काठमाडाैं - सेयर बजारमा फेरि गिरावट आएको छ । अघिल्लो दिन बढेको सेयर मूल्य आज फेरि घटेको हो । बुधबार सेयर बजार परिसूचक १.६४ अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २७११.२२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १४९ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १०४ कम्पनीको सेयर मूल्य बढेको छ । आज १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज सेन्सेटिभ इन्डेक्स भने ०.८० अंकले बढेर ४६३.१२ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको मूल्य घटेको छ । परिसूचक सामान्य घटेको दिन कारोबार रकम ३ अर्बमा सिमित भएको छ ।
आज सेयर बजारमा ३३६ कम्पनीका ७१ लाख ३१ हजार ५५७ कित्ता सेयर ४७ हजार ८४१ पटक खरिद बिक्री हुँदा ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार ७७९ रुपैयाँको कारोबार भएको छ ।