Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
बजार
  • Home
  • बजार
  • मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक, खाद्य वस्तुको मूल्यमा उतारचढाव
मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक, खाद्य वस्तुको मूल्यमा उतारचढाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १६, २०८२

काठमाडौं -  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत पुस महिनाको मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ । बजार मूल्यसँग सम्बन्धित तथ्यांक नै मूल्य तथ्यांक भएको स्पष्ट पार्दै विभागले विभिन्न पाँचवटा कार्यालयमार्फत संकलन गरिएको विवरण सार्वजनिक गरेको हो । गत पुसमा बजार मूल्यमा सामान्य उतारचढाव भएको विभागले उल्लेख गरेको छ ।

आगामी दिनमा मूल्य स्थिरता कायम गरी सोहीअनुसारको विकल्पको विकास गर्न सरकारी संस्थानहरूलाई सक्षम बनाउनुपर्ने, तरकारी, फलफूलगायत खाद्यान्नको उत्पादन मूल्यभन्दा बिचौलियाले गर्दा मूल्यमा उतारचढाव भएको प्रतिवेदनमा स्पष्ट पारिएको छ ।

यस्ता प्रवृत्तिको निरुत्साहन गर्न व्यापारका विकल्पहरु संस्थान, सहकारी, व्यापारिक सञ्जाल, साझेदारीजस्ता पद्दतिको विकास गर्नु आवश्यक रहेको ठहर गरिएको छ । मूल्य नियन्त्रणका लागि वस्तुको उत्पादनलाई बढावा दिने, वितरणकारी तहहरू कम गर्ने, आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउने, बिचौलियाले मूल्यवृद्धि गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने विभागको सुझाव छ ।

Hardik health

यस्तै, सिन्डिकेट र कार्टेलिङको अन्त्य गरी स्वच्छ प्रतिस्पर्धी बजारको निर्माण गर्ने र नियमित रूपमा बजारको अनुमगन गर्नुपर्ने अध्ययनको सुझाव छ । विभागले विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, धनगढी र काठमाडौँ कार्यालयमार्फत खाद्य वस्तु तथा अन्य उपभोग्य सामग्रीको न्यूनतम र अधिकतम मूल्य पत्ता लगाउने उद्देश्यका साथ अध्ययन गरेको थियो ।

विभागका अनुसार विभिन्न सहरमा सोना मन्सुली, स्टिम जिरा, जनरल जिरा र मोटा चमलको मूल्यमा सामान्य उतारचढाव आएको देखिन्छ । मङ्सिरको तुलनामा गत पुसमा सोना मन्सुली चामलको मूल्य घटेको र वास्मती चामलको मूल्य बढेको देखिन्छ भने अन्य चामलको मूल्यमा सामान्य उतारचढाव आएको देखिन्छ ।

यस्तै, दालको मूल्यमा केही वृद्धि भएको देखिन्छ । गेडागुडीको मूल्यमा सामान्य परिवर्तन आएको, राज्मा सिमीको मूल्यमा भने मध्यम उतारचढाव भएको पाइएको छ । तरकारी तथा मसलाको औसत मूल्यमा मध्यम उतारचढाव भएको तथा आलु, काउली र प्याजमा सामान्य परिवर्तन भएको भए पनि अदुवा, गोलभेँडा, लसुन सुकेको र खुर्सानी सुकेको जस्ता मसलाजन्य खाद्यवस्तुमा ठूलो मात्रामा उतारचढाव भएको अध्ययनमा देखिएको छ ।

स्याउ, अनारलगायत फलफूलको मूल्यमा असामान्य उतारचढाव देखिनुले विभिन्न सहरको फलफूलको मूल्यमा सोही अनुपातमा परिवर्तन भएको पाइएको छ । माछा, मासु र अण्डाको औसत मूल्यमा सामान्य परिवर्तन आएको पाइएको छ । विभिन्न सहरको तुलनामा खसी, ब्रोइलर, अण्डा र माछालगायतका मूल्यमा सामान्यदेखि मध्यम उतारचढाव भएको अध्ययनमा पाइएको छ ।
 
समग्र बजारको अवस्था विश्लेषण गर्दा उपभोग्य फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन भएता पनि घिउसिमी हाइब्रिड, परवर, काँक्रो हाइब्रिड, घिउसिमी, लोकल कुरिलोलगायत तरकारीको मूल्यमा एक सय नौ प्रतिशतदेखि एक सय ६० प्रतिशतसम्म परिवर्तन भएको अध्ययनमा पाइएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप बजार
बीस हजारले घट्याे सुनकाे मूल्य
बीस हजारले घट्याे सुनकाे मूल्य शुक्रबार, माघ १६, २०८२
विदेशी मुद्राको विनिमयदर
विदेशी मुद्राको विनिमयदर शुक्रबार, माघ १६, २०८२
सुनकाे मूल्य बीस हजारले बढ्याे
सुनकाे मूल्य बीस हजारले बढ्याे बिहीबार, माघ १५, २०८२
आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, माघ १५, २०८२
सुन  ताेलाकाे तीन लाख १५ हजार नाघ्याे
सुन ताेलाकाे तीन लाख १५ हजार नाघ्याे बुधबार, माघ १४, २०८२
विदेशी मुद्राको विनिमयदर
विदेशी मुद्राको विनिमयदर बुधबार, माघ १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP