Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • गृहमन्त्रीको बचाउमा प्रधानमन्त्री ओली
भिजिट भिसा प्रकरण गृहमन्त्रीको बचाउमा प्रधानमन्त्री ओली
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, जेठ १८, २०८२

म प्रतिपक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधारचाहिँ चाहिन्छ ।
केपी शर्मा ओली
प्रधानमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखक नेपाली युवायुवतीलाई भिजिट भिसामा पठाएर मानव तस्करी गर्ने कार्यमा संलग्न रहेको गम्भीर आरोप झेलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली नै उनको बचाउमा उत्रिएका छन् । उनले एक जना कर्मचारीबारे प्रश्न उठ्दैमा गृहमन्त्री लेखकको राजीनामा माग्नु अनुचित भएको बताए ।

उनका अनुसार गृहमन्त्रीको राजीनामा माग निराधार र पूरा हुन असम्भव पनि छ । विपक्षी दलहरूले विरोध गर्ने निहुँ नपाएर मात्रै राजीनामा मागेको ओलीले तर्क गरे ।जबकि, गत वर्षको १७ असारमा कांग्रेस–एमालेबीच भएको सातबुँदे सहमतिको पहिलो बुँदामै गठबन्धन सरकार गठन गर्नुको औचित्यबारे भनिएको थियो, ‘मुलुकमा सुशासन कायम गर्न ।’तर, सुशासन कायम गर्ने गृहमन्त्री लेखक नै मानव तस्करी प्रकरणमा मुछिँदा प्रधानमन्त्री ओली अस्वाभाविक बचाउमा उत्रिएका छन् । गृहमन्त्री लेखकको राजीनामा मागिएकोबारे असन्तुष्टि जनाउँदै उनले सरकारकै राजीनामा मागे पनि अस्वाभाविक मान्न नहुने बताए ।

‘म प्रतिपक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधारचाहिँ चाहिन्छ । गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन् । एउटा कर्मचारीलाई अख्तियारले बोलायो । बयान लिएको सुनेको छैन । प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वाभाविक मान्नु पर्दैन,’ शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले भने । ओलीले गृहमन्त्री लेखकमात्रै होइनन्, जगदुल्ला जलविद्युत् परियोजनामा ऊर्जामन्त्री दीपक खड्का मुछिँदा पनि बचाउ गरेका थिए । कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री लीलावल्लभ अधिकारी मानव तस्करी प्रकरणमा आरोपी हुँदा ओली बचाउमा उत्रिएका थिए । 

Hardik health

ओली आफूलाई सुशासनको पक्षधर सत्ता नेतृत्वको रूपमा चिनाउँछन् । उनी दोस्रोपटक प्रधानमन्त्री बन्दा एउटा चर्चित नारा सरकारी कार्यालयहरूमा देखिन्थ्यो– म भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि भ्रष्टाचार गर्न दिन्नँ ।तर, नारा र व्यवहारमा उल्टो देखिएको छ । मानव तस्करीमा संलग्न भएको जस्तो गम्भीर आरोप लाग्दा पनि गृहमन्त्री लेखकलाई राजीनामा गराउन दबाब दिएका छैनन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृहमन्त्री लेखकलाई फिर्ता बोलाउन भनेका छैनन्, जसले गर्दा लेखक मन्त्रीकै रूपमा बहाल छन् । 

माओवादी सांसद सुदन किरातीले भिजिट भिसाको नाममा मानव तस्करी गर्ने सरकारले विश्वसामु नेपालीको छवि धमिलो बनाएको टिप्पणी गरेका छन् । उनले गृहमन्त्री लेखकको राजीनामा जसरी पनि आउनुपर्ने मागलाई दोहो¥याए । ‘भिजिट भिसाको नाममा मानव तस्करी गर्ने सरकारले आज विश्वसामु नेपालीको छवि धमिलो बनाएको छ,’ किरातीले धनकुटाको छथर गाउँपालिका पुगेर शनिबार भने, ‘गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीले संसद्मा उभिएर जवाफ नदिए हामी संसद्लाई लडाइँको मैदानमा परिणत गरिदिने छौं ।’

विपक्षी दलहरू नेकपा माओवादी केन्द्र र रास्वपाले संसद् बैठक चल्न नदिने चेतावनी दिइसकेका छन् । यी दुई दलले गृहमन्त्री लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनलाई ‘बटमलाइन’ बनाएका छन् । लेखकको संलग्नता खुल्नेगरी विवरणहरू यसअघि नै सार्वजनिक भइसकेका छन् । उनले आफू मुछिएको प्रकरणको अनुसन्धानलाई प्रभावित पार्ने गरी अध्यागमन कार्यालयका महानिर्देशक युवराज भट्टराई मात्रै होइन, अन्य कर्मचारीको सुटुक्क सरुवा गरेका थिए । 

उनले अनुसन्धानलाई प्रभावित पार्नेगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डिआइजी) हिमालय श्रेष्ठलाई त्यहाँबाट उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरेका थिए । रानीपोखरीमा कार्यरत अर्का डिआइजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएको कारण देखाइ श्रेष्ठको सरुवा भएको थियो । प्रहरीले सार्वजनिक गरेको सूचनाअनुसार गत मंगलबार नै गृहमन्त्रीस्तरीय निर्णयबाट डिआइजी श्रेष्ठको सरुवा भएको थियो । तर, विरोध भएपछि श्रेष्ठको सरुवा रोकिएको छ । श्रेष्ठकै नेतृत्वमा अख्तियारले अहिले भिजिट भिसा प्रकरणबारे छानबिन गरिरहेको छ । यस्तोबेला गृहमन्त्री लेखकले उनको सरुवा गरेर अनुसन्धान प्रभावित पार्न खोजेको आरोप लागेको छ ।


सुस्त अनुसन्धान, हिरासतबाहिरै आरोपीहरू
गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएपछि उनीसमेत मुछिएको भिजिट भिसा प्रकरणको अनुसन्धान सुस्त भएको छ । यस प्रकरणको अनुसन्धान अख्तियारले गरिरहेको छ । अनुसन्धानलाई प्रभावित पार्ने खेलमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई देखिएका छन् । उनी यही ७ जेठमा पक्राउ परेका थिए । तर, हिरासतमा उनलाई राखिएको छैन । त्यसो हुँदा अनुसन्धानलाई प्रभावित पार्ने खेलमा उनी रहेको स्रोतले जनाएको छ । स्रोतको दाबीमा त्यही भएर अख्तियारको अनुसन्धान सुस्त भएको हो । 

भट्टराईलाई अख्तियारले पक्राउकै दिन हाजिर जमानीमा छाडेको थियो । भोलिपल्ट ८ गते र १२ गते उनी बयानका लागि अख्तियार गएका थिए । अब उनलाई आज पनि अख्तियारले बयानका लागि बोलाएको छ । यस्तै, यो प्रकरणमा आयोगले बिचौलियाद्वय कविता पौडेल र भरत सुवेदी तथा एक ट्राभल एजेन्सी सञ्चालक बालकृष्ण खड्कालाई पक्राउ गरेको थियो । तर, उनीहरू पनि हिरासतमा छैनन् । जबकि, प्रारम्भिक अनुसन्धानमै भिजिट भिसाको मानव तस्करीको घटना संगठित र संस्थागत देखिएको छ । 

सेटिङको कनेक्सन अध्यागमन विभाग र गृह मन्त्रालयसम्म देखिएको दाबी अख्तियारका अधिकारीहरूको थियो । तर, अनुसन्धान नै प्रभावित हुनेगरी गृहमन्त्री लेखकले कर्मचारी सरुवा गरे र जसकारण अनुसन्धान सुस्त भएको भन्दै आलोचना भइरहेको छ । 
 


प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १०:५४
#भिजिट भिसा प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP