Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मन्त्री हेरफेरमा चुकेको सरकार
मन्त्री हेरफेरमा चुकेको सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख १२, २०८२

सरकारले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेको छ । २५ सदस्यीय मन्त्रिपरिषद् हुने संविधानमा उल्लेख छ । तर पछिल्लो मन्त्रिपरिषद् हेरफेरमा २४ जनामात्र मन्त्री छन् । जसमा एक जनामात्र महिला मन्त्री छन् भने एक जना महिला राज्यमन्त्री ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र वन तथा वातावरण राज्यमन्त्री रुपा विक मौजुदा मन्त्रिपरिषद्का सदस्य हुन् । यसरी हेर्दा यो सरकार महिलाप्रति निकै नै अनुदार देखिएको छ । दुई महिला मन्त्री नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्छन् । यसरी हेर्दा नेकपा एमाले महिला प्रतिनिधिप्रति झनै अनुदार देखिन्छ ।

यसअघि शिक्षामन्त्रीमा विद्या भट्टराई हुँदा पनि मन्त्रिपरिषद्मा ३३ प्रतिशत सहभागिता सुनिश्चित थिएन । यद्यपि न त एमाले नेताले यस विषयमा मुख खोले न त कांग्रेसकै नेताले । मञ्च पाउँदा चर्को स्वरमा ३३ प्रतिशतको कुरा उठाउने महिला नेतृ पनि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मौन छन् ।

Hardik health

हुन पनि ओलीले आफ्नो नेतृत्वमा कसैलाई चुइक्कसम्म बोल्न दिएका छन् । ओलीले पार्टीमा फरक मत राखेको भन्दै महिला नेतृहरुलाई कारबाही गरेर थरथरी पारेका छन् । यतिमात्र हैन अबको नेतृत्व दाबी गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाईसमेत २५ वर्षसम्म यस्तो विषयमा नसोच्न चेतावनी दिइसकेका छन् ।

हुन त सञ्चारिका समूहमै ओलीले आफू निकटको प्रेस चौतारीको नेताहरुलो नाँगो नाच देखाउन पठाएका थिए । एमाले समर्थित पत्रकारका नेतृहरुले यसलाई जायज नै मानेका छन् । ओली शासन भने पनि यो सरकारको प्रमुख हिस्सेदार आफूलाई लोकतन्त्रको पहरेदार भन्ने नेपाली कांग्रेसको आडमा बनेको हो ।

यो मामलामा कांग्रेस पनि मौन बसेर खुसी मनाइरहेको छ । सरकार यति असन्तुलित छ कि, समावेशीको नाम कहीकतै समेटिएको छैन । काम नगरेकै कारण सरकारमाथि जनविश्वास गुमाउँदै गएको छ । सामाजिक सञ्जालमा होस् या चियाचौतारोमा, यो सरकारको आलोचक र विरोधी बढ्दो छ । यहीबाट त्रसित ओलीले सडकमा शक्ति प्रदर्शनसमेत गरेका छन् ।

जबजब आफू कमजोर महसुस गर्छन् ओली सडकमा शक्ति प्रदर्शनमा ओर्लने गरेको विगतका नजिरहरु छन् । नेकपाकालमा पुष्पकमल दाहाल, माधव नेपालहरु छुट्टिएर गएपछि ओलीले दरबारमार्गमा शक्ति प्रदर्शन गरेका थिए । यसपटक ओलीले भृकुटीमण्डपमा शक्ति प्रदशृन गरे । शिक्षकदेखि चिकित्सकसम्म आन्दोलनमा सडकमा रहेको बेला ओलीले फेरि मन्त्री हेरफेर असमावेशी र असन्तुलित बनाएको छ । 
 


प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
इपिएसपीडितको माग सम्बोधन गर
इपिएसपीडितको माग सम्बोधन गर शुक्रबार, माघ ९, २०८२
महिला उम्मेदवारीमा उपेक्षा
महिला उम्मेदवारीमा उपेक्षा बिहीबार, माघ ८, २०८२
मनोनयन दर्ताको माहोलले जगायो उत्साह
मनोनयन दर्ताको माहोलले जगायो उत्साह बुधबार, माघ ७, २०८२
मनोनयन प्रभावित नहोस्
मनोनयन प्रभावित नहोस् मंगलबार, माघ ६, २०८२
बालेन-हर्कको दोहोरो धोका
बालेन-हर्कको दोहोरो धोका सोमबार, माघ ५, २०८२
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP