, अर्यालले सरकारको कार्यसूचीलाई प्राथमिकता दिएर विपक्षीमाथि त पेलेरै अघि बढ्न थालेको भन्दै उनको निष्पक्षतामाथि प्रश्न उठेको हो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख अर्यालको कार्यशैलीप्रति असन्तुष्टि जनाए । गृहजिल्ला पाँचथरको तुम्बेवामा आयोजित कार्यक्रममा बिहीबार बोल्दै उनले सभामुख अर्यालले संसद् सञ्चालनमा तटस्थता, निष्पक्षता र संसदीय मर्यादाको आधारभूत मान्यता कमजोर बनाइएको टिप्पणी गरे ।

‘संसद् भनेको प्रतिपक्षको हो । सभामुख भनेको संसद्लाई व्यवस्थित गर्ने संवैधानिक संस्था हो । तर आज जसरी प्रतिपक्षले आफ्ना धारणा राखिरहेका छन्, त्यसप्रति सभामुखबाट व्यक्त भएका अभिव्यक्तिहरू संसदीयजस्तो लागिरहेको छैन,’ उनले भने । आङ्देम्बेले हर्क साम्पाङ नेतृत्वको दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दा सभामुखले दिएको चेतावनीप्रति पनि आपत्ति जनाए । ‘हिजो प्रतिपक्षमा हुँदा तत्कालीन सांसद, वर्तमान सभामुखहरू आफैं वेलमा पुग्नुहुन्थ्यो, नीलो स्कार्फ लगाएर आन्दोलन गर्नुहुन्थ्यो । त्यतिबेला उचित लागेको गतिविधि आज अमर्यादित कसरी हुन्छ ?’ उनले सोधे ।

बिहीबार नै श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका हर्क साम्पाङले सभामुख अर्यालको भूमिकाप्रति तीखो टिप्पणी गरे । प्रधानमन्त्री शाहलाई संसद्प्रति उत्तरदायी बनाउन नसक्ने तर आफूलाई प्रतिनिधि सभा नियमावली स्मरण गराएको प्रति उनको आक्रोश थियो । 

‘प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसक्ने सभामुखले प्रतिपक्ष दलका नेतालाई बारम्बार नियम घोकाइरहनु निन्दाजनक र हास्यास्पद देखिन्छ,’ उनले विज्ञप्ति जारी गरेर भनेका छन् । भनिन्छ, उनलाई सभामुख अर्यालले बुधबार सदनमा अमर्यादित ढंगले विरोध गरिरहे कारबाहीको चेतावनी दिएका थिए । यसप्रति साम्पाङले बिहीबार संसद् बैठकपछि चुनौती दिँदै भने, ‘त्यस्ता नाथे, हिम्मत छ ? देखाए भयो कारबाही गरे ।’

सभामुख अर्याल बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षहरूलाई पेलेरै अघि बढे । जब प्रधानमन्त्री शाहलाई उनले सिंहदरबारमा भेटे, फर्केर आएपछि स्थगित संसद् बैठक पुनःसञ्चालन गरेर उनले विपक्षी दलहरूको माग र विरोधलाई पूरापूर बेवास्ता गरे । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ सँगै अन्य विभिन्न विधेयकहरू प्रधानमन्त्री शाहको तर्फबाट कानुनमन्त्री सोविता गौतमलाई संसद् बैठकमा प्रस्तुत गर्न दिए । बहुमतले पारित गराए ।

जबकि, आकस्मिक र शून्य समयमा बोलिसकेपछि सभामुख अर्यालले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गराउने अपेक्षा प्रतिपक्ष दलहरूको थियो । तर, सभामुखले त्यसो गरेनन् । विधेयकहरू प्रस्तावको कार्यसूची अघि बढाए । विपक्षी दलहरूले अवरोध गरे । प्रधानमन्त्री बालेनसँग प्रश्नोत्तर गराउन सभामुखसँग माग गरे । सभामुख अर्यालले ध्यानाकर्षण भएको बताए । तर, प्रधानमन्त्री सदनमा ल्याउनु त कता हो कता विपक्षी आवाजलाई दमन गर्दै कार्यसूचीमा रहेका सबै विधेयक प्रतिपक्ष दलहरूको विरोधको बाबजुद पारित गराए । 

प्रतिपक्षले भने सभामुख अर्याल सरकारको पक्षमा खुलेर उभिएको आरोप लगाए । अर्थात् सभामुख अर्यालको भूमिका सत्ता अनुकूल र प्रतिपक्ष प्रतिकूल भएको टिप्पणी गरे ।  नेपाली कांग्रेसका सचेतक निष्कल राई, एमाले प्रमुख सचेतक ऐन महर, नेकपा प्रमुख सचेतक युवराज दुलाल, श्रम संस्कृति पार्टीका नेता आरेन राई तथा राप्रपाकी सचेतक खुश्बु ओलीले एकै स्वरमा सभामुखको भूमिकामाथि आपत्ति जनाए । उनीहरूले वेल घेराउ गरे । प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनैपर्ने बताए । यस्तोमा रास्वपा सभापति रवि लामिछानेले भने प्रधानमन्त्री शाह छिट्टै सदनमा आएर उठेका प्रश्नको जवाफ दिने बताएका छन् । 
 


प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  ११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता मंगलबार, जेठ १२, २०८३
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की मंगलबार, जेठ १२, २०८३
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर मंगलबार, जेठ १२, २०८३
कुटपिटबाट महिलाको निधन
कुटपिटबाट महिलाको निधन मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः  अलपत्र  झोलुंगे  पुल ४९ वटा
महालेखापरीक्षकको प्रतिवेदनः अलपत्र झोलुंगे पुल ४९ वटा मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP