Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • ...अनि बालेनले हारे, गुरागाईंले जिते
...अनि बालेनले हारे, गुरागाईंले जिते
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, चैत २२, २०८१

 

  • बालेनले हटाएका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश 
  •  बहुसंख्यक वडाध्यक्ष, कार्यापालिका सदस्य र कर्मचारीको घेराबीच गुरागाईं बालेनको निर्देशनमा लगाइएको ताला फुटाउँदै कार्यकक्ष गएर हाजिर गरे
  • बालेनप्रति उपप्रमुख सुनिता आक्रोशित

काठमाडौं– काठमाडौं टावरमा अनियमित नक्सा स्वीकृतिको आरोपमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले हटाएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिहीबार फिल्मी शैलीमा कार्यालय प्रवेश गरेका छन् । मेयर बालेन उनलाई रोक्न चाहन्थे । 

त्यसका लागि ठूलो सङ्ख्यामा नगर प्रहरी तैनाथ गराएका थिए । राजु पाँडेले तैनाथ प्रहरीको कमान्ड गरेका थिए । उनकै नेतृत्वमा नगर प्रहरीले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको कार्यकक्षमा ताला लगाइदिएका थिए । 

जबकि, स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद–२ को महानगर प्रहरी सेवा गठन, रेखदेख र नियन्त्रणसम्बन्धी प्रावधानमा प्रमुख प्रशासकीय अधिकृतले नै महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार राख्ने उल्लेख छ । तर, बिहीबार बालेनको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन नगर प्रहरीले कार्यकक्षमा ताला लगाइदिएको थियो । कार्यालय प्रवेशमै रोक लगाउन परिचालित भएका थिए । 

Hardik health

यद्यपि, महानगरका कर्मचारी, वडाध्यक्ष र कार्यपालिका सदस्यहरूको ठूलो भीडसामु बालेनको सीप चलेन ।
गुरागाईंलाई रोक्न तैनाथ राजु पाँडे नेतृत्वको नगर प्रहरी बलले सकेन । महिनौँपछि गुरागाईंको कार्यकक्षमा प्रवेश भयो । नगर प्रहरीहरू उनको पछिपछि लागे । कर्मचारी र वडाध्यक्षले नै गुरागाईंलाई कार्यकक्षसम्मै डोहो¥याएर लगे । कार्यकक्षमा बालेनको समूहले सचिवालयले ताला लगाएको थियो । ताला फुटाउने प्रयासमा केहीबेर धकेलाधकेल भयो । यसक्रममा बैठक कक्षको फल सिलिङ भित्ता नै भत्किएको थियो र छेउको कोठाको सिसा फुटेको थियो । 

त्यसपछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको कार्यकक्षछेउकै बैठक कक्षमा वडाध्यक्ष, कार्यपालिका सदस्यहरू भेला भए । एकछिनपछि त्यहाँ उपप्रमुख सुनिता डंगोल पुगिन् । बैठकमा सहभागी एक वडाध्यक्षका अनुसार, बैठकमा कार्यपालिकाका ४१ सदस्यहरू उपस्थित थिए । त्यहाँ उपप्रमुख डंगोल प्रमुख बालेनप्रति निकै आक्रोशित भइन् । प्रमुख प्रशासकीयको कक्षमा लगाइएको तालाबारे नगर प्रहरी बलका प्रमुख राजु पाण्डेसँग सोधखोज गरिन् । त्यसक्रममा पाँडेले माथिको आदेशकै आधारमा ताला लगाएको बताए ।

त्यसपछि सुनिताले सोधिन्, ‘लिखित आदेश छ ?’ पाँडेले मौखिक आदेश आएको बताए । झनै आक्रोशित सुनिएकी उनले ताला खोल्न निर्देशन दिँदै बालेनले कोठामा बसेर निर्देशन दिइरहेको भन्दै गुनासो गरिन् ।अनि, प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले हाजिर गरे । उनलाई कार्यालय प्रवेश गराएका कर्मचारीहरू खुसी भए । बालेन भने देखिएनन् । महानगर क्षेत्रमा करिब दुई घण्टासम्म तनावपूर्ण स्थिति भएको थियो । महानगरका प्रवक्ता नवीन मानन्धर भन्छन्, ‘अब महानगरको डेडलक खुल्यो ।’

गुरागाईंमाथि बालेनले काठमाडौं टावर निर्माण प्रक्रियामा अनियमित नक्सा स्वीकृतिको आरोप लगाएका थिए । आरोपपछि गुरागाईंलाई बिदामा बस्न बालेनले भनेका थिए । कार्यालय आउन दिएका थिएनन् । त्यहीबीच सामान्य प्रशासन मन्त्रालयसमक्ष अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउन मागसहित राय पठाएको थियो । 
मन्त्रालयले अस्वीकार ग¥यो । अर्थात् गुरागाईंलाई नै प्रमुख प्रशासकीय अधिकृतका रूपमा बहाल गर्ने निर्णय लियो । बालेन झनै रुष्ट भए । 

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा आफ्ना कर्मचारीले तलब खान नपाएको महिनौँ नपाएको भन्दै टुकुचामा गाडीदिनेसम्मको अभिव्यक्ति दिए । यो अभिव्यक्तिले उनी निकै विवादित भए । उनले गुरागाईंलाई काठमाडौं टावरको नक्सा प्रकरणमा जोड्दै छानबिनका लागि समिति नै गठन गरेका थिए । समितिले अझै प्रतिवेदन बुझाएको छैन । प्रतिवेदनमा भएको ढिलाइका कारण उनले महानगरका विभागीय प्रमुखहरूबाट राय संकलन गराएर गुरागाईंलाई हटाउन खोजेका थिए । 

गुरागाईंलाई हटाउने बालेन रणनीतिमा भने मन्त्रालय नै बाधक बन्यो । यसपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन बन्यो । झण्डै चार महिनादेखि महानगरबाट तलब खाने कर्मचारीले तलब पाएनन् । अर्बभन्दा बढी भुक्तानी रकम रोकिएको छ । क्यान्सरका बिरामीलाई दिनुपर्नेजस्ता पैसासमेत रोकिँदा स्थिति निकै जटिल बनेको प्रवक्ता मानन्धरले प्रभावसँग भने । तर, मेयर बालेन गुरागाईंलाई कुनै हालतमा कार्यालय आउन नदिने अड्डी कसेर बसेका थिए । यो कुरा उपप्रमुख सुनिता डंगोलसहित वडाध्यक्ष र कर्मचारीहरूलाई मन परेको थिएन ।

अन्ततः प्रमाणित हुन नसकेको आरोपका आधारमा प्रमुख प्रशासकीयलाई रोकेर तमाम कर्मचारीलाई अप्ठेरोमा पारेको उनीहरूको निचोड थियो । त्यसैले बिहीबार उनीहरूले आफ्नै बलमा गुरागाईंलाई कार्यकक्षमा छिराएर हाजिर गराए, जुन बालेनका लागि अनपेक्षित हो । गुरागाईंका लागि भने जित हो ।
 


प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह
आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह शुक्रबार, मंसिर २६, २०८२
अनौपचारिक क्षेत्रका श्रमिकद्वारा सरकारसमक्ष मागपत्र प्रस्तुत
अनौपचारिक क्षेत्रका श्रमिकद्वारा सरकारसमक्ष मागपत्र प्रस्तुत शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तारः चार मन्त्रीको सपथ
मन्त्रिपरिषद् विस्तारः चार मन्त्रीको सपथ शुक्रबार, मंसिर २६, २०८२
विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध
विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध शुक्रबार, मंसिर २६, २०८२
फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा  ६७ लाखको क्षति
फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा  ६७ लाखको क्षति शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै
मन्त्रिपरिषद् विस्तार हुँदै शुक्रबार, मंसिर २६, २०८२
हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड
हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड शुक्रबार, मंसिर २६, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP