Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रदेशको अधिकारमा हस्तक्षेप गर्दै यातायात व्यवसायीको पक्षमा उभियो सरकार
प्रदेशको अधिकारमा हस्तक्षेप गर्दै यातायात व्यवसायीको पक्षमा उभियो सरकार
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, जेठ २१, २०८२

सरकारले गण्डकीले ल्याएको नियमावली रोक्यो । यसपछि हामीले गाडी चलाउने निर्णय गर्यौं ।
विजय स्वाँर
अध्यक्ष, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ
 

  • प्रधानमन्त्री कार्यालयको निर्देशनपछि गण्डकी सरकारले एक महिनाका लागि स्थगन गर्यो ‘राइड सेयरिङ’ नियमावली
  • स्थगनको निर्णयसँगै यातायात व्यवसायीको आन्दोलन फिर्ता, मंगलबार रातिबाटै चल्न थाले सार्वजनिक सवारीसाधन
  • प्रदेश सरकारले ल्याएको नियमावली रोक्ने संघ सरकारको कदम संवैधानिक व्यवस्थाविपरीत


काठमाडौं– संघीय सरकारले प्रदेश सरकारको संवैधानिक अधिकारमाथि हस्तक्षेप गरेको छ । ‘राइड सेयरिङ’ तथा ‘सेल्फ ड्राइभ’ व्यवस्थापन तथा नियमन गर्न गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली रोक्न संघ सरकारले मंगलबार निर्देशन दियो । निर्देशनअनुसार गण्डकी सरकारले एक महिनाका लागि नियमावली स्थगन गर्ने निर्णय गरेको छ । 

गण्डकीको यस्तो निर्णयपछि सार्वजनिक यातायात व्यवसायीले बन्द फिर्ता लिने निर्णय मंगलबार राति गरेको छ । यससँगै यातायात राति देखि नै सञ्चालन भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले जानकारी दिए । ‘सरकारले गण्डकीले ल्याएको नियमावली रोक्यो । यसपछि हामीले गाडी चलाउने निर्णय गर्यौं,’ उनले प्रभावसँग भने ।

गण्डकीको हकमा उसले जुन नियमावली ल्याएको थियो, त्यो रोक्नु भनेर निर्देशन दिनु प्रदेशको अधिकारमाथि हावी हुनु हो । यो संवैधानिक कदम होइन ।
दिनेश त्रिपाठी
वरिष्ठ अधिवक्ता

Hardik health


तर, संवैधानिक कानुनका जानकारहरूको मुख्य चासो प्रदेशको एकल अधिकारमाथि संघ सरकारले अनावश्यक हस्तक्षेपमा छ । संविधानको अनुसूची ६ मा यातायात व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई छ । यो अनुसूचीमा प्रदेश सरकारको एकल अधिकारहरू छन् । सोहीअनुसार गण्डकी सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ व्यवस्थापन तथा नियमन गर्न नियमावली ल्याएको थियो । नियमावलीको प्रावधानमा सार्वजनिक यातायात व्यवसायी असन्तुष्ट भए । उनीहरू नियमावली खारेजीको माग राख्दै आन्दोलित भए । जनजीवन प्रभावित भयो । नियमावली विवादित बन्यो । विवादित भएको भन्दै संघ सरकारले गण्डकीले ल्याएको नियमावली रोक्न निर्देशन दियो । 

संवैधानिक कानुनका जानकार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी संघ सरकारले गलत मनसायले विवाद समाधानको नाममा प्रदेशको अधिकारमाथि हावी हुने मनसाय प्रकट गरेको बताउँछन् । यो राम्रो संकेत नभएको उनको भनाइ छ । ‘संविधानमा तीन तहकै सरकारको एकल र साझा अधिकार सूची छन् । क–कसले के गर्ने ? संविधानमै अधिकारका सूचीहरू किटान छन्,’ उनले भने, ‘तर, गण्डकीको हकमा उसले जुन नियमावली ल्याएको थियो, त्यो रोक्नु भनेर निर्देशन दिनु प्रदेशको अधिकारमाथि हावी हुनु हो । यो संवैधानिक कदम होइन ।’

राइडिङ सेयरिङसम्बन्धी नियमावलीविरुद्ध आन्दोलनमा उत्रिएको यातायात व्यवसायीसँग संघीय सरकारले सोमबार रातिसम्मै वार्ता गरेर सहमति भएको जनाएको थियो । व्यवसायीसँग सहमति गर्ने क्रममा संघ सरकारले गण्डकी प्रदेश सरकारलाई बेवास्ता गरेको थियो । सोही सहमतिका आधारमा गण्डकीलाई संघ सरकारले पत्राचार गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तत्काललाई नियमावली स्थगन गर्न पत्र पठाएको थियो । तर मंगलबार पनि देशैभर सार्वजनिक यातायात चलेनन् । जबकि, संविधानमा उल्लिखित एकल अधिकार, सर्वोच्च अदालतको फैसला र यातायात विभागहरूले गरेको परिपत्रलाई आधार बनाएर गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभसम्बन्धी नियमावली ल्याएको हो ।

यद्यपि, ३३ वर्ष पुरानो ऐन अझैसम्म कार्यान्वयन गरिरहेको संघ सरकारले यातायात व्यवसायीको पक्षमा उभिँदै निर्णय लिएको हो । नियमावलीको परिभाषामा ‘राइड सेयरिङ सवारी भन्नाले अनलाइन प्रणालीको प्रयोग गरी राइड सेयरिङ सेवा सञ्चालन गर्न यात्रुवाहक सवारीको रूपमा यातायात कार्यालयबाट इजाजत प्राप्त दुईपांग्रे र चारपांग्रे निजी तथा सार्वजनिक सवारीसाधन सम्झनुपर्छ,’ उल्लेख छ ।

राइड सेयरिङ तथा सेल्फ ड्राइभलाई सार्वजनिक यातायातसरह यात्रु ओसार्न दिने निर्णय गरेपछि यातायात व्यवसायीले शुक्रबारदेखि गण्डकीमा र सोमबारदेखि देशभरकै यातायात ठप्प पारेका थिए । त्यसबाट नागरिकले सास्ती त खेपे नै उनीहरू अत्यावश्यक सेवा रोक्न नहुने अधिकारको प्रयोगबाट पनि वञ्चित भए ।वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रदेशले बनाएको कानुनमा कुनै विवाद भए सहजीकरणको भूमिकामा संघ सरकार देखिन सक्ने बताउँछन् । तर, आफैं प्रदेशले जारी गरेको नियमावली रोक्ने निर्णय गर्नु संविधानको मर्म र भावनासम्मत नभएको उनले बताए । ‘प्रदेशले बनाएको कुनै कानुनमा विवाद आउन सक्छ, त्यसरी विवाद आए संघले सहजीकरण गर्ने हो, हावी हुनेगरी निर्णय गर्ने होइन,’ उनी भन्छन् । 

प्रदेशले बनाएको कुनै कानुनमा विवाद आउन सक्छ, आए संघले सहजीकरण गर्ने हो, हावी हुनेगरी निर्णय गर्ने होइन ।
रमण श्रेष्ठ
वरिष्ठ अधिवक्ता

यसअघि सरकारले यातायात व्यवसायीसँग पटक–पटक छलफल गरेको थियो । छलफलको क्रममा उनीहरूले राइड सेयरिङसम्बन्धी व्यवस्था गर्ने नियम नै नल्याउन दबाब दिएका थिए । तर, व्यवसायीको चौतर्फी दबाब झेल्दै करिब एक वर्षपछि गत ३० वैशाखमा मन्त्रिपरिषद्को बैठकबाट राइड सेयरिङसम्बन्धी अलग्गै नियमावली जारी भएको हो, जुन मंगलबारदेखि स्थगित गरिएको छ । नियमावलीमा रातो नम्बर प्लेट भएका निजी सवारीसाधनले पनि यात्रुवाहकको रूपमा सेवा दिन पाउने व्यवस्था छ ।

यसपछि सार्वजनिक यातायात व्यवसायी आन्दोलित भएका हुन् । उनीहरूले आन्दोलनको कार्यक्रमअन्तर्गत यातायात बन्द गरे । बन्दबीच गण्डकी सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता समिति बनाएर संवादका लागि बोलाएको थियो । प्रदेशको वार्ता आह्वानलाई अस्वीकार गरेर यातायात व्यवसायीहरू संघीय सरकारसँग वार्ताका लागि गएका थिए । विभिन्न चरणको सहमतिपछि यातायात व्यवसायीप्रति निरीह बन्दै संघ सरकारले गण्डकीले ल्याएको नियमावली स्थगित गर्ने कदममा सहमति जनाएको हो, जुन विवादित बनेको छ । 

यसअघि २९ फागुन २०७६ मा उच्च अदालत पाटनले ट्याक्सी व्यवसायी संघले दायर गरेको रिटमा सुनुवाइ गर्दै तत्काल राइड सेयरिङ सेवा नरोक्न र आवश्यक कानुन बनाएर सञ्चालन गर्न निर्देशनात्मक आदेश दिएको थियो । सर्वोेच्च अदालतले पनि पठाओ बन्द गर्न माग गर्दै हालेको रिटमा सुनुवाइ गर्दै राइड सेयरिङलाई बन्द नगर्न, तत्काल कानुनी प्रबन्ध गर्न निर्देशनात्मक आदेश जारी गरेको थियो । यस्तै, सर्वोच्चले नै ३ भदौ २०७८ मा ‘पे बाइक’को सेवा नरोक्न आदेश गरेको थियो । त्यसैलाई आधार बनाएर निर्देशन तथा आदेशहरू कार्यान्वयनका लागि यातायात व्यवस्था विभागले पत्राचारसमेत गरेको छ ।

राइड सेयरिङ सेवाको रूपमा इजाजत प्राप्त गर्न कम्तीमा २० वटा सवारीसाधन आबद्ध भएको हुनुपर्ने तथा सेल्फ ड्राइभको हकमा कम्तीमा पाँच सवारीसाधन आबद्ध भएको हुनुपर्ने व्यवस्था गण्डकी सरकारले ल्याएको नियमावलीमा छ ।


प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १०:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP