Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • नयाँ प्रधानमन्त्री बन्दै बालेन
चैत १० भित्रै नियुक्त गर्ने तयारी नयाँ प्रधानमन्त्री बन्दै बालेन
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, चैत ४, २०८२

 

यही दिन उहाँ (बालेन) प्रधानमन्त्री बन्नुहुन्छ भनेर त म भन्न सक्दिनँ तर देशले नयाँ प्रधानमन्त्री चैत दोस्रो साताको सुरुआततिरै पाउन सक्छ । त्यो भनेको ९-१० गतेतिर हुन सक्ला 
शिशिर खनाल
सांसद, रास्वपा

  • निर्वाचन आयोगले भोलि बिहीबार समानुपातिक सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिने
  • बिहीबार नै निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने आयोगको तयारी
  • बालेन रास्वपा संसदीय दलको नेता चयन हुन बाँकी

काठमाडौं- ३६ वर्षीय बालेन्द्र (बालेन) शाहले गत माघ ५ गते जनकपुर पुगेर ‘मधेसको छोरा प्रधानमन्त्री बन्नेवाला’ रहेको बताए । आफूलाई चुनावअघि सम्भावित प्रधानमन्त्रीका रूपमा सार्वजनिकरूपमा प्रस्तुत गरेका बालेन झापा-५ बाट निर्वाचित भएर आएसँगै प्रधानमन्त्री बन्ने लगभग निश्चित बनेको छ । र, अबको केही दिनभित्रै उनी प्रधानमन्त्री नियुक्त हुँदै छन् ।

Hardik health

तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बाले प्रधानमन्त्री बन्न पार्टी सभापति रवि लामिछानेले पूर्ववत् सहमति पालना गर्नुपर्ने छ । लामिछानेले तोडेर आफैं प्रधानमन्त्री बन्न अग्रसर हुनसक्ने आकलन पनि केहीले गरेका छन् । यद्यपि, हाल अस्वस्थ रहेका सभापति लामिछानेले त्यस्तो स्पष्ट संकेत दिएका छैनन् । बालेन प्रधानमन्त्री भए पहिलो मधेसी नागरिक देशको कार्यकारी प्रमुख बन्ने छन् । यसअघि कोही पनि मधेसी नागरिक प्रधानमन्त्री बनेका छैनन् । 

रास्वपा सांसद तथा पूर्वशिक्षामन्त्री शिशिर खनालका अनुसार यही चैतको १० गतेभित्र बालेन प्रधानमन्त्री बन्ने छन् । ‘यही दिन उहाँ (बालेन) प्रधानमन्त्री बन्नुहुन्छ भनेर त म भन्न सक्दिनँ तर के भन्न सक्छु भने देशले नयाँ प्रधानमन्त्री चैत दोस्रो साताको सुरुआततिरै पाउन सक्छ । त्यो भनेको ९-१० गतेतिर हुन सक्ला,’ उनले प्रभावसँग भने ।  संविधानतः निर्वाचन परिणाम सार्वजनिक भएको ३५ दिनभित्र देशले नयाँ प्रधानमन्त्री पाइसक्नुपर्छ । प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचन परिणाम निर्वाचन आयोगले जारी गरिसकेको छ । तर, समानुपातिकतर्फ निर्वाचित सांसदहरूले निर्वाचित भएको प्रमाणपत्र आयोगबाट पाउन बाँकी छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बिहीबारसम्ममा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी भएको हुनाले त्यसअघि नै निर्वाचित भएको प्रमाणपत्र समानुपातिक सांसदहरूलाई दिइने छ । 

हालसम्म प्रत्यक्षतर्फका १६५ जना सांसदलेमात्रै निर्वाचित भएको प्रमाणपत्र आयोगबाट प्राप्त गरेका छन् । आयोगले अब समानुपातिकतर्फका सांसदलाई पनि निर्वाचित भएको प्रमाणपत्र दिएपछि राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन आयोगले बुझाएसँगै सरकार गठनको औपचारिक प्रक्रिया प्रारम्भ हुने संवैधानिक कानुनका जानकारी डा. विपिन अधिकारीले बताए ।  उनका अनुसार नेपालको संविधानले सरकार गठनको प्रक्रिया स्पष्ट रूपमा निर्धारण गरेको छ । संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ, जुन प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र हुनुपर्छ ।

‘संविधानमै छ कि निर्वाचन सम्पन्न भएको प्रतिवेदन राष्ट्रपतिलाई आयोगले बुझाएपछि औपचारिक रूपमा सरकार गठनको प्रक्रिया सुरु भएको मानिन्छ र ३५ दिनभित्र नयाँ सरकार गठन गरिसक्नुपर्छ,’ उनले भने ।  मौजुदा संविधान जारी भएको १० वर्ष भयो । यसपटकसमेत गरी तीनपटक भएको प्रतिनिधिसभा निर्वाचनमा पहिलोपटक धारा ७६ को (१) अनुसार सरकार गठन हुन लागेको छ । यो उपधाराअनुसार प्रतिनिधिसभामा एकल बहुमत प्राप्त दलको नेता प्रधानमन्त्री हुन्छन् र सरकार गठन गर्छन् ।  यसपटक रास्वपाको झण्डै दुईतिहाइ (१८२ सांसद) बहुमतको सरकार बन्ने गणित छ । त्यसो हुनाले बलियो र स्थिर सरकार बन्ने सम्भावना छ । 
तर, बालेन रास्वपा संसदीय दलको नेता बनेका छैनन् । समानुपातिक सांसद सिफारिस गर्न र संसदीय दलको नेता चयन गर्न भन्दै आइतबार बैठक बस्ने भनिएकोमा सभापति लामिछाने र बालेन दुवै सहभागी भएनन् । दुवै बिरामी रहेको उपसभापति डोलप्रसाद अर्यालले मंगलबारदेखि नवनिर्वाचित सांसदहरूका लागि आयोजित अभिमुखीकरणमा भने ।  रास्वपा संसदीय दलको नेता चयन प्रक्रिया लामो छ । विधानमा भएका केही बाधा पु¥याउन सक्ने प्रावधानमा संशोधन गरेर बालेनलाई दलको नेता चयन गर्ने भनिएको छ । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले बालेनलाई दलको नेता चयन सांसदहरूको शपथ ग्रहणपछि हुने बताए ।  ‘सांसदको शपथपछि मात्र प्रधानमन्त्री चयन प्रक्रिया बढाउँछौँ । सांसदहरूको शपथ लगत्तै बस्ने दलको बैठकले संसदीय दलको नेता चयन गर्छ,’ मंगलबार उनले पत्रकारहरूसँग भने । 

यदि दलको नेता बालेन चयन भए उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । बालेन काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख हुन् । २०७९ को वैशाख ३० गते भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित बालेन गत माघको पहिलो साता पदबाट राजीनामा दिएर संसदीय राजनीतिमा प्रवेश गरेका हुन् । २१ फागुनमा भएको निर्वाचनमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका उनी संसदीय राजनीतिमा प्रवेश गरेको दुई महिनामै प्रधानमन्त्री बन्न लागेका हुन् ।
 


प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता मंगलबार, जेठ १२, २०८३
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की मंगलबार, जेठ १२, २०८३
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर मंगलबार, जेठ १२, २०८३
कुटपिटबाट महिलाको निधन
कुटपिटबाट महिलाको निधन मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः  अलपत्र  झोलुंगे  पुल ४९ वटा
महालेखापरीक्षकको प्रतिवेदनः अलपत्र झोलुंगे पुल ४९ वटा मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP