Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • यसरी हुन्छ सरकार गठन
यसरी हुन्छ सरकार गठन
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, फागुन २८, २०८२
  • समानुपातिक सिट बाँडफाँट
  • समानुपातिकबाट निर्वाचितलाई प्रमाणपत्र
  • निर्वाचनको परिणाम समेटेर तयार गरिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस  
  • संसदीय दलको नेता तथा पदाधिकारी चयन
  • राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको पहिलो बैठक आह्वान
  • निर्वाचित सबैभन्दा ज्येष्ठ सदस्यलाई पद तथा गोपनीयताको शपथ
  • शपथ लिएका ज्येष्ठ सदस्यबाट बाँकी प्रतिनिधिसभा सदस्यलाई शपथ
  • राष्ट्रपतिद्वारा संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतीय सरकार गठनको आह्वान
  • एकल बहुमत पुग्ने दलबाट सरकार गठनका लागि प्रधानमन्त्रीमा दाबी
  • दाबीका आधारमा राष्ट्रपतिद्वारा प्रधानमन्त्री नियुक्त

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फको सिट बाँडफाँट आज टुंगो लगाउने भएको छ । दलहरूले प्राप्त गरेको समानुपातिक मतगणना बुधबार सकिएकाले प्राप्त मतका आधारमा आयोगले सिट बाँडफाँट टुंगो लगाउने भएको हो ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार समानुपातिकतर्फ सिट बाँडफाँट गर्न केही चरणबद्ध प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । त्यसका लागि पहिलो सर्त हो- कूल सदर मतको कम्तीमा तीन प्रतिशत मत प्राप्त दल यकीन गर्ने । त्यसपछिमात्रै प्राप्त मतको प्रतिशतका आधारमा सिट संख्या निर्धारण गरिन्छ । सिटको टुंगो लागेपछि भने आयोगले संविधानअनुसार महिला तथा अन्य समावेशी समूहको प्रतिनिधित्व मिलाउने प्रक्रिया थाल्छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट निर्वाचित कूल सदस्य संख्याको कम्तीमा एकतिहाइ महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले प्रत्यक्षतर्फ जितेका महिला सदस्य र राष्ट्रिय सभामा रहेका महिला सदस्यको संख्या हेरेर समानुपातिकतर्फबाट आवश्यक महिला सदस्य समायोजन गरिन्छ ।

त्यसपछि निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट समावेशी समूह मिलाएर नाम पठाउन सम्बन्धित दललाई पत्राचार गर्छ । दलहरूले बन्दसूचीको क्रमअनुसार आवश्यक सदस्यको नाम पठाएपछि आयोगले समानुपातिकतर्फ निर्वाचित सदस्यको अन्तिम घोषणा गर्ने सहायक प्रवक्ता जिसीले बताए । उनका अनुसार निर्वाचित भएकाहरूलाई आयोगले प्रमाणपत्र प्रदान गर्छ । यसपछि भने आयोगले प्रत्यक्ष र समानुपातिक दुवैतर्फका परिणाम समेटिएको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँछ । 

Hardik health

सहायक प्रवक्ता जिसीले प्रतिवेदन बुझाउने काम चैतको पहिलो सातातिर हुने बताए । उनले भने, ‘ढिलोमा चैतको पहिलो सातामा राष्ट्रपतिज्यूलाई प्रतिवेदन बुझाइसक्छौं ।’ आयोगले प्रतिवेदन बुझाएपछि दलहरूले संसदीय दलको नेता, उपनेता, प्रमुख सचतेक, सचेतक आदि पदाधिकारी चुन्ने गर्छन् । उता राष्ट्रपतिले प्रतिनिधिसभा बैठक आह्वान गर्छन् । सुरुमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइन्छ । उनले नै अन्य प्रतिनिधिसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने प्रचलन छ । यस्तोमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (१) अनुसार सरकार गठनको आह्वान गर्छन् ।

यसपटक प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेकाले यो दलले सरकार गठनको दाबी गर्ने छ । गत पुसमै पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहबीच भएको सात बुँदे सहमतिमा बालेन संसदीय दलको नेता बन्ने र भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने उल्लेख भएकाले प्रधानमन्त्रीमा बालेनको दाबी रहने निश्चितजस्तै छ । बालेनले एकल बहुमत भएको भन्दै हस्ताक्षरसहित राष्ट्रपतिकहाँ दाबी पेस गर्दा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने छन् । किनभने प्रत्यक्षमै १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ पनि ५७ सिट पाउने देखिएको छ (बाँडफाँट हुन बाँकी) । दुवैतर्फको सिट जोड्दा १८२ हुने देखिन्छ । यो संख्या झण्डै दुईतिहाइ नजिक हो । १३८ जना सिटले बहुमतीय सरकार गठनमा काफी हुने संवैधानिक कानुनका जानकार डा. विपिन अधिकारीले बताए । 

उनले भने, ‘रास्वपा दुई सिट घटी दुईतिहाइ (१८४) बहुमतमा छ, त्यसो हुनाले राष्ट्रपतिले बहुमत परीक्षण गर्नु हुने छैन, दाबी पेस गरेलगत्तै सीधै प्रधानमन्त्री नियुक्त गर्ने देख्छु ।’ पूर्ववत् सहमतिमा सभापति रवि लामिछानले दायाँबायाँ नगर्दा भावी प्रधानमन्त्री बालेन नै हुन् । हालै लामिछानेनिकट मानिने उपसभापति डोलप्रसाद अर्यालले बालेनलाई प्रधानमन्त्री बनाउने सहमति कार्यान्वयन हुन्छ भन्ने प्रश्नमा आफूलाई सहमतिको बुँदाहरू कण्ठ नभएको र हेर्नुपर्ने भन्दै संशयपूर्ण अभिव्यक्ति दिएका थिए । आलोचित भएपछि भने आफ्नो अभिव्यक्ति सच्याउँदै सहमति अक्षरशः पालना हुने बताएका थिए । 

तर, मंगलबार बालेननिकट मानिने काठमाडौं-३ बाट निर्वाचित सांसद राजुनाथ पाण्डेले उपसभापति अर्याललाई लक्षित गर्दै कुनै पनि पदाधिकारीले खुरापाती कुरा गर्न नमिल्ने चेतावनी दिए । सरकार गठनपूर्व रास्वपामा स्पष्ट देखिएको मतभेदले कतै बालेन प्रधानमन्त्री बन्नबाट रोकिने त होइन ? शंका उत्पन्न भएको छ ।  तर, रास्वपाले प्राप्त गरेको अभूतपूर्व जनमत भावी प्रधानमन्त्रीमा बालेन अघि सारिँदा उनको ‘फेस भ्याल्यु’का कारण सम्भव भएको राजनीतिक विश्लेषकहरू बताउँछन् । यसले पनि बालेनलाई नै प्रधानमन्त्री बनाउनुपर्ने दबाबमा सभापति लामिछाने छन् । बालेन प्रधानमन्त्री भए प्रजातन्त्र स्थापनापछिका सबैभन्दा कलिला सरकार प्रमुख हुने छन् । उनी ३६ वर्षे हुन्् ।
 


प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता मंगलबार, जेठ १२, २०८३
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की मंगलबार, जेठ १२, २०८३
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर मंगलबार, जेठ १२, २०८३
कुटपिटबाट महिलाको निधन
कुटपिटबाट महिलाको निधन मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः  अलपत्र  झोलुंगे  पुल ४९ वटा
महालेखापरीक्षकको प्रतिवेदनः अलपत्र झोलुंगे पुल ४९ वटा मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP