Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • पञ्चकन्या स्टिल धुर्मुस–सुन्तलीविरुद्ध अदालतमा
पञ्चकन्या स्टिल धुर्मुस–सुन्तलीविरुद्ध अदालतमा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, फागुन २०, २०८१

 

  •  जिल्ला अदालत ललितपुरमा आधा करोडभन्दा बढीको लेनदेन मुद्दा दायर
  •  भरतपुरस्थित क्रिकेट रंगशाला निर्माणमा ५२ लाखभन्दा बढी भुक्तानी बाँकी रहेको दाबी
  •  अन्य कम्पनीकोसमेत १८ करोडभन्दा बढी भुक्तानी बाँकी
  •  धुर्मुस भन्छन्– सबै बाँकी सरकारले भुक्तानी गर्नुपर्छ 

काठमाडौं– कलाकारितामा लोकप्रियताले शिखर चुम्दै गर्दा हास्यकलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ सामाजिक अभियानमा जोडिए । उनीहरूका लागि १२ वैशाख २०७२ मा आएको भूकम्प सामाजिक अभियान थालनीको मोड बनिदियो । त्यसबेला धुर्मुस–सुन्तली फाउण्डेसन नामक संस्था खडा गरी देश, विदेशका नेपालीसँग उनीहरूले सहयोग उठाए । सहयोग रकमले सिन्धुपाल्चोकमा गिरानचौरमा एकीकृत नमूना बस्ती, काभ्रेपलाञ्चोकको पाँचखालमा एकीकृत पहरी बस्ती र महोत्तरीमा एकीकृत नमूना मुसहर बस्ती बनाए । उनीहरूको लोकप्रियता झनै बढ्यो ।

त्यही मेसोमा फाउण्डेसनले चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने भन्यो । सहयोग करोडौं जम्मा भयो । रंगशाला निर्माण कार्य थाले । तर, बीचमै ऋण भयो भनेर उनीहरूले रंगशाला निर्माण कार्य अलपत्र छोडे । त्यसपछि भने उनीहरु आलोचनाको सिकार बन्दै आएका छन् ।यतिबेला उनीहरूविरुद्ध अदालतमा मुद्दा परेको छ । पञ्चकन्या ग्रुपअन्तर्गतको पञ्चकन्या स्टिलले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको हो । अभियोगपत्रमा रंगशाला निर्माणका लागि कम्पनीबाट पटक–पटक गरी छड लिएको तर उक्त सामग्रीको रकम भुक्तानी नगरेको उल्लेख छ । पञ्चकन्याले लेनदेन कसूरमा मुद्दा दर्ता गरेको हो । कम्पनीले भनेको छ, ‘५२ लाख दुई हजार ५५५ रुपैयाँ भुक्तानी रोकिएको छ ।’

Hardik health

फाउन्डेसनले अन्य १३६ कम्पनीलाई भुक्तान गर्नुपर्ने १८ करोड ४३ लाख रुपैयाँ पनि भुक्तानी हुन सकेको छैन । उसो त २० चैत २०७९ मा बसेको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणको स्वामित्व लिएर निर्माण अघि बढाउन भरतपुर महानगरपालिकालाई स्वीकृति दिने निर्णय गरेको थियो । त्यसबेला प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल थिए । उनले अध्यक्षता गरेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा भरतपुर महानगरले ग्लोबल टेन्डर आह्वान गर्यो ।

हिमालयन कालिञ्चोक बिबिआर जेभीले निर्माणको ठेक्का पायो । हाल निर्माण कार्य जारी छ । तर, विभिन्न कम्पनीको १८ करोडभन्दा बढी भुक्तानी भएको छैन । यस्तोमा धुर्मुस र सुन्तलीविरुद्ध लेनदेन मुद्दा दायर भएको हो ।धुर्मुसले भने रंगशाला निर्माण गर्दा भुक्तानी गर्न बाँकी सबै रकम सरकारले बेहार्नुपर्ने भन्दै आएका छन् । त्यसका लागि दिनहुँजसो उनी सिंहदरबार धाउने गरेका छन् । रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिइसकेको छ । तर, पनि रंगशाला निर्माण गर्दैगर्दा प्रयोग गरिएका सामग्रीको भुक्तानी १८ करोड रुपैयाँ बाँकी रहेको धुर्मुसले नै बताउने गरेका छन् । 

रंगशालामा लोकप्रियता खरानी
नेपालमा दैनान्दिन क्रिकेट खेल लोकप्रिय बन्दै गएको छ । अत्याधुनिक क्रिकेट रंगशाला भने छैन । यस्तोमा धुर्मुस सुन्तलीले २०७५ को सुरुतिरै चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरे । क्रिकेटप्रेमी नेपालीहरुले खुलेर सहयोग गरे । आयोजनाको अनुमानित लागत साढे तीन अर्ब रुपैयाँ थियो । सहयोग मागेरै निर्माण गर्ने भन्दै १६ माघ २०७५ सालमा उनीहरूले अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरेका थिए । राज्य संयन्त्रको लोसेपनको फाइदा उठाउँदै अघि बढेका उनीहरू अब वाहवाहीबाट तबाहीतिर लम्के । सुरुसुरुमा रंगशाला बनाउन सहयोग नआएको पनि होइन । देशविदेशमा रहेका नेपालीले छाक काटेर पैसा पठाए । प्रदेश, स्थानीय सरकार, कर्मचारीले सहयोग गरे । पैसा जुटाउन बीचबीचमा धुर्मुसले फण्डाको बाटो पनि अपनाए ।

अर्बौं पैसा उठाउने यात्रामा निस्केका उनले कहिले ठेला पसल खोले । कहिले रुँदै मिडियामा आए । कहिले मजदुरसँगै काम गरिरहेको भिडियो सार्वजनिक गरे । पैसा उठाउने अभियानहरू चलाए । सहयोग राशि उठाउने माहोल बनाउन केही युट्युबरलाई उनीहरूले जागिरै दिएजस्तो देखिएको थियो । त्यहीबीच उनले चन्दा उठाउने योजना बनाए । तर, यो उनको योजना प्रत्युत्पादक भए । किनभने उनले सरकारबाट पनि सहयोग लिनु थियो । त्यसैले उनले अर्को बाटो अपनाए कि मान्छेलाई चन्दाका लागि भावनात्मक रूपले तयार गर्ने । त्यसैले उनले विभिन्न फण्डाहरू गरे । उनलाई सहयोग नआएको पनि होइन । तर, यो परियोजना पाँच, १० वा २० करोडले पूरा हुनेखाले होइन । 

त्यसलाई तीन अर्ब रुपैयाँ चाहिन्छ, जुन चन्दा उठाएरै निर्माण गर्ने उनको योजना रह्यो । त्यही महŒवाकांक्षाले उनीहरूलाई १६ करोड ऋणको दलदलसम्म ल्याएको छ । शिलान्यास गरेको सात वर्ष हुन लाग्दासम्म रंगशालाको भौतिक प्रगति ५० प्रतिशत पनि पुगेको छैन । खर्चको पारदर्शिता नभएको गुनासो सर्वत्र छ । तर, धुर्मुसले हालसम्म रंगशाला निर्माणमा ५४ करोड खर्च भइसकेको र १६ करोड ऋण लागेको बताउने गरेका छन् । ऋणमा जिम्मेवार सरकार हुनुपर्ने धुर्मुसले भन्दै आएका छन् । तर, सरकारले भुक्तानी गर्ने सुरसार गरेको छैन । धुर्मुस र सुन्तली आलोचित भएका छन् ।
 


प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP