Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘हिंसा भड्काउन ज्ञानेन्द्र जिम्मेवार’
दलहरूको ठहर ‘हिंसा भड्काउन ज्ञानेन्द्र जिम्मेवार’
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, चैत १७, २०८१
  • कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादीलगायत दलको निष्कर्ष– शुक्रबारको घटनामा ज्ञानेन्द्र शाह जिम्मेवार 
  • ज्ञानेन्द्रलाई कारबाही गर्नुपर्ने गणतन्त्र पक्षधर दलहरूको सरकारसँग माग 
  • ज्ञानेन्द्रलाई पक्राउ गर्न ह्यासट्याग ‘अरेस्ट ज्ञानेन्द्र’
  • ज्ञानेन्द्रलाई बदनाम नगर्न माग गर्दै पक्राउ गरेर देखाउन चुनौती 
  • ज्ञानेन्द्रलाई पक्राउ गरे देखाइदिने राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी 


काठमाडौं– गणतन्त्र पक्षधर राजनीतिक दलहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजसंस्था पक्षधरहरूले गरेको हिंसात्मक प्रदर्शनका लागि जिम्मेवार ठहर गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादीलगायत राजनीतिक दलले शुक्रबारको हिंसात्मक प्रदर्शनमा ज्ञानेन्द्रको भूमिका देखिएको र उनकै योजनाअनुसार प्रदर्शन भएको जनाएका छन् । सोहीकारण हिंसात्मक घटनामा भएको मानवीय र भौतिक क्षतिमा उनैलाई जिम्मेवार बनाउनुपर्ने बताएका हुन् । 

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आन्दोलन गर्ने समिति ज्ञानेन्द्रले नै बनाएको दाबीसहित सम्पूर्ण घटनाको जिम्मा उनले लिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता डा. प्रकाशशरण महतले प्रभावलाई जानकारी दिए । उनले भने, ‘अराजक अवस्था देखाइयो । त्यसमा समीक्षा गरेर घटनालाई गम्भीर भन्दै भत्र्सना गरेका छौं । निरंकुश शासनतर्फ लैजाने मनसायका साथ योजना बनाइएको छ । जहाँ–जहाँ आक्रमण गर्ने हो योजनाका साथ भएको छ, अन्य कयौं घाइते भएका छन् । यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्छ । समिति गठन उनले नै गरेका हुन् ।’

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारको घटना पछाडि ज्ञानेन्द्र नै रहेको दाबी गरेका छन् । उनले ज्ञानेन्द्रलाई छाडा छोड्न नहुने पनि बताए । ‘यही नै समय हो सरकारले कडा कदम चालोस् । अपराधीहरू सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याओस् र ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन सकिँदैन,’ उनले भने । माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै प्रदर्शनका कमाण्डर प्रसाईंले नै आफूले बिहीबार ज्ञानेन्द्रसँग भेटेको कुरा सार्वजनिक गरेका कारण पूर्वराजा ज्ञानेन्द्रको योजनामा घटना भएको देखिने दाबी गरेका छन् । 

यसअघि नेकपा एमालेले ज्ञानेन्द्रका समर्थकले गरेको प्रदर्शन उद्दण्ड, अराजक र हिंसात्मक भएको भन्दै ज्ञानेन्द्रलाई घटनामा जिम्मेवार बनाउनुपर्ने जनाएको थियो । उक्त दलका मुख्य सचेतक महेश बर्तौलाले ज्ञानेन्द्रको सुविधा फिर्ता लिने संकेत गरे । ‘राज्यकै विरुद्धमा, प्रणाली र लोकतन्त्रकै विरुद्धमा र संविधानकै विरुद्धमा त्यस्तो खालको गतिविधि गर्ने अराजकता मच्चाउने, यस्तो योजना बनाउने र षडयन्त्र गर्ने व्यक्ति वा संस्थालाई राज्यले सुविधा दिनुपर्छ भन्ने कुरा सैद्धान्तिक रूपमा पनि मेल खाँदैन,’ उनले भने । उनले वारेस दिएर खटाइएका पात्रमात्रै घटनामा जिम्मेवार नबन्ने भन्दै वारेस दिने पनि घटनामा जघन्य फौजदारी कसूरमा कारबाहीको दायरामा ज्ञानेन्द्रलाई ल्याउनुपर्ने बताए । शुक्रबारको भौतिक तथा मानवीय क्षतिमा ज्ञानेन्द्रलाई उन्मुक्ति दिन नहुने बर्तौलाले बताए ।

Hardik health

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुनेमा राजावादीहरूको प्रदर्शनबाट घटेको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ । अन्तिम राजा ज्ञानेन्द्रको भूमिकामाथि पनि अनुसन्धानका लागि सरकारसँग माग गरेको छ । घटनामा संलग्न ज्ञानेन्द्र नै भए पनि कानुनी दायराभित्र ल्याएर यथोचित कारबाही गर्न माग गरेको छ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले यसअघि नै ज्ञानेन्द्र शाहले हिंसा गर्न उक्साएको भन्दै उनलाई अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ । सरकारको भूमिकामाथि पनि उक्त दलले प्रश्न गरेको छ । नेकपा मसाल, क्रान्तिकारी माओवादी, नेकपासहितका विभिन्न दलले पनि घटनामा जिम्मेवार ज्ञानेन्द्र भन्दै उनलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । 

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले पनि तीनकुने घटनाको अनुसन्धान गरी संलग्नमाथि कारबाही गर्न माग गरेको छ । नेपाल बार एसोसिएसनले एक विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानविन र अनुसन्धान गर्न माग गरेको हो । ‘दोषीलाई कानुन बमोजिम हदैसम्मको सजायको निमित्त राज्य पक्षसँग जोडदार माग गर्दछौं,’ महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 


गृहमन्त्रीले गरे अनुगमन 

गृहमन्त्री रमेश लेखकले शुक्रबारको घटनामा क्षति भएका स्थानहरूको शनिबार अनुगमन गरेका छन् । अनुगमनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले तोडफोड र आगजनीका घटना आपराधिक  चरित्रका देखिएको प्रतिक्रिया दिए । उनले भने, ‘छानी–छानी गणतन्त्रवादी विचार राख्ने नेता र पार्टी कार्यालयमा आक्रमण भएको छ, मानिस घरभित्र छ भन्ने थाहा पाउँदा पाउँदै बाहिरबाट आगो लगाइएको छ ।’ उनले कानुनबमोजिम घटनामा संलग्न जोकोहीविरुद्ध अनुसन्धान गरेर कारबाही हुने बताए । 

ज्ञानेन्द्रलाई बदनाम नगर्नू: राप्रपा 
राष्ट्रिय प्रजातान्त्र  पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । ‘राजाको नाम लिएपछि चुनाव जित्न सजिलो हुन्छ भनेर राजा चाहिन्छ भनेको होइन । त्यसकारणले राजा जसले बोके पनि हुन्छ, जसले ल्याए पनि हुन्छ भनेर हामीले बारम्बार भनिरहेका छौं र हामीले कुनै व्यक्तिगत फाइदा र व्यक्तित्व विकासको प्रयोजनका लागि राजसंस्था चाहिन्छ भनेको होइन,’ उनले पार्टी बैठकपछि पत्रकारहरूसँग भने, ‘त्यसकारण मलाई कुनै टिप्पणी गर्नु छैन र राजालाई विवादमा तान्नु हुन्न भन्ने कुरामा अहिले पनि प्रस्ट छु । राजालाई एरेस्ट गरेर देखाउनु अनि शक्ति हामी देखाउँछौं ।’

उनले ज्ञानेन्द्रलाई कुनै विवादमा तान्नु नहुने बताए । बरु, उनले तीनकुनेमा भएको प्रदर्शनमा सरकारले हिंसा भड्काएको आरोप लगाए । राप्रपाले पक्राउ परेका आफ्ना नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न पनि अल्टिमेटम दिएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि तीनकुने हिंसामा ज्ञानेन्द्रलाई नजोड्न चेतावनी दिएका छन् ।यता पूर्वपञ्च नवराज सुवेदी संयोजक रहेको राजसंस्था पुनस्र्थापना पक्षधरले गठन गरेको संयुक्त जनआन्दोलन समितिले शुक्रबारको घटनासँग जोडेर ज्ञानेन्द्रलाई बदनाम नगर्न चेतावनी दिएको छ । सुवेदीले विज्ञप्ति जारी गर्दै भने, ‘श्री ५ महाराजाधिराजलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरू बाहिर आएको छ ।’

उनले त्यस्तो कदमको प्रतिवाद गर्ने चेतावनी दिए । शुक्रबारको प्रदर्शन कसैको इसारामा नभएको उनको दाबी छ । ‘जनताद्वारा गरिने जनआन्दोलन कुनै पनि नेताको इसारामा चल्दैन । जनचाहना र जनविद्रोहबाट उत्पन्न हुने आन्दोलनको अगुवाइ र नेतृत्व जनताले नै गर्छन्,’ ज्ञानेन्द्रको भूमिका अस्वीकार गर्दै भने । सुवेदी आफ्नै घरमा प्रहरी नियन्त्रणमा रहेका छन् । 


ज्ञानेन्द्रलाई पक्राउ गर्न ‘अरेस्ट ज्ञानेन्द्र’ अभियान
शनिबार बिहानैदेखि सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन माग गर्दै ह्यास्ट्याग ‘अरेस्ट ज्ञानेन्द्र’ अभियान चलेको छ । गणतन्त्रपक्षधरले शुक्रबार राजसंस्था पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शनका नाममा भएका अराजक गतिविधि र लुटपाटका लागि ज्ञानेन्द्रलाई दोषी ठह¥याई कारबाहीको दायरामा ल्याउन उक्त अभियान चलाएका हुन् ।

ज्ञानेन्द्रले यसअघि ७ फागुनमा पनि ‘बेला आयो, अब सहयोग गर्नुहोस्’ भन्दै आह्वान गरेका थिए । त्यसपछि राजसंस्थापक्षधरहरू अराजक भएर शुक्रबारको प्रदर्शनमा प्रस्तुत भएका थिए । त्यस क्रममा एक पत्रकार र एक आन्दोलनकारीको ज्यान गएको थियो भने थुप्रै घाइते भएका थिए । सरकारी तथा निजी सवारीसँगै पार्टी कार्यालय, सञ्चारगृह, व्यावसायिक भवनलगायतमा आगजनी र तोडफोडका घटना भएको थियो । 

सोही हिंसात्मक प्रदर्शनका योजनाकार ज्ञानेन्द्रलाई मानिएको छ । त्यस आधारमा सामाजिक सञ्जालमा उनलाई पक्राउ गर्न अभियान चलेको हो । आन्दोलनमा प्रदर्शनकारीहरूलाई उक्साएर हिंसा भड्काएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा, आन्दोलनका प्रवक्ता स्वागत नेपालसहित १११ जना राजसंस्था पक्षधरहरू पक्राउ परेका छन् ।

पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटना घटाउन उक्साउनेसहित १११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । उनका अनुसार शुक्रबार १०५ जनालाई पक्राउ गरिएको थियो भने शनिबार थप छ जना पक्राउ परेका हुन् । 

प्रहरी परिसर काठमाडौंले २५, प्रहरी वृत्त बानेश्वरले २५, प्रहरी वृत्त गौशालाले नौ, प्रहरी प्रभाग कोटेश्वरले ४६, प्रभाग गोंगबुले तीन, प्रहरी वृत्त बालाजुले एक, प्रहरी वृत्त सिंहदरबारले दुई जनालाई पक्राउ गरेको उनले जानकारी दिए । उक्त घटनामा दुई जनाको मृत्यु भएको जनाउँदै प्रहरी प्रवक्ता बोहराले नेपाल प्रहरीतर्फ ५५, सशस्त्र प्रहरीतर्फ २२ र प्रर्दशनकारीतर्फ ५१ जना घाइते भएका उल्लेख गरे । तीमध्ये प्रहरी र प्रदर्शनकारीसहित २१ जनाको विभिन्न अस्पतालमा उपचार जारी रहेको काठमाडौं प्रहरीले जनाएको छ ।आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं भने फरार छन् । आन्दोलनका संयोजक नवराज सुवेदीलाई उनकै घरमा नियन्त्रणमा राखेको छ । 
 


प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ०९:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP