Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • सवारी लाइसेन्स पाउन १८ वर्ष पुग्नुपर्ने 
सवारी लाइसेन्स पाउन १८ वर्ष पुग्नुपर्ने 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, फागुन २३, २०८१
  • सवारी दुर्घटनामा परेकामध्ये एक तिहाइ १६–२५ वर्षका युवायुवती 
  • दुई पाङ्ग्रे १८ वर्ष र मझौला सवारीका लािग २३ वर्ष उमेर प्रस्ताव

काठमाडौं– गत साउनयता काठमाडौं उपत्यकामा ६ हजार ८३४ वटा सवारी दुर्घटनामा परे । ती सवारीका चालकमध्ये दुई हजार २०० चालकको उमेर १६–२५ वर्ष भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । 

यो सङ्ख्या दुर्घटनामा परेका सवारीका चालकमध्ये एक तिहाइ हो । यसले नीति निर्माण प्रक्रियामा संलग्नलाई झस्को परेको छ र यातायातसम्बन्धी ऐन संशोधन गरेर सवारी चालक अनुमति पत्र प्राप्तिको उमेरमै पुनर्विचार गरिने भएको छ । त्यससम्बन्धी प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अघि बढाएको छ । 

सर्वसाधारणको सुझाव सङ्कलन गर्न मन्त्रालयले वेबसाइटमा राखेको नयाँ सवारी तथा यातायात ऐनको मस्यौदामा दुई पाङ्ग्रे सवारी साधन प्राप्तिको उमेर १८ वर्ष प्रस्ताव गरिएको छ । मौजुदा ऐनमा १६ वर्ष छ । अर्थात्, नागरिकता प्राप्तिकै उमेरमा लाइसेन्सका लागि योग्य हुने प्रावधान ऐनमा छ । तर, दुर्घटनामा परेका सवारीका एक तिहाइ चालकको उमेर १६ देखि २५ भएपछि लाइसेन्स प्राप्त गर्ने उमेर बढाउन लागेको मन्त्रालयकी सूचना अधिकारी शुभा श्रेष्ठले बताइन् । 

‘दुर्घटनामा परेकामध्ये एक तिहाइ कलिला उमेरका देखियो । एउटा जोस हुने उमेर भएकाले तीब्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको हुने स्थिति छ, यसले गर्दा उमेर बढाउने प्रस्ताव गरिएको हो,’ उनले प्रभावसँग भनिन्, ‘कार तथा जीपजस्ता मझौला सवारी साधनको लाइसेन्स लिन २१ वर्ष पूरा भएको हुनुपर्ने प्रस्ताव गरिएको छ । हाल कानुनअनुसार १८ वर्ष भएपछि मझौला सवारी साधनको चालक अनुमतिपत्र पाइन्छ ।

Hardik health

सवारीसाधन चलाउन २३ वर्ष पूरा भएपछि मात्रै लाइसेन्स पाइने व्यवस्था प्रस्ताव गरिएको छ । अहिले २१ वर्ष उमेर पूरा भए पछि ठूला सवारी साधनको लाइसेन्स लिन सकिने व्यवस्था छ ।मन्त्रालयले अहिले सरोकारवालाबाट राय सुझाव लिनका लागि विधेयक सार्वजनिक गरेको हो । सार्वजनिक भएको मितिले १५ दिनभित्र आएका सुझावमा आधारमा परिमार्जन गरेर मात्रै संसद्मा दर्ता गराउने प्रक्रियामा जाने भएको उनले बताइन् । 

सवारी साधन अनुमति पत्र ६० वर्षभन्दा बढी उमेरकालाई नदिने व्यवस्था पनि प्रस्तावमा गरिएको छ । आठ कक्षा उत्तीर्णलाई मात्रै सवारीचालक अनुमतिपत्र दिने व्यवस्था पनि प्रस्तावमा छ । मन्त्रालयले सवारीचालक अनुमतिपत्रको नवीकरणमा लाग्ने जरिवाना घटाउन अर्को प्रस्ताव पेस गरेको छ । अहिले पाँच वर्षको अधिकतम ५०० प्रतिशत जरिवाना लाग्दै आएको छ । प्रस्तावित विधेयकमा अधिकतम जरिबाना ३०० प्रतिशत राख्न सझुाएका छन् । मन्त्रालयले प्रस्ताव गरेको विधेयकमा दुईपाङ्ग्रे सवारीसाधनको पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने नियम प्रस्ताव गरिएको छ ।

अन्तर्राष्ट्रिय चालक लाइसेन्स 

भौतिक मन्त्रालयले मस्यौदा विधेयकमा नेपालबाट पनि अन्तर्राष्ट्रिय चालक अनुमतिपत्र जारी गरिने व्यवस्था प्रस्ताव गरेको छ । विधयेकमा भनिएको छ, ‘सवारीचालक अनुमति पत्रको म्याद बहाल रहेको नेपाली नागरिकलाई विदेशमा सवारी चलाउनको लागि तोकिएको प्रक्रिया पूरा गरी अन्तर्राष्ट्रिय चालक अनुमति (आईजीडी) लिने ।’

यतबिेला नेपालबाट जारी भएको सवारीचालक अनुमतिपत्रका आधारमा भारतमा सवारीसाधन चलाउन पाइन्छ । त्यस्तै अस्ट्रेलिया, क्यानडा तथा अमेरिकाजस्ता देशका कतिपय स्थानमा पनि परीक्षणकालका लागि चलाउन पाइने अवस्था रहेको उल्लेख छ । त्यस लगत्तै अन्तर्राष्ट्रिय चालक अनुमतिपत्र जारी सम्बन्धी थप व्यवस्था नियमावलीमा गरिने जनाएको छ ।

मन्त्रालयले विदेशी सवारीचालक अनुमतिपत्र भएका व्यक्तिहरूले नेपालमा पनि परीक्षणकालीन मान्यता पाउने व्यवस्था प्रस्ताव गरेको छ । यसअघि विदेशी लाइसेन्स भएकाले नेपालमा स्वतः मान्यता पाउने व्यवस्था थियो ।

यस्तै, यातायात मन्त्रालयले प्रस्तावित विधेयकमा व्यावसायिक चालक अनुमतिपत्रको छुट्टै व्यवस्था गरेको छ । विधेयकमा कसैले व्यावसायिक सवारीसाधन चलाउन चाहेमा प्रदेश कानुनबमोजिम तोकिएको निकायबाट व्यावसायिक सवारी चालक अनुमतिपत्र लिन सक्ने उल्लेख छ । 

तर, शारीरिक तथा मानसिक स्वास्थ्य अवस्था, ट्राफिक नियम उल्लङ्घनसम्बन्धी अभिलेख, मादक पदार्थ वा लागूपदार्थ सेवनसम्बन्धी दुव्र्यसन, आपराधिक एवम् गैर सामाजिक क्रियाकलापमा संलग्नताको अभिलेख भएको व्यक्तिले यस्तो लाइसेन्स नपाउने मस्यौदामा भनिएको छ । 


प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP