- इरानमा अमेरिका र इजरायली सैन्य आक्रमण
- इरानी रक्षामन्त्री र आइआरजिसीका प्रमुख मारिएको दाबी
- इरानको एक विद्यालयमा इजरायली आक्रमणबाट ८५ जनाको मृत्यु
- इरानको तेहरानसहित देशका विभिन्न स्थानमा व्यापाक आक्रमण
- आक्रमणको निशानामा सर्वोच्च नेता खामेनी
- इरान परमाणु कार्यक्रम त्याग्न तयार नभएपछि ठूलो आक्रमण गरेको अमेरिकी राष्ट्रपतिको दाबी
- इरानद्वारा प्रत्याक्रमण जारी, मध्यपूर्वका अमेरिकी एयर बेससँगै इजरायलमा इरानको प्रत्याक्रमण
- इरानमाथिको आक्रमणविरुद्ध उभियो रुस
काठमाडौं- मध्यपूर्वमा लामो समयदेखि चुलिँदै आएको तनाव शनिबारदेखि युद्धमा परिणत भएको छ । अमेरिका र इजरायलले इरानी सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनी, राष्ट्रपति कार्यालयसँगै विभिन्न सैन्य तथा रणनीतिक अखडामात्रै नभएर आवासीय क्षेत्र र विद्यालयमासमेत आक्रमण गरेका छन् ।
इजरायली सैन्य हमलामा इरानका रक्षामन्त्री अमिर नासिरजादेह र इस्लामिक रिभोल्युसनरी गाड्र्स कप्र्स (आइआरजिसी)का कमाण्डर मोहम्मद पाकपोर मारिएको अन्तर्राष्ट्रिय सञ्चार संस्था रोयटर्सले दाबी गरे छ । यद्यपि, यो समाचार तयार पार्दासम्म यसको आधिकारिक पुष्टि भने भएको छैन ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियान र सेनाका प्रमुख मेजर जनरल अमिर हतामी मारिएको दाबी पनि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले गरेका छन् । तर, इरानको राज्य सञ्चालित मिडियाले उक्त दाबीलाई खारेज गरेको छ । इरानका राष्ट्रपति मसुदका कार्यकारी उपप्रमुख मोहम्मद जाफर केम्पानियाहले एक्समार्फत राष्ट्रपति सुरक्षित रहेको बताएका छन् । इरानका राष्ट्रपतिका छोरा युसुफ पेजेस्कियाले पनि टेलिग्राममा लेखेका छन्, ‘यसपटक हत्या प्रयास असफल भयो ।’
इरानी सेनाले आफ्नो कमाण्डर मेजर जनरल हतामीको मृत्यु भएको खबर अस्वीकार गरेको छ । फार्स समाचार एजेन्सीले संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ र सर्वोेच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) का प्रमुख अली लारिजानीलाई केही नभएको रिपोर्ट गरेको छ ।
यहीबीच इरानी राजधानी तेहरान, इस्फहान र कोम आसपासका क्षेत्रहरूमा लगातार विष्फोट सुनिएको र धुवाँ उडेको दृश्य सार्वजनिक भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘ठूलो सैन्य अभियान’ भन्दै इरानको परमाणु तथा मिसाइल कार्यक्रमबाट उत्पन्न खतरा अन्त्य गर्न कदम चालिएको दाबी गरेका छन् ।
उनले इरानी सरकारी फौजलाई आफ्ना हतियार बिसाउन भनेका छन् । इरानले हमला गर्न सक्ने भन्दै इजरायलविरुद्धको खतरा हटाउन आफूले पहिला हमला गरेको इजरायली रक्षा मन्त्रालयले जनाएको छ । यसअघि इजरायलका रक्षामन्त्री इजरायल क्याट्जले इरानबाट हुनसक्ने भन्दै ‘पूर्वप्रतिरक्षात्मक आक्रमण’ गरिएको शनिबार बिहानै एक विज्ञप्तिमार्फत उल्लेख गरेका थिए ।
इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले इरान क्षेत्रीय स्थिरताका लागि सबैभन्दा ठूलो खतरा बनेको आरोप लगाउँदै आक्रमणलाई ‘रक्षात्मक र आवश्यक’ कदमको संज्ञा दिएका छन् । अमेरिका र इजरायलको संयुक्त आक्रमणको केही घण्टामै इरानले इजरायलतर्फ दर्जनौं मिसाइल प्रहार गरेको तथा खाडी क्षेत्रमा अवस्थित अमेरिकी सैन्य बेसहरू लक्षित गरेको रिपोर्ट छ । कतार, युएई, बहराइन, कुवेत, साउदी अरब र जोर्डनमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको बताइएको छ ।
यद्यपि, युएईमा इरानी मिसाइल आक्रमणपछि केही नागरिक घाइते भएको अल जजिराले जनाएको छ । कतार र युएईले आफ्नो भूमिमा भएको इरानी आक्रमणको कडा निन्दा गर्दै क्षेत्रीय सुरक्षामा गम्भीर असर पर्ने चेतावनी दिएका छन् । इरानी सरकारी स्रोतहरूका अनुसार तेहरानको एक शैक्षिक क्षेत्र नजिक परेको आक्रमणमा विद्यार्थीसहित दर्जनौं नागरिकको मृत्यु भएको दाबी गरिएको छ । यो समाचार तयार पार्दासम्म ८५ जना विद्यार्थी मारिएको उल्लेख छ । यद्यपि स्वतन्त्र अन्तर्राष्ट्रिय निकायबाट मृतक संख्या पुष्टि भइसकेको छैन । अस्पतालहरूमा भने घाइतेको भीड लागेको र आपत्कालीन अवस्था घोषणा गरिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी जनतालाई ‘आफ्नो भविष्य आफ्नै हातमा लिन’ आह्वान गर्दै वर्तमान इस्लामिक शासनविरुद्ध उठ्न आग्रह गरेका छन् । विश्लेषकहरूले यसलाई प्रत्यक्ष शासन परिवर्तनको संकेतका रूपमा व्याख्या गरेका छन् । यसैबीच, इरानका पूर्वशाहका छोरा रेजा पहल्बीले सामाजिक सञ्जालमार्फत आक्रमणको समर्थन गर्दै इस्लामिक गणतन्त्रको अन्त्यको अवसर भएको टिप्पणी गरेका छन् । रुसले भने अमेरिका-इजरायलको कदमलाई अन्तर्राष्ट्रिय कानुनविपरीत भएको भन्दै कडा आलोचना गरेको छ । मस्कोले संयुक्त राष्ट्र सुरक्षा परिषद् बैठकको माग गर्दै क्षेत्रीय युद्ध भड्किन सक्ने चेतावनी दिएको छ ।
विश्लेषकहरूका अनुसार इरानको परमाणु कार्यक्रम, क्षेत्रीय सशस्त्र समूहहरूलाई दिएको समर्थन र इजरायल-इरानबीचको लामो वैमनस्य यस टकरावका मुख्य कारण हुन् । तेल उत्पादन गर्ने खाडी राष्ट्रहरूमा अस्थिरता बढे विश्व ऊर्जा बजार र आपूर्ति श्रृंखलामा गम्भीर असर पर्न सक्ने अनुमान गरिएको छ । मध्यपूर्वमा सुरु भएको सैन्य भिडन्तले विश्वराजनीतिमा नयाँ धु्रवीकरण निम्त्याउने संकेत देखिएको छ । युद्धको विस्तार रोक्न कूटनीतिक प्रयास तीव्र पार्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब बढेको छ ।
नेपालीहरुको सुरक्षामा चिन्ता
सतर्कता अपनाउन दूतावासहरुको आग्रह
मध्यपूर्वमा युद्ध चर्किएसँगै नेपालीहरुको सुरक्षा चिन्ता बढाएको छ । लाखौं संख्यामा नेपालीहरु कार्यरत खाडीका राष्ट्रहरुमा इरानले लगातार मिसाइल आक्रमण गरेपछि सुरक्षा चुनौती बढेको हो । यसलाई ध्यानमा राख्दै कतार, कुवेत, युएई, साउदी र बहराइनमा रहेका नेपाली राजदूतावासले सूचना जारी गर्दै विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।
कतारस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै त्यहाँस्थित नेपालीहरूलाई शान्तपूर्वक रहन र कतारी अधिकारीहरूले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनहरूको कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ ।
‘सकेसम्म घरभित्रै बस्नुहोस्, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनुहोस् र आधिकारिक घोषणा तथा आपत्कालीन सन्देशहरू निरन्तर हेरी पालना गर्नुहोस्,’ कतारस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा उल्लेख छ । दूतावासले अफवाह र अप्रमाणित सूचनाबाट सतर्क रहन विशेष जोड दिएको छ ।
यस्तै, मनामास्थित नेपाली दूतावासले बहराइनमा रहेका नेपालीहरूलाई त्यहाँको सरकारले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी निर्देशन र सूचनामा ध्यान दिन तथा सुसूचित रहन अनुरोध गरेको छ । ‘सुरक्षा संवेदनशीलता र सरोकारको अवस्थाप्रति सचेत र शान्त रहँदै सुरक्षित रहने उपाय र निर्देशनका सम्बन्धमा आ–आफ्ना कम्पनीका निर्देशनबारे जानकारी राख्नुहोस्,’ दूतावासले जनाएको छ । बहराइन सरकारका आधिकारिक एप र प्लेटफर्ममार्फत अद्यावधिक सूचना लिनसमेत आग्रह गरिएको छ । आवश्यक परेमा दूतावासमा उपलब्ध आपत्कालीन सम्पर्क नम्बरमार्फत सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।
कुवेतस्थित नेपाली दूतावासले पनि कुवेत र इराकमा रहेका नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । दूतावासका अनुसार हाल कुवेतको हवाई क्षेत्र बन्द रहेको जानकारी प्राप्त भएको छ । ‘अत्यन्त जरुरी नपरेसम्म यात्रा नगर्नुहोस्, सकेसम्म घरभित्रै बस्नुहोस्, स्थानीय समाचार अलर्ट र सरकारी आधिकारिक निर्देशनबारे सुसूचित रहनुहोस्,’ दूतावासको सूचनामा छ ।
हवाई यात्रा गर्ने यात्रुहरूलाई सम्बन्धित वायुसेवा प्रदायकसँग सम्पर्क गरी यात्राको अवस्था यकीन गर्न सुझाव दिइएको छ । साथै, आफ्नो कार्यस्थल वा कम्पनीबाट जारी हुने सुरक्षा निर्देशनबारे जानकारी राख्न र स्थानीय नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ ।
नेपाली कूटनीतिक नियोगहरूले आवश्यक परेमा थप सूचना जारी गर्ने जनाउँदै सबैलाई सुरक्षित, शान्त र सचेत रहन आग्रह गरिएको छ । युएईस्थित नेपाली दूतावासले युएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
दूतावासले एक विज्ञप्ति जारी गर्दै युएई सरकार तथा नेपाली दूतावासरमहावाणिज्य दूतावासले जारी गरेका सुरक्षा मार्गनिर्देशन र सूचनाहरूको पालना गर्न सबै नेपाली नागरिकलाई अनुरोध गरेको हो । विज्ञप्तिमा मध्यपूर्वको सिर्जित अवस्थालाई ध्यानमा राखी सम्भावित जोखिमबाट जोगिन सचेत रहन भनिएको छ ।
दूतावासले विशेषगरी अनावश्यक आवागमन कम गर्न, भीडभाडयुक्त स्थानहरूबाट टाढा रहन र आधिकारिक स्रोतबाट आउने सूचनामात्रै विश्वास गर्न आग्रह गरेको छ ।
नेपालीको सुरक्षामा दलहरुको चासो
मध्यपूर्वमा युद्ध चर्किएपछि नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले त्यस क्षेत्रका देशहरूमा रहेका नेपालीहरूको सुरक्षालाई लिएर गहिरो चिन्ता व्यक्त गरेका छन् । शनिबार नेपाली कांग्रेसका सभापति गगन थापाले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षा झन् संवेदनशील बनेको भन्दै चिन्ता प्रकट गरे । उनले उच्च सतर्कता अपनाउन आग्रह गरे ।
उनले त्यहाँ रहेका नेपालीलाई सुरक्षा नियमको पूर्णपालना गर्न र अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै बस्न आग्रह गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि मध्यपूर्वमा देखिएको पछिल्लो तनावले चिन्तित तुल्याएको बताएका छन् । उनले नेपालीलाई सजग र सुरक्षित रहन आह्वान गरेका छन् । नेपाली दूतावास र नेपाल सरकारलाई नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन पनि अनुरोध गरे ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले पनि मध्यपूर्वमा विकसित परिस्थितिले गम्भीर तनाव सिर्जना गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले मध्यपूर्वमा कार्यरत लाखौं नेपालीको सुरक्षा सरकारको प्रमुख प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायतले पनि नेपालीहरुको सुरक्षाबारे चासो व्यक्त गरेका छन् ।
नेपालीहरुको सुरक्षामा चिन्ता
सतर्कता अपनाउन दूतावासहरुको आग्रह
मध्यपूर्वमा युद्ध चर्किएसँगै नेपालीहरुको सुरक्षा चिन्ता बढाएको छ । लाखौं संख्यामा नेपालीहरु कार्यरत खाडीका राष्ट्रहरुमा इरानले लगातार मिसाइल आक्रमण गरेपछि सुरक्षा चुनौती बढेको हो । यसलाई ध्यानमा राख्दै कतार, कुवेत, युएई, साउदी र बहराइनमा रहेका नेपाली राजदूतावासले सूचना जारी गर्दै विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।
कतारस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै त्यहाँस्थित नेपालीहरूलाई शान्तपूर्वक रहन र कतारी अधिकारीहरूले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनहरूको कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ ।
‘सकेसम्म घरभित्रै बस्नुहोस्, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनुहोस् र आधिकारिक घोषणा तथा आपत्कालीन सन्देशहरू निरन्तर हेरी पालना गर्नुहोस्,’ कतारस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा उल्लेख छ । दूतावासले अफवाह र अप्रमाणित सूचनाबाट सतर्क रहन विशेष जोड दिएको छ ।
यस्तै, मनामास्थित नेपाली दूतावासले बहराइनमा रहेका नेपालीहरूलाई त्यहाँको सरकारले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी निर्देशन र सूचनामा ध्यान दिन तथा सुसूचित रहन अनुरोध गरेको छ । ‘सुरक्षा संवेदनशीलता र सरोकारको अवस्थाप्रति सचेत र शान्त रहँदै सुरक्षित रहने उपाय र निर्देशनका सम्बन्धमा आ-आफ्ना कम्पनीका निर्देशनबारे जानकारी राख्नुहोस्,’ दूतावासले जनाएको छ । बहराइन सरकारका आधिकारिक एप र प्लेटफर्ममार्फत अद्यावधिक सूचना लिनसमेत आग्रह गरिएको छ । आवश्यक परेमा दूतावासमा उपलब्ध आपत्कालीन सम्पर्क नम्बरमार्फत सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।
कुवेतस्थित नेपाली दूतावासले पनि कुवेत र इराकमा रहेका नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । दूतावासका अनुसार हाल कुवेतको हवाई क्षेत्र बन्द रहेको जानकारी प्राप्त भएको छ । ‘अत्यन्त जरुरी नपरेसम्म यात्रा नगर्नुहोस्, सकेसम्म घरभित्रै बस्नुहोस्, स्थानीय समाचार अलर्ट र सरकारी आधिकारिक निर्देशनबारे सुसूचित रहनुहोस्,’ दूतावासको सूचनामा छ ।
हवाई यात्रा गर्ने यात्रुहरूलाई सम्बन्धित वायुसेवा प्रदायकसँग सम्पर्क गरी यात्राको अवस्था यकीन गर्न सुझाव दिइएको छ । साथै, आफ्नो कार्यस्थल वा कम्पनीबाट जारी हुने सुरक्षा निर्देशनबारे जानकारी राख्न र स्थानीय नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ ।
नेपाली कूटनीतिक नियोगहरूले आवश्यक परेमा थप सूचना जारी गर्ने जनाउँदै सबैलाई सुरक्षित, शान्त र सचेत रहन आग्रह गरिएको छ । युएईस्थित नेपाली दूतावासले युएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
दूतावासले एक विज्ञप्ति जारी गर्दै युएई सरकार तथा नेपाली दूतावासरमहावाणिज्य दूतावासले जारी गरेका सुरक्षा मार्गनिर्देशन र सूचनाहरूको पालना गर्न सबै नेपाली नागरिकलाई अनुरोध गरेको हो । विज्ञप्तिमा मध्यपूर्वको सिर्जित अवस्थालाई ध्यानमा राखी सम्भावित जोखिमबाट जोगिन सचेत रहन भनिएको छ ।
दूतावासले विशेषगरी अनावश्यक आवागमन कम गर्न, भीडभाडयुक्त स्थानहरूबाट टाढा रहन र आधिकारिक स्रोतबाट आउने सूचनामात्रै विश्वास गर्न आग्रह गरेको छ ।
नेपालीको सुरक्षामा दलहरुको चासो
मध्यपूर्वमा युद्ध चर्किएपछि नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले त्यस क्षेत्रका देशहरूमा रहेका नेपालीहरूको सुरक्षालाई लिएर गहिरो चिन्ता व्यक्त गरेका छन् । शनिबार नेपाली कांग्रेसका सभापति गगन थापाले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षा झन् संवेदनशील बनेको भन्दै चिन्ता प्रकट गरे । उनले उच्च सतर्कता अपनाउन आग्रह गरे ।
उनले त्यहाँ रहेका नेपालीलाई सुरक्षा नियमको पूर्णपालना गर्न र अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै बस्न आग्रह गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि मध्यपूर्वमा देखिएको पछिल्लो तनावले चिन्तित तुल्याएको बताएका छन् । उनले नेपालीलाई सजग र सुरक्षित रहन आह्वान गरेका छन् । नेपाली दूतावास र नेपाल सरकारलाई नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन पनि अनुरोध गरे ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले पनि मध्यपूर्वमा विकसित परिस्थितिले गम्भीर तनाव सिर्जना गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले मध्यपूर्वमा कार्यरत लाखौं नेपालीको सुरक्षा सरकारको प्रमुख प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायतले पनि नेपालीहरुको सुरक्षाबारे चासो व्यक्त गरेका छन् ।
परराष्ट्रको ‘एडभाइजरी’: सावधानीका उपाय अपनाउनू
नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको पछिल्लो अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको उल्लेख गर्दै इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई सावधानीका उपाय अपनाउन अनुरोध गरेको छ ।
परराष्ट्र मन्त्रालयले शनिबार ‘एडभाइजरी’ जारी गर्दै इजरायल र इरानका सम्बन्धित निकायहरूले जारी गरेका सुरक्षासम्बन्धी निर्देशन तथा सूचना कडाइका साथ पालना गर्न आग्रह गरेको छ । एडभाइजरीमा भनिएको छ, ‘सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस् र आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस् । सम्बन्धित निकायको पूर्वस्वीकृतिविना अनावश्यक यात्रा नगर्नुहोस् । काठमाडौंस्थित परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास तथा दोहास्थित नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहोस् ।’
इजरायल वा इरान भ्रमण गर्ने योजना बनाइरहेका नेपाली नागरिकलाई हालको अवस्था सामान्य नहुँदासम्म आफ्नो यात्रा स्थगित गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ । अन्य मध्यपूर्वी देशहरूमा बसोबास तथा कार्यरत नेपाली नागरिकलाई त्यहाँको अवस्थाबारे निरन्तर जानकारी लिँदै सम्बन्धित देशका निकायले जारी गरेका सावधानीका उपाय पालना गर्न मन्त्रालयको अनुरोध छ ।
इजरायलस्थित नेपाली दूतावासको आग्रह
इजरायलस्थित नेपाली दूतावासले पनि त्यहाँ रहेका नेपाली नागरिकलाई इजरायली अधिकारी र होम फ्रन्ट कमाण्डद्वारा जारी सुरक्षा सल्लाह र निर्देशन कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । दूतावासले शनिबार सुरक्षा सचेतनासम्बन्धी सूचना जारी गर्दै अनावश्यक यात्रा नगर्न र नियमित सम्पर्कमा रहन त्यहाँ रहेका सबै नेपालीलाई आग्रह गरेको हो ।
सूचनामा भनिएको छ, ‘सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, पूर्णसावधानी अपनाउनुहोस् र आ-आफ्ना स्थानमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस् ।’ दूतावासले इजरायलका सम्बन्धित अधिकारीहरूको अनुमति नलिई यात्रा नगर्न, स्थानीय समाचार, आधिकारिक घोषणा र आपत्कालीन सतर्कताको निरन्तर निगरानी गर्न, नेपाली दूतावाससँग नियमित सम्पर्क र सञ्चार कायम राख्न र तोकिएका आश्रयस्थल वा सुरक्षित स्थानको नजिक रहन पनि अनुरोध गरेको छ । दूतावासले आवश्यकताअनुसार नियमितरूपमा अद्यावधिक जारी गर्ने सूचनामा उल्लेख छ ।