एजेन्सी - अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई इरानको मद्दत नगर्न धम्की दिएसँगै एसियाली सेयर बजारमा गिरावट छाएकाे छ । अमेरिकीले इरानविरुद्ध अमेरिकी नाकाबन्दीको घोषणाले एसियाली सेयर बजारमा गिरावट दर्ता गरिएको हाे ।
जापानको निक्केई २२५ इन्डेक्स ०.८४ प्रतिशतले घट्यो भने टोपिक्स ०.४२ प्रतिशतले तल झर्यो। दक्षिण कोरियाको कोस्पी इन्डेक्स १.८३ प्रतिशतले ओरालो लाग्यो।
लगानीकर्ताहरूमा नाकाबन्दीका कारण तेल आपूर्ति, विशेषगरी होर्मुज स्ट्रेटमार्फत हुने आपूर्ति प्रभावित हुन सक्ने भन्दै चिन्ता बढेको छ।