Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • टोखाबाट बरामद २५ करोडको मालिक सिन्धुपाल्चोकका नारायण पौडेल
टोखाबाट बरामद २५ करोडको मालिक सिन्धुपाल्चोकका नारायण पौडेल
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, चैत २१, २०८१
  • भरिया समातिएको दुई सातापछि मालिक पहिचान
  • फरार पौडेलविरुद्ध पक्राउ पुर्जी जारी, भारत पुगेको आशंका
  • विवादित पृष्ठभूमिका व्यापारी पौडेलले सुन तस्करीका लागि उक्त रकम चीन लैजाना लागेको खुलासा

काठमाडौं– राजस्व अनुसन्धान विभागले काठमाडौंको टोखा नगरपालिका–२ झोरस्थित सडकखण्डबाट एक ट्रकमा बरामद अवैध २५ करोड रुपैयाँको मालिक पहिचान गरेको छ । ट्रकका चालक समातिएको दुई सातापछि विभागले अवैध रकमको मालिक पहिचान गरेको हो ।

भागका अनुसार उक्त अवैध रकमका मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भएका ३५ वर्षीय नारायण पौडेल रहेको पहिचान भएको छ । विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले सबुत र प्रमाणका आधारमा पौडेल मालिक भएको पहिचान गरिएको बताए । ‘९८३/७/११८४ नागरिकता प्रमाणपत्र नम्बर भएका नारायण पौडेल मालिक भएको हामीले पहिचान गर्यौं । पहिले भोटेकोशी–४ स्थायी ठेगाना हो,’ उनले प्रभावसँग भने, ‘अहिलेचाहिँ टोखाको महादेवटार हाइटमा बस्दोरहेछ ।’

 

९८३७/११८४ नागरिकता प्रमाणपत्र नम्बर भएका नारायण पौडेल मालिक भएको हामीले पहिचान गर्यौं । पहिले भोटेकोशी–४ स्थायी ठेगाना हो । अहिलेचाहिँ टोखाको महादेवटार हाइटमा बस्दोरहेछ ।
चण्डिप्रसाद घिमिरे
महानिर्देशक, राजस्व अनुसन्धान विभाग

Hardik health

घिमिरेले हाल फरार रहेका मालिक पौडेललाई पक्रन आइतबार नै अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको जानकारी दिए । ‘हाम्रो टोली महादेवटार हाइटमा भएको घरमा गयो । भोटेकोशीस्थित घरमा पनि गयो तर फेला पार्न सकेनौं । महादेवटार हाइटमा भएको घरमा त कामदारमात्रै फेला पार्यौं । उनलाई पक्राउ गर्न अदालतबाट आइतबार नै पुर्जी जारी भइसकेको छ,’ उनले भने ।

पौडेलकै मुख्य लगानी र योजनामा २५ करोड रुपैयाँबराबरको युरो र अमेरिकी डलर चीन लैजान लागेको विभागको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानको क्रममा चीनबाट सुन तस्करी गर्नकै लागि उक्त रकम चीन लैजाँदै गरेको निष्कर्ष निकालिएको थियो । पैसा लान भने उनले भरियाको रूपमा ट्रकका चालक कुसाङ लामालाई प्रयोग गरेको देखिएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ चैत ४ गते पक्राउ परेका थिए । 

ना ७ ख १६५२ नम्बरको ट्रकसहित लामा पक्राउ परेका थिए । त्यसपछि प्रहरीले उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो । विभागका महानिर्देशक घिमिरेले लामो समयसम्मको सिसिटिभी फुटेजसँगै कल डिटेल्स् र त्यसको विश्लेषण र डिजिटल डिभाइसको अध्ययनका आधारमा मालिकको पहिचान गर्न सकिएको बताए । 

उनकै संलग्नतामा ५००, २००, १०० दरको जम्मा १३ लाख ७५ हजार १५० युरो र १००, ५० दरका ती लाख २० हजार ८५० रुपैयाँ ९२५ करोड १९ लाख २४ हजार रकम ट्रकमा लोड भएको सीसीटीभ फुटेजसमेत पत्ता लगाइएको विभागले जनाएको छ । चालक लामाले भने काठमाडौंको सामाखुसीमा उक्त रकम बसमा लोड गरिएको बयान दिएका छन् । तर, प्रहरीले भने लोड भएको स्थानबारे भने जानकारी दिएको छैन । 

यद्यपि, ४ चैतको राति प्रहरीले ११ बजे राति चालक लामालाई  पक्राउ गर्नुभन्दा केही समयअघि मात्रै नारायण र चालकबीच फोनमा कुराकानी भएको विवरणसमेत भेटिएको छ । विभागले नारायणको अन्तिम लोकेसन टोखा फेला पारेको छ । टोखादेखि नै उनको फोन स्वीच भएको जनाएको छ । त्यसले गर्दा उनको खोजीमा समस्या भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पौडेल भारत पुगेको हुन सक्ने आशंका गरेको छ । उनको सरकारले राहदानी रोक्का गरेको छ ।

पौडेल पहिलेदेखि नै विवादास्पद पृष्ठभूमिका व्यक्ति भएको खुलेको छ । उनी हुण्डीदेखि डलर र सुन तस्करीसम्म जोडिएका छन् । उनले सार्वजनिक छाप दस्तखत कीर्तेमासमेत मुद्दा झेलेको पाइएको छ । उनी नेकपा माओवादी केन्द्रमा आबद्ध भएको स्रोतले जनाएको छ । २०६० सालतिरदेखि कन्टेनर किनेर नारायण र उनका दाजु राजकुमार चीनबाट सामान आयात–निर्यात गर्थे । त्यहीबेला दाजुभाइको सम्पत्ति अचाक्ली गरी बढेको थियो । हाल उनीहरूको लगानी हाइड्रो, क्रसरलगायत क्षेत्रमा पनि छ । 

विभागले विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ अतर्गतको कसूरमा अनुसन्धान गरिरहेको छ । रकमसहित पक्राउ परेका र यसका मालिकविरुद्ध सम्पत्ति शुद्धीकरणमासमेत अनुसन्धान गर्नुपर्ने देखिएको अवस्थामा त्यसमासमेत अनुसन्धान गर्ने विभागको तयारी छ । यी तीनवटै कसूरको अनुसन्धान क्षेत्राधिकार विभागसँग छ । संगठित अपराधको कसूर जोडिएको अवस्थामा भने विभागबाट यो अनुसन्धान प्रहरीमा सर्ने छ ।यसअघि संसद्मा सांसदहरूले प्रहरीको आलोचना गरेका थिए । कहिल्यै मालिक पक्राउ नगर्ने अनि ट्याक्सी ड्राभइर, भरियाजस्तालाई मात्रै पक्राउ गरेर कानुनी दायरामा ल्याउनु गलत र आपत्तिजनक भएको उनीहरूको भनाइ थियो । जतिसुकै ठूला आरोपी भए पनि पक्राउ गरेर कानुनी दायरामा ल्याउन दबाब दिइएको थियो । यसरी संसद्मासमेत यो विषय उठेको दुई सातापछि २५ करोड अवैध नोटका मालिकलाई प्रहरीले पहिचान गरेको हो । मालिक भने पक्राउ परेका छैनन् ।


प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  ०९:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP