Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • नेपालमा पहिलो पटक क्यानियोइङ उत्सव हुँदै
क्यानोनिङः साहसिक खेलको रोमाञ्चक यात्रा नेपालमा पहिलो पटक क्यानियोइङ उत्सव हुँदै
दिपा सुनुवार
दिपा सुनुवार सोमबार, फागुन ५, २०८१

काठमाडौं – नेपालमा पहिलो पटक क्यानियोइङ उत्सव हुने भएको छ । सिन्धुपाल्चोकको गातीमा रहेकाे बोर्डरल्याण्ड इको रिर्सोटको आयोजनामा यही फागुन १६ गतेदेखि १८ गतेसम्म नेपालमा पहिलो पटक तीन दिने क्यानियोइङ उत्सव हुने भएको हो । 

यो कार्यक्रम विशेष गरी साहसिक खेलहरूमा रुचि राख्ने नेपालीहरूलाई लक्षित गरिएको छ । नेपालमा साहसिक पर्यटकहरूका लागि पर्वतारोहण, पदयात्रा, र्याफ्टिङ, प्याराग्लाइडिङ, माउन्टेन बाइकिङ तथा मह संकलनजस्ता रोमाञ्चक गतिविधिहरूको संगालेमा क्यानियोइङले पनि अपार सम्भावना बोकेको छ ।नेपालमा क्यानियोइङका लागि विभिन्न स्थानहरू प्रसिद्ध छन् । जसमध्ये काठमाडौँको सुन्दरीजल, सिन्धुपाल्चोकको पुरानो जम्बो, पोखरा र चितवनको जलबिरे प्रमुख छन् । 

canyoning-1739799623.jpg
नेपाल नदी संरक्षण (एनआरसीटी)का अध्यक्ष ,कर्णाली रिभर वाटरकिपर एवम् बोर्डरल्याण्ड इको रिर्सोटका सञ्चालक मेघ आलेले भने ,‘ नेपालमा क्यानियोइङ गर्दा पानीको बहाव, भौगोलिक स्थिति र खेलाडीहरूको सुरक्षामा विशेष ध्यान दिँदै वसन्त ऋतुमा नेपालमै पहिलो पटक व्यापक कार्यक्रमको आयोजना गरिएको हो ।’ उनले भने,‘ नेपालको नौ वटा क्यानियोइङ गर्न मिल्ने झरनाहरु यही सिन्धुपाल्चोकमा नै रहेका छ । जसमा विश्वमो हामीले यही यो फेस्टिभल गरेको हो । करिब डेढ  सयदेखि दुई सयको हाराहारीमा आन्तरिक पर्यटकहरुको सहभागीता हुने अपेक्षा लिएका छौँ ।  ’

Hardik health

कर्णाली रिभर वाटरकिपर मेघ आलेका अनुसार नेपालमा साहसिक खेलहरू दिनप्रतिदिन लोकप्रिय बन्दै गइरहेका छन् । साहसिक खेलप्रेमीहरूका लागि पर्वतारोहण, पदयात्रा, राफ्टिङ मात्र नभई क्यानियोइङ पनि आकर्षक गन्तव्य बन्दै गएको छ । यसमा आन्तरिक तथा बाह्य पर्यटकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । नेपालमा साहसिक खेलप्रति बढ्दो रुचि देखिंदै गएपछि आगामी दिनमा यस क्षेत्र अझै व्यवसायिक हुने आशा गरिएको उनको भनाइ छ ।

नेपालमा क्यानियोइङको व्यवसायिक यात्रा १९९६ मा सुरु भएको इतिहास छ । फ्रान्सबाट सुरु भएको क्यानियोइङ वाटरकिपर र बोर्डरल्याण्डका सञ्चालक मेघ आलेले अष्ट्रियामा तालिम लिएर नेपालमा भित्र्याएका हुन् । प्रारम्भमा विदेशी प्रशिक्षकहरूद्वारा सिकाइएको यो खेल अहिले नेपाली साहसिक खेलाडीहरूमाझ लोकप्रिय बन्दै गएको छ ।

canoying2-1739800578.jpg
कार्यक्रम निर्देशक मदन मगरका अनुसार, ‘राफ्टिङ गर्दा वाक्क हुनेहरूका लागि क्यानियोइङ उत्कृष्ट विकल्प हुन सक्छ । डोरीको नट र पौडीन चाहनेहरुका लागि यो खेल रोमाञ्चक मात्र नभई सुरक्षित पनि हुन्छ ।’ सुरुवातमा विदेशी पर्यटकहरूको मात्र रुचि रहेको क्यानियोइङ अहिले नेपालीहरूका लागि पनि अवसर बन्दै गएको छ । यसलाई नेपाल क्यानियोइङ एसोसिएसनले व्यवस्थित गर्दै व्यावसायिक बनाउने प्रयास गरिरहेको उनले भने । उनका अनुसार यस कार्यक्रमका लागि १०–१५ जना क्यानियोङ गाइड तथा २५ जना स्वयंसेवक खटाइनेछ ।

साहसिक पर्यटनमा विदेशीहरूको मात्र आकर्षण रहेको देखिएको छ, तर आन्तरिक पर्यटकहरू यस खेलप्रति कम आकर्षित भएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।  नेपालमा ट्रेकिङ गाइड, र्याफटिङ गाइडहरूको संख्या धेरै भए पनि ५० जना पनि क्यानियोइङ गाइड नभएको स्थितिमा यस क्षेत्रलाई प्रवद्र्धन गर्नु आवश्यक देखिएको छ ।

कार्यक्रम अन्तर्गत सहभागीहरुले भरपुर मनोरञ्जन लिने अपेक्षा गरिएको कार्यक्रम निर्देशक मगरले बताए । सहभागीहरूले बोर्डरल्याण्ड इको रिर्सोटको फेसबुक पेज(https://www.facebook.com/share/15tyW2j6MG/),इन्स्टाग्रामको पेज (https://www.instagram.com/borderlands.nepal?igsh=MTdjem41Yjlsb252eQ==) वा नयाँ बजार र ठमेलमा रहेको अफिसमार्फत  वा फोन वा अनलाइन माध्यमबाट दर्ता गर्न सक्नेछन् । 


प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १९:२१
#क्यानियोइङ #साहसिक खेल #पर्यटक
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटकको रोजाइमा कोशी टप्पु
पर्यटकको रोजाइमा कोशी टप्पु सोमबार, जेठ ११, २०८३
गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री
गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री सोमबार, जेठ ११, २०८३
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास आइतबार, जेठ १०, २०८३
चीनको ग्वाङ्झाउ नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान
चीनको ग्वाङ्झाउ नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान आइतबार, जेठ १०, २०८३
भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा
भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा शनिबार, जेठ ९, २०८३
पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’
पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’ शनिबार, जेठ ९, २०८३
निकुञ्‍ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे
निकुञ्‍ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे शुक्रबार, जेठ ८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP