Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • नौ वटा कानुन बने, अत्यावश्यक विधेयकहरू अड्किए
संसद्को हिउँदे अधिवेशन अन्त्य नौ वटा कानुन बने, अत्यावश्यक विधेयकहरू अड्किए
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, चैत २०, २०८१

पारित विधेयक

  •  भ्रष्टाचार निवारण विधेयक
  •  विधायन विधेयक
  •  विद्युतीय व्यापार विधेयक
  •  सुरक्षित कारोबार विधेयक
  •  सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह विधेयक
  •  आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि विधेयक
  •  निजीकरण (पहिलो संशोधन) विधेयक 
  •  आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक
  •  सहकारीसम्बन्धी विधेयक 

काठमाडौं– विधेयक अधिवेशनको रूपमा लिइने संसद्को हिउँदे अधिवेशन नौवटा ऐन बनाएर अन्त्य भएको छ । अधिवेशन अवधि (६१ दिन) मा प्रतिनिसभाबाट पाँच र राष्ट्रिय सभाबाट चारवटा  दर्ता गरेर अघि बढाइएका विधेयक पारित भएका हुन् । अधिवेशन १८ माघदेखि सुरु भएको थियो ।

राष्ट्रिय सभामा दर्ता गरेर अघि बढाइएकामध्ये भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, विधायनसम्बन्धी विधेयक, विद्युतीय व्यापार विधेयक र सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारित भएको संसद्का प्रवक्ता एकराम गिरीले बताए । उनका अनुसार सरकारले हिउँदे अधिवेशनअघि नै ल्याएका पाँचवटा अध्यादेश पनि पारित भएका छन् । प्रतिनिधिसभाबाट पारित गरेर राष्ट्रिय सभा पठाइएकोमा अन्तिम दिन पाँचवटै विधेयक पारित भएका हुन् ।

सरकारले ती अध्यादेशहरू प्रतिस्थापन गर्न २२ फागुन २०८१ मा प्रतिनिधिसभामा विधेयक दर्ता गरेको थियो । ६०औं दिनमा सबै अध्यादेश प्रतिस्थापन विधेयक ऐनमा रुपान्तरित भए । सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ऐनमा परिणत भएका हुन् ।

Hardik health

भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक ६ माघ २०७६ सालमै संसद्मा दर्ता भएको थियो । बल्लतल्ल पाँच वर्षपछि विधेयक ऐनमा रुपान्तरित भयो । विधायनसम्बन्धी विधेयक भने कानुन निर्माण प्रक्रियासँग सम्बन्धित छ । खासगरी सरकारले विधेयक ल्याउँदा के–कस्ता प्रक्रिया पूरा गर्नुपर्ने र त्यसअन्तर्गत बन्ने नियमावली, नियम, मापदण्ड, निर्देशिका लगायतमा कति अधिकार प्रत्यायोजित हुने ? ती सबै प्रावधान ऐनमा छ । 

विद्युतीय व्यापार ऐन भने लोकप्रिय बन्दै गरेको अनलाइन व्यापारसँग सम्बन्धित छ । यो ऐन सूचना प्रविधिको बढ्दो प्रयोग र अनलाइनबाट हुने व्यापारलाई व्यवस्थित र करको दायरामा ल्याउन बनाइएको हो । सुरक्षित कारोबार (पहिलो संशोधन) ऐन व्यक्ति वा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाउने प्रावधान छन् । सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेशमा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था नियमन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने लगायतका प्रावधान छ । यही अध्यादेश विधेयक हुँदै ऐनमा रुपान्तरित भएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) ऐन बजेटका सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलको समय लगायतसँग सम्बन्धित छ । सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश सात दिनभित्रमा सरकारी सेवा प्रवाह गर्नुपर्ने सम्बन्धी व्यवस्था छ । आर्थिक तथा व्यावसायिक वातावरण सुधार अध्योदशमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नेगरीको कानुनी व्यवस्था छ । लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा नेपालमा लगानीको वातावरण थप सहज बनाउने र साना लगानीकर्तालाई सहुलियत दिने लगायतसँग सम्बन्धित व्यवस्थाहरू छन् ।

उठेका जनताका मुद्दा  
संसद् अधिवेशन अन्त्य हुनुअघिका केही दिन संसद्मा गणतन्त्र र राजतन्त्रपक्षधर शक्ति धु्रवीकृत भए । राजसंस्था फर्काउने र राजा ल्याउने भन्दै राजसंस्थापक्षधर आन्दोलित छन् । यहीबीचमा तीनकुने हिंसात्मक घटना भयो । यसमा गणतन्त्रपक्षधरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार ठहर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत तीनकुने घटनामा ज्ञानेन्द्रले उन्मुक्ति नपाउने चेतावनी दिइसकेका छन् । तर, राजसंस्थापक्षधर दलहरू राप्रपा, राप्रपा नेपाललगायतले भने तीनकुने घटनामा पर्वराजा ज्ञानेन्द्रको भूमिका नरहेको र विवादमा तान्ने प्रयास गर्न नहुने जनाएका छन् । 

यसअघि संसदमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषय संसद्मा उठ्यो । माओवादीसहित विपक्षी दलहरूले दुई दिनसम्म संसद् चल्न दिएनन् । लगातार अवरुद्ध पारे । संसद्मा त्यसअघि सिरहामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षले विष्णु महायज्ञको नाममा दलित परिवारको उठीवास, सर्लाहीको बरहथवामा अन्तरजातीय प्रेम विवाह गर्ने दम्पत्तिमाथि गृहमन्त्रीकै निर्देशनमा ज्यादती भएकोलगायत विषय उठान भए । संसद् अधिवेशनको सुरुका दिनमा भने संसद् छलेर अध्यादेश ल्याएर ओली सरकारले निरंकुशताको अभ्यास गर्न खोजेको भन्दै विपक्षी दलहरूले आलोचना गरे ।


बनेनन् संघीयता कार्यान्वयन गर्ने कानुन 
देश संघीयतामा गएको नौ वर्ष बितिसक्दा पनि प्रशासनिक संघीयता कार्यान्वयनसँग सम्बन्धित कानुनहरू बनेका छैनन् । संघीय निजामती सेवा विधेयक अझै पारित भएन । यो विधेयक हाल प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा छ । विधेयक पारित नहुँदा कर्मचारी समायोजन थप जटिल बन्दै गएको छ । यसलाई लिएर सरकारको आलोचना हुँदै आएको छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग सम्बन्धित विधेयक पनि संसद्को हिउँदे अधिवेशनबाट पारित भएन । यो विधेयक पनि राज्य व्यवस्था तथा सुशासन समितिमा छ । संघबाट आवश्यक कानुन बनाउन ढिला हुँदा प्रदेश र स्थानीय सरकार प्रभावित छन् । देश संघीय मोडलमा गएको वर्षौं बित्दा पनि दुई सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरीको समायोजन भएको छैन । संघीयता कार्यान्वयनसँग जोडिएको विद्यालय शिक्षा विधेयक पनि विधेयक अधिवेशनले अगाडि बढाउन सकेन । देशभरको विद्यालय तहसम्मको शिक्षाको नीति के हुने भनेर आएको विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिमा छ ।

अर्को महत्वपूर्ण मानिएको विद्यालय शिक्षा विधेयक पनि संसद्मै अड्किएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकको दफावार छलफल चलिरहेको छ । यी संसद्मै अड्किएका विधेयकहरू संघीयता कार्यान्वयनको सन्दर्भमा अति महत्वपूर्ण छन् । तर, लक्ष्यअनुसार कानुन निर्माण गर्न सरकार अक्षम भएको छ । कांग्रेसका सांसद रामहरि खतिवडाका अनुसार हिउँदे अधिवेशनबाट २१ वटासम्म ऐन बनाउने उद्देश्य राखिएको थियो तर नौवटा मात्रै ऐन बन्यो ।

विधेयकलाई अघि बढाउन भन्दै कांग्रेस र एमाले सम्मिलित दुई दलीय संयन्त्र नै थियो । तर, आधालक्ष्य प्राप्त गर्न पनि सरकारले सकेन । कतिसम्म भने सरकारले ल्याएको भूमि अध्यादेशसमेत संसद्मा निर्णयार्थ पेस हुनै पाएन । त्यसै ‘होल्ड’ राखिएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले उक्त अध्यादेशमा सहमति जनाएन । त्यही कारण प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशलाई अघि बढाएनन् । 


प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP