Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • राजावादीको आन्दोलन फेरि ‘अराजक’ बन्दै 
राजावादीको आन्दोलन फेरि ‘अराजक’ बन्दै 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, जेठ १९, २०८२

 

  • निषेधित क्षेत्र तोड्ने प्रयास निरन्तर
  •   कमल थापालगायत नेता भीडलाई उक्साउ उद्धत
  •  नारायणचौरबाट पक्राउ परेका थापा साँझ रिहा

काठमाडौं– इतिहास भइसकेको राजतन्त्र फर्काउने भनेका राजतन्त्रपक्षधरहरूले आन्दोलनलाई हरेक दिन ‘अराजक’ बनाउँदै लगेका छन् । आन्दोलनको अग्रमोर्चामा देखिएका नेताहरूले शान्ति सुव्यवस्थामै खलल पुग्नेगरी उत्तेजक भाषण पनि दिइरहेका छन् । प्रशासनले तोकेको निषेधित क्षेत्रसमेत तोड्न उनीहरू उद्धत देखिएका छन् । 

आइतबार पनि भीडलाई उत्तेजित पार्ने र निषेधित क्षेत्र तोड्न उक्साउने अभिव्यक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले दिए । सोही कारण उनलाई प्रहरीले पक्राउ ग¥यो । काठमाडौंको नारायणचौर क्षेत्रबाट उनले नेतृत्व गरेको जुलुस बालुवाटारतर्फ अघि बढिरहेको थियो । त्यहीबेला निषेधित क्षेत्र तोड्न भीडलाई उक्साउने अभिव्यक्ति दिँदै अघि बढेपछि बल प्रयोग गरेर उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी भ्यानमा राखिँदै गर्दा उनले सरकारविरुद्ध नाराबाजी गर्दै भने, ‘भ्रष्ट सरकार मुर्दावाद !, प्रहरी दमन मुर्दावाद !’

थापा ती नेता हुन्, जसले २०६२÷६३ को जनआन्दोलनलाई गृहमन्त्री छँदा बल प्रयोग गरेर दबाउन प्रयास गरेका थिए । तर, त्यसबेला उर्लिएको जनसागरसामु उनको सीप चलेन । तत्कालीन राजा ज्ञानेन्द्र शाह नारायणहिटी राजदरबार छाडेर नागार्जुन पुगे । गृहमन्त्री रहेका थापा राजनीतिको किनारामा परे । उनै थापा यतिबेला फेरि ज्ञानेन्द्रलाई राजगद्दीमा बसाउन आन्दोलनको मोर्चामा छन् ।उनी नवराज सुवेदीको संयोजकतत्वमा गठित ‘संयुक्त जनआन्दोलन’ समितिको नेतृत्वमा भएको आन्दोलनको एक जिम्मेवार नेता हुन् । २०७८ मा भएको राप्रपा महाधिवेशनमा ज्ञानेन्द्र शाहलाई चुनावी हस्तक्षेप गरेको आक्षेप लगाउँदै थापा गणतन्त्रको पक्षमा उभिएका थिए । त्यसबेला उनले मार्ग परिवर्तन गरेको भनेका थिए । तर, यतिबेला भने संवैधानिक राजसंस्थाको एजेण्डा बोकेर ज्ञानेन्द्रलाई तेस्रोपटक राजा बनाउने आन्दोलनमा छन् । 

Hardik health

आन्दोलनको चौथो दिनमा भने उनी पक्राउ परेका हुन् । उनलाई भेट्न काठमाडौं प्रहरी परिसरमा राप्रपा सांसद दीपक सिंह पुगेका थिए । उनलाई पनि प्रहरीले पक्राउ गरेर हिरासतमा राख्यो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले शान्ति सुव्यवस्थामै गम्भीर चुनौती निम्तिनेगरी भीडलाई उत्तेजित पार्ने र अराजकताउन्मुख भएपछि दुवै नेतालाई नियन्त्रणमा लिएको बताए । उनका अनुसार अन्य पाँच जना राजतन्त्रपक्षधरहरू पनि पक्राउ परेका थिए । आइतबार राति भने उनीहरूमध्ये एक जनाबाहेकलाई जिम्मा जमानीमा छाडिएको बोहराले जानकारी दिए ।   

‘उहाँहरूलाई हामीले अराजकता र उच्छृंखलता प्रदर्शन गरेपछि सोधपुछका लागि नियन्त्रणमा लिएका थियौं । जिम्मा जमानीमा छाडेका छौं, एक जनामाथि थप अनुसन्धान भइरहेको छ,’ उनले प्रभावसँग भने ।आन्दोलनको क्रममा प्रहरीले थापासँगै ललितपुर घर भएकी ६२ वर्षीया शिला राणा, भक्तपुर घर भएका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनासँगै डा. राजीव झालाई नियन्त्रणमा लिएको थियो । तर, डा. झाले मादकपदार्थ सेवन गरेको पाइएकाले उनलाई अनुसन्धानका लागि हिरासतमै राखिएको बोहराले बताए । 

यसअघि शनिबार पनि राजतन्त्रपक्षधरले गरेको आन्दोलनमा केहीबेर झपड भएको थियो । केही नेता कार्यकर्ता घाइते भएका थिए । आइतबार भने थापासहितका नेताहरू नै पक्राउ परेका हुन् ।यसलगत्तै राप्रपाको आकस्मिक बैठक बसेको थियो । बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले आज (सोमबार) साँचो लडाइँ हुने चेतावनी दिएका छन् । राजावादीहरूले पनि आजका लागि काठमाडौंमा बन्द घोषणा गरेका छन् । राजावादीहरूले थापासहितका नेताहरूको पक्राउलाई विचारको निषेध भनेर आलोचना गरे । उनीहरू यही १५ जेठयता लगातार आन्दोलित छन् । राजतन्त्र फर्काउने उनीहरूको प्रतिज्ञा छ ।

देशको खराब स्थितिको चित्रण गर्दै उनीहरूले गणतन्त्र संकटमोचनको आधार नबनेको भन्दै राजतन्त्र फर्काउने दाबी गर्दै आएका छन् । त्यसका लागि काठमाडौंबाहिरबाट पनि पार्टीका नेता कार्यकर्तालाई आन्दोलनमा सहभागी गराएका छन् । आन्दोलन क्रमिकरुपमा अराजकतातर्फ उन्मुख देखिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकतालाई नियन्त्रण गर्ने दायित्व सरकारको भएको र त्यसका लागि सरकार सक्षम रहेको यसअघि नै चेतावनी दिइसकेका छन् । गृहमन्त्री रमेश लेखकले पनि अराजकता सह्य नहुने बताएका छन् । 

यस्तोमा प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजावादीहरू आइलागे नछोड्न पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)लाई निर्देशन दिएका छन् । ‘हामी उनीहरूको सभा र आन्दोलनमा जाइलाग्नेचाहिँ होइन, आक्रमण गर्ने भन्न मैले खोजेको होइन तर उनीहरू छाडा भएका छन्,’ दाहालले वाइसिएलको तेस्रो सम्मेलनलाई आइतबार सम्बोधन गर्दै भने, ‘छाडा भएर हामीमाथि आक्रमण गर्ने कोसिस गर्दै छन् । यदि उनीहरू आइलाग्छन् भने इँटाको जवाफ पत्थरले दिने तयारी गर्नुहोस् ।’

१५ जेठ २०६५ मा संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य भएको घोषणा गरेको थियो । अर्थात्, गणतन्त्र स्थापनाको घोषणा त्यसबेला भएको थियो । तर, गणतन्त्र स्थापना भएको १८औं वर्ष हुँदा राजावादीहरूले गतिविधि बढाएका हुन् । यसमा पूर्वराजा शाहको भूमिका रहेको गणतन्त्रपक्षधर दलहरूको ठहर छ । 

कोटेश्वर, बल्खु र सिफलमात्रै प्रदर्शनस्थल
राजावादीको आन्दोलन अराजक बन्दै जाँदा काठमाडौं प्रशासनले प्रदर्शनस्थल तोकेको छ । काठमाडौंको कोटेश्वर, बल्खु र सिफलचौरलाई प्रदर्शनस्थल तोकेको हो ।आइतबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुई महिनासम्मका लागि ती क्षेत्रमामात्रै प्रदर्शन गर्न भनेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) अनुसार काठमाडौंका यी क्षेत्रमा प्रदर्शनका लागि आदेश जारी गरिएको हो । यीबाहेकका सबै क्षेत्र निषेधित क्षेत्र भएका हुन् ।

आदेशमा भनिएको छ, ‘कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र, बल्खु क्षेत्र र सिफल चौर क्षेत्रमा प्रदर्शन गर्न आदेश जारी गरिएको हो ।’ राजावादीहरूले काठमाडौं बन्द घोषणा गर्नुअघि नै प्रशासनले निषेधित क्षेत्र र खुला क्षेत्र (प्रदर्शनस्थल) तोकिदिएको हो ।
 


प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP