Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
समाचार
  • Home
  • समाचार
  • सांसद राईविरुद्ध अदालतमा मुद्दा, बिगोसहित सात वर्ष कैद मागदाबी 
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण सांसद राईविरुद्ध अदालतमा मुद्दा, बिगोसहित सात वर्ष कैद मागदाबी 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, वैशाख ३१, २०८२
  •  कांग्रेस सांसद माया राईविरुद्ध सहकारी ठगी र संगठित अपराध मुद्दा
  •  ३७ लाख ३५ हजार रुपैयाँ बिगो मागदाबी, सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना माग 
  •  राई सहकारी सञ्चालक छँदा दुई करोडभन्दा बढी अपचलन
  •  ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार रुपैयाँ हिनामिना
  •  सांसद राईसँगै जिबी राई, देबेन्द्रबाबु राई, कुमार रम्तेललगायत उक्त मुद्दाका प्रतिवादी


काठमाडौं– नेपाली कांग्रेसकी सांसद माया राईविरुद्धको सहकारी ठगी मुद्दा अदालत पुगेको छ । सरकारी वकिल कार्यालय काठमाडौंले प्रहरी परिसर काठमाडौंले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौंमा पूरक अभियोजनमार्फत मंगलबार मुद्दा दर्ता गरेको हो । 

उनीविरुद्ध सहकारी ठगी र संगठित अपराध गरी दुईवटा कसूरमा प्रतिवादी बनाइएको छ । यी दुई कसूरमा राईसहितका प्रतिवादीहरूलाई बिगोसहित सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना माग गरिएको छ । कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनी मुछिएकी थिइन् र अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्यक्तिमाथि मुद्दा दायर भएको थियो । उनी पछि धरौटी बुझाएर रिहा भए । तर, जतिबेला रविसहितलाई प्रतिवादी बनाउँदै सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दाको अभियोजन ग¥यो, त्यतिबेला राईलाई उन्मुक्ति दिइएको थियो । राईलाई उन्मुक्ति दिएको भन्दै सडक र सदनमा आलोचना भएको थियो । यसपछि यही १३ वैशाखमा प्रहरीले कपनबाट राईलाई पक्राउ गरेको थियो ।

Hardik health

राईलाई पक्राउअघि २० जना पीडितको जाहेरी प्रहरीले लिएको थियो । त्यसपछि पूरक अभियोजनसहित सरकारी वकिल कार्यालय काठमाडौं अदालतमा पुगेको हो । अदालतमा दायर मुद्दामा कांग्रेस सांसद राईविरुद्ध ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गरिएको छ । उनी स्वर्णलक्ष्मी सहकारीको तत्कालीन सहसचिव रहेको खुलेको छ । उनकै पालामा सहकारीको रकम अपचलन भएको देखिएको थियो ।

अदालतमा अभियोजन गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार राई सहकारीको सञ्चालक समितिमा रहेको अवधिमा करिब साढे दुई करोड रुपैयाँ अपचलन भएको थियो । उनी आर्थिक वर्ष २०७३/७४ मा कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समिति सदस्य थिइन् । सहसचिव भएको भने आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा हो । 

सञ्चालक समितिमा रहेको बेला आर्थिक वर्ष २०७३/७४ मा पनि रकम अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यतिबेला विनाधितो ऋण प्रवाह गरेको भेटिएको थियो । सहकारी ठगीमा ८९ लाख ३४ हजार रुपैयाँ सांसद राई सञ्चालक समितिको सदस्यमा रहेका बेला अपचलन भएको खुलेको अभियोगपत्रमा उल्लेख छ । कूल पुँजीको १० प्रतिशतभन्दा बढी रकम लगानी गरेको भेटिएको छ ।

कतिसम्म भने सूचीकृत नभएका संस्थालाई समेत लगानी गरेको भेटिएको छ । सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेका अनसार उनी सञ्चालक भएको बेला सहकारीको दुई करोड ४० लाख ४४ हजार रुपैयाँ अपचलन भएको पाइएको छ । यसअघि यो सहकारी ठगी प्रकरणमा २१ पुसमा ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर भएको थियो । स्वर्णलक्ष्मीको माइन्युटमासमेत सांसद राईको हस्ताक्षर भेटिएको छ । उनले माइन्युटमा भएको हस्ताक्षर आफ्नो भएको स्वीकार गरिसकेकी छन् । 

उनका अनुसार काठमाडौंको हाँडीगाउँमा एकै घरमा डेरा गरी बस्ने भूपेन्द्र राईको आग्रहमा हस्ताक्षर गरिएको हो । त्यसपछि भूपेन्द्र बसाइँ सरेर अन्त गएसँगै सम्पर्क र भेटघाट नभएको बयानमा भनेकी छन् । वकिल कार्यालयले राईसँगै गितेन्द्रबाबु (जिबी) राई, देबेन्द्रबाबु राई, कुमार रम्तेल, इरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रविना रिमाल, दीपक लामा, सविना आले मगर, भक्तबहादुर भोलन, प्रदीप लामा, सविता लामा, गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, कमला लामा, नवीन अछामी, कल्पनाकुमारी श्रेष्ठ र राजु बराललाई पनि ठगी तथा संगठित मुद्दामा प्रतिवादी बनाएको छ ।राईसहित २१ जनाविरुद्ध ६६९ बचतकर्ताले किटानी जाहेरी दिएका थिए । सोही सहकारीमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रविले धरौटी बुझाउनुपरेको थियो । 
 


प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२७३ वटा मोबाइल चोरी भएको उजुरी
२७३ वटा मोबाइल चोरी भएको उजुरी मंगलबार, चैत ३, २०८२
चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा  दूतावासकाे चासो
चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा  दूतावासकाे चासो मंगलबार, चैत ३, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
हत्याको अभियोगमा पक्राउ
हत्याको अभियोगमा पक्राउ मंगलबार, चैत ३, २०८२
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह मंगलबार, चैत ३, २०८२
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने मंगलबार, चैत ३, २०८२
सांसद  गुरुङले सरकारी सेवा सुविधा नलिने 
सांसद  गुरुङले सरकारी सेवा सुविधा नलिने  मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP