Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
अर्थ समाचार
  • Home
  • अर्थ समाचार
  • हरित जलवायु कोषमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड
हरित जलवायु कोषमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, जेठ ३, २०८२

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले हरित जलवायु कोष जस्ता अन्तर्राष्ट्रिय जलवायु वित्तीय संयन्त्रहरूमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएका  छन् । निजी क्षेत्र जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष रूपमा भोगिरहेको भन्दै उहाँले त्यसको समाधानमा सक्रिय भूमिकाको लागि तयार रहेको उल्लेख गरे ।

काठमाडौंमा जारी सगरमाथा संवादमा निजी क्षेत्रको तर्फबाट आफ्ना धारणा राख्दै अध्यक्ष ढकालले नेपालका व्यवसायिक क्षेत्रहरू पहिल्यैदेखि जलवायु परिवर्तनको प्रत्यक्ष असर झेलिरहेको बताए । अध्यक्ष ढकालले जलवायु समाधानमा निजी क्षेत्रको भूमिका अझ सशक्त बनाउन जलवायु वित्तीय संयन्त्रहरूमा प्रत्यक्ष पहुँच आवश्यक भएको स्पष्ट पारे ।  “यदि नेपालले जलवायु परिवर्तनसँग जुध्न प्रभावकारी रूपमा अनुकूलन र प्रतिक्रिया दिनु पर्यो भने, अन्तर्राष्ट्रिय जलवायु वित्तीय स्रोतहरूमा निजी क्षेत्रको पहुँच सरल र सहज हुनुपर्छ,” उनले जोड दिए । 

आपूर्ती श्रृंखलामा अवरोध, कृषि तथा पर्यटनमा संकट यी सबै जलवायु परिवर्तनका कारण भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यी समस्या समाधानको लागि विश्व समुदायको तत्काल ध्यान जान जरुरी रहेको बताए । नेपालका होटलहरू सौर्य ऊर्जामा रूपान्तरण भइरहेको, किसानहरूले जलवायु–मैत्री विधिहरू अपनाइरहेको र जलविद्युत् कम्पनीहरूले स्वच्छ ऊर्जामा लगानी बढाइरहेका उल्लेख गर्दै अध्यक्ष निजी क्षेत्रले गरेका प्रयासलाई विस्तारमा थप सहयोग आवश्यक रहेको बताए । 

Hardik health

तेस्रो ध्रुव (थर्डपोल) का रुपमा परिचित हिमालय क्षेत्र विश्वका अन्य क्षेत्रभन्दा तीव्र रूपमा तातिरहेको; यसले बाढीपहिरो र नदी प्रणालीमा परिवर्तन ल्याइरहेको; यसको असर पानी आपूर्ति, कृषि, र लाखौं मानिसको जीविकोपार्जनमा देखिएको भन्दै अध्यक्ष ढकालले विश्वसमुदायको धयानाकृष्ट गराए  ।  

विदेशी लगानी र प्रविधि हस्तान्तरणले नेपालको जलवायु सहनशीलता बलियो बनाउन ठूलो भूमिका खेल्ने भन्दै उनले नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउन ३० भन्दा बढी कानुनमा सुधार गरेको, दुईपक्षीय लगानी सम्झौताको रूपरेखा तयार गरेको, र हाल विदेशी मुद्रा सञ्चिति १७.६३ अर्ब अमेरिकी डलर पुगेको जानकारी दिँदै अन्तर्राष्ट्रिय साझेदार र लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे । 

हिमालहरू जोगाउन, जनताको भविष्य सुरक्षित गर्न, र समावेशी, सुरक्षित तथा दिगो भविष्य निर्माण गर्न ढिला गर्न नहुने भन्दै अध्यक्ष ढकालले त्यो सहकार्यका लागि विश्व समुदायलाई आग्रह गरे । उनले त्यो साझेदारी र र सहकार्यका लागि  निजी क्षेत्र सधैं तयार रहेको समेत बताए ।


प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  १८:३८
प्रतिक्रिया दिनुहोस्
थप अर्थ समाचार
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा शुक्रबार, असार १९, २०८३
‘एभरेष्ट समिटर्स समिट–२०२६’मा  १७६ सगरमाथा आरोहीलाई सम्मान
‘एभरेष्ट समिटर्स समिट–२०२६’मा १७६ सगरमाथा आरोहीलाई सम्मान बुधबार, जेठ १३, २०८३
बेमौसमी वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध
बेमौसमी वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध आइतबार, वैशाख ६, २०८३
आजदेखि देशभर आर्थिक गणना हुँदै
आजदेखि देशभर आर्थिक गणना हुँदै बुधबार, वैशाख २, २०८३
बैंक वित्तीय संस्थाले पनि शनिबार र आइतबार बिदा सुरु गर्दै
बैंक वित्तीय संस्थाले पनि शनिबार र आइतबार बिदा सुरु गर्दै सोमबार, चैत २३, २०८२
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाणपत्र
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाणपत्र बुधबार, चैत १८, २०८२
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाई
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाई शुक्रबार, चैत १३, २०८२
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP