Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • आइजिपी बन्ने दौडमा तीन एआइजी
एआइजीहरू टेकबहादुर तामाङ, दीपक थापा र सुदीप गिरीमध्ये एक जना बन्ने छन् नयाँ आइजिपी आइजिपी बन्ने दौडमा तीन एआइजी
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, फागुन २२, २०८१

काठमाडौं– नेपाल प्रहरीले आगामी दुई सातामै ३१औं प्रहरी महानिरीक्षक (आइजिपी) पाउँदै छ । महानिरीक्षकका लागि प्रहरी अतिरिक्ति महानिरीक्षक (एआइजी)हरू टेकबहादुर तामाङ, दीपक थापा र सुदीप गिरी दौडमा छन् । 

एआइजी तामाङले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड सम्हालिरहेका छन् । उपत्यकामा शान्ति सुरक्षा कायम राख्न चुनौतीपूर्ण मानिने कार्यालयको कमाण्ड कुशलतापूर्वक सम्हालेर सिंगो प्रहरी संगठनको नेतृत्व सम्हाल्न योग्य रहेको उनले सन्देश दिएका छन् । यसअघि उनी जहाँ–जहाँ पुगे सार्वजनिकरूपमा प्रश्न उठेन । विवादरहित प्रहरी अधिकृतको छवि उनको छ । 

उनै एआइजी तामाङले प्रहरी महानिरीक्षकका लागि प्रयास गरिरहेका छन् । उनी एमालेनिकट मानिन्छन् । अहिले उनलाई प्रहरी महानिरीक्षक बनाउनुपर्छ भनेर एमाले नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लबिइङ’ गरिरहेका छन् । अख्तियारका प्रमुख प्रेमकुमार राई पनि तामाङलाई महानिरीक्षक बनाउन जोडबल गरिरहेका छन् । उनका ससुरा पूर्वडिआइजी देवी तामाङ हुन् । उनी एमालेनिकट छन् । उनको घर झापामा हो । प्रधानमन्त्री केपी शर्मा ओली पनि झापाकै हुनाले तामाङलाई प्रहरी महानिरीक्षकका लागि उनी सकारात्मक रहेको स्रोतले जनाएको छ । 

तामाङले यसअघि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी पनि सम्हालेका थिए । प्रहरी नायव महानिरीक्षक (डिआइजी) हुँदा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुँदा विराटनगर तालिम केन्द्र प्रमुख भएका थिए । प्रहरी उपरीक्षक (एसपी) हुँदा जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी पहरा गण मुख्यालय सामाखुसीको कमाण्ड सम्हालेको अनुभव तामाङसँग छ । प्रहरी नायव उपरीक्षक (डिएसपी) हुँदा इलाका प्रहरी कार्यालय धरान, प्रहरी वृत्त कालिमाटी, जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र खोटाङको कमाण्ड सम्हालेका छन् । 

Hardik health

प्रहरी नियमावली, २०७१ को नियम ४१ ले ज्येष्ठता, कार्य कुशलता, कार्य क्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमताका आधारमा आइजिपी नियुक्त गर्ने व्यवस्था छ । नेतृत्व प्रदान गर्न सक्ने कुशलता, आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका आधारमा सरकारले उपयुक्त देखेको एआइजीहरूमध्येबाट आइजिपी नियुक्त गर्ने छ । एआइजी नभएको खण्डमा भने डिआइजीहरूबाट आइजिपी नियुक्त गर्न सकिने व्यवस्था छ । यसपटक एआइजीहरू तामाङसहित थापा र गिरी छन् । थापा एआइजी बढुवामा तामाङ र गिरीभन्दा दुई साता ज्येष्ठ हुन् । भनिन्छ, उनको सम्बन्ध सत्ता गठबन्धनसँग राम्रो छ । राजनीतिक रूपमा एमाले र माओवादीसँग निकट थापाले पछिल्लो समय कांग्रेस नेताहरूसँग सम्बन्ध सुमधुर बनाएका छन् । यो उनको प्रहरी महानिरीक्षक हुने तयारीसँग सम्बन्धित छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा रहँदा थापाले बाल मन्दिरको सरकारी जग्गा प्रकरणमा मुद्दा नचल्ने गरी फाइल अघि बढाएका छन् । यो प्रकरणले उनी विवादित भए । भूमाफियाहरूलाई जोगाएको आरोपको सामना उनले गर्नुप¥यो । त्यसले गर्दा थापा विवादित छविका प्रहरी अधिकृत पनि हुन् । तर, उनले कांग्रेस र एमालेका नेतृत्वसँग राम्रो सम्बन्ध सुधार गरेकाले प्रहरी महानिरीक्षकका लागि अधिकतम सम्भावना बोकेको एआइजी भन्दै आएका छन् । थापा ६ चैत २०७९ मा तेस्रो नम्बरमा रहँदै एआइजीमा बढुवा भएका थिए । उनीभन्दा अगाडि आइजिपी कुँवर र टेकप्रसाद राई थिए । दुवैजना अवकाश हुन लागेका छन् । 

अघिल्लोपटक नै आइजिपीका दाबेदार देखिएका थापाले त्यसपटक बाजीमार्न सकेनन् । तर, अबको आइजिपीका लागि भने उनी पहिल्यैबाट ढुक्क छन् । थापाभन्दा एक सातापछि चैत १३ गते गिरी र तामाङ एआइजीमा बढुवा सिफारिस भएका थिए । यसले गर्दा पनि वरिष्ठताका आधारमा कतै थापालाई प्रहरी महानिरीक्षक बनाउनसक्ने सम्भावना प्रवल रहेको चर्चा छ । 

तामाङ र थापासँगै प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा अर्का एआइजी सुदीप गिरी छन् । उनी कांग्रेसनिकट मानिन्छन् । उनलाई यसअघि डिआइजीमा बढुवा गर्दा अगाडि ल्याइएको थियो । एआइजीमा पनि उनले आफ्नो वरीयता कायम राखे । कांग्रेसले चाहेमा आफूलाई आइजिपी बनाउन सक्ने विश्वास उनमा छ । कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि गिरीको सम्बन्ध राम्रो रहेको बताइन्छ । 

आइजिपी कुँवरसँगै क–कसको अवकाश ? 
आगामी चैत ५ मा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अनिवार्य अवकास पाउँदै छन् । ३० वर्षे सेवा अवधिका कारण आइजिपी कुँवरसहित एआइजीहरू टेकप्रसाद राई, कुवेर कठायत, दुर्गा सिंह, बुद्धिराज गुरुङ र जनक भट्टराई अवकासमा जाने भएका हुन् । भट्टराईको बढुवा आइतबारमात्रै भएको हो ।अवकास जानेमा डिआइजीहरू पनि छन् । गणेश चन्द, भोला रावल र धु्रवराज विष्ट पनि आइजिपी कुँवरसँगै अवकाश पाउने छन् । 

प्रहरी नियमावली–२०७१ को १२७ (घ) मा प्रहरी अधिकारीको अधिकतम सेवा अवधि ३० वर्ष हुने प्रावधान छ । यही प्रावधानले कुँवरसहितका प्रहरी उच्च अधिकारीको एकै साथ बहिर्गमन हुने भएको हो ।तर, प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने प्रावधानसहितको विधेयक संसदमा हाल विचराधीन छ । कहिले पारित हुन्छ भन्ने टुंगो छैन । त्यसले गर्दा कुँवरसँगै प्रहरी निरीक्षक भएका ब्याचीहरू एकैसाथ अवकासमा जाने भएको हो । 

कुँवरसहितले ५ चैत २०५१ बाट प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए । सरकारले कुँवरलाई १० चैत २०७९ मा प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।



 


प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP