Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
प्रवास
  • Home
  • प्रवास
  • मे महिनामा एकता महाधिवेशनमा भाग लिन एनआरएनएकाे  आह्वान  
मे महिनामा एकता महाधिवेशनमा भाग लिन एनआरएनएकाे  आह्वान  
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ १५, २०८१

काठमाडौं - गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकताको महाधिवेशन गराउने जिम्मेवारी पाएको डा. शेष घले नेतृत्वको उच्चस्तरीय समितिले संसारभरिका गैर आवासीय नेपालीहरूसँग सोमबार भर्चुअल संवाद गरेको छ । काठमाडौँमा आगामी २०८२ वैशाख २० देखि २२ गते सम्म (मे ३–५, २०२५)   एकताको महाधिवेशन आयोजना गर्ने  मिति तोकेर काम अघि बढाएको समितिले औपचारिकरुपमा छलफल आयोजना गरेको हो  ।

तर उक्त छलफलमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्षहरू  कुमार पन्त, भवन भट्ट लगायत भने  सहभागी भएनन्  ।भर्चुअल माध्यमबाट भएको छलफलमा संयोजक डा. शेष घलेले आफू नेतृत्वको समितिले गरेका कामबारे जानकारी गराएका थिए । उनले सर्वोच्च अदालतको आदेश अनुसार नै अघि बढेको बताउँदै एकताको महाधिवेशन सबै मिलेर सफल पार्नु पर्नेमा जोड दिए ।

सर्वोच्चको फैसलाको पूर्ण पाठ सार्वजनिक हुन समय लागेको र त्यसपछि फैसला कार्यान्वयनका लागि पत्राचार हुन ढिला भएकाले आफूहरूले पनि समयमै काम सुरु गर्न नसकेको उनले  बताए । उनले भने, ‘यस ऐतिहासिक प्रक्रियामा धेरै चुनौतीहरूको सामना गर्नु प-यो ।  उच्चस्तरीय समितिले परराष्ट्र मन्त्रालयबाट औपचारिक निर्देशन कुर्नुपरेको थियो, जुन २०२४ को अक्टोबर २३ मा प्राप्त भयो । यो निर्देशन सबै सदस्यहरूलाई पठाइएको थियो, जसले सामूहिक उत्तरदायित्वलाई सुनिश्चित ग-यो ।’

उनले पछिल्ला तीन महिना विशेष गरी चुनौतीपूर्ण रहेको बताउँदै  समितिले  आफूहरूलाई दिइएको कार्यादेशप्रति दृढ भएर काम गरिरहेको पनि जानकारी दिए ।यसैगरी, आउँदो अधिवेशनका लागि खुला सदस्यता आवेदनको प्रक्रिया सुरु गरिएको बताउँदै  करिब ४ हजार प्रतिनिधिले महाधिवेशनमा भाग लिने  आफूहरूले अपेक्षा गरेको जनाए।  उनले यसबाट नेपालमा पर्यटन प्रवर्द्धन हुनुका साथै कम्तीमा ५० करोड रुपियाँ मुलुकलाई प्राप्त हुने आशा व्यक्त गरे  ।

Hardik health

उनले एनआरएनएको वर्तमान स्थिति सबै धेरै थोरै जिम्मेवार रहेको स्वीकार गर्दै लाखौँ एनआरएनहरूको भविष्य जोडिएको संस्थालाई एक ढिक्का बनाउन सबैलाई अपिल गरे  । उनले आउँदो मे महिनामा सम्पन्न हुने महाधिवेशनमा भाग लिन सबै एनआरएनहरूलाई अपिल पनि गरे।

एनआरएनएलाई सुदृढ र प्रभावकारी बनाउन साझा प्रयासको खाँचो रहेको एनआरएनएका पूर्व अध्यक्ष देवमान हिराचनले बताए । उनले सर्वोच्च अदालतको आदेशपछि संस्था सुधारका लागि थालिएको पहलले महत्त्व राख्ने बताए। हिराचनका अनुसार, संस्था अहिलेको अवस्थामा आई पुग्नुका कारणहरूमा स्वार्थपूर्ण सोच र आपसी दोषारोपणले ठूलो भूमिका खेलेको छ । उनले भने, ‘यो संस्था हामीले नै बिगारेका हौँ। एउटाले अर्कोलाई दोष दिने प्रवृत्ति हाबी भयो । हामीले हाम्रो संस्था बनाउनु पर्ने ठाउँमा ‘मेरो’ बनाउँदा यस्तो अवस्था सिर्जना भयो । यसबाट लिनु पर्ने पाठ केही छ भने त्यो सहकार्य र पारदर्शिता हो ।’

हिराचनले एनआरएनएलाई बचाउन र सुदृढ बनाउनेतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए । ‘हाम्रो स्वार्थ केही छैन। देशका लागि केही गरौँ भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने। सङ्गठन सुधारका लागि  उच्चस्तरीय समितिले गरिरहेको  कामलाई समर्थन गर्दै हिराचनले सबैको सामूहिक प्रयास र सकारात्मक दृष्टिकोणले मात्र एनआरएनएलाई पुनः सुदृढ बनाइने विश्वास व्यक्त गरे ।

उच्चस्तरीय समितिका सदस्य  कुल आचार्यले एनआरएनएलाई एकताबद्ध बनाउन  सहयोग गर्न सबैलाई अपिल गरे । उनले केही वर्षदेखि अन्योलमा रहेको सङ्गठनलाई सर्वोच्च अदालतको आदेशले नयाँ दिशा दिएको बताए । ‘हामी हिजो पनि एकताको पक्षमा थियौँ, आज पनि छौँ र भोलि पनि रहनेछौँ। भ्रम फैलाउने काम भइरहेको छ, तर सबैले सर्वोच्च अदालतको म्यान्डेट अनुसार अगाडि बढ्नु आवश्यक छ,’ आचार्यले भने । उनले आफ्नो स्वार्थभन्दा माथि उठेर सङ्गठनको हितका लागि सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

एनआरएनए अभियन्ता  महेश श्रेष्ठले सङ्गठनभित्रको एकताको आवश्यकता र त्यसअनुसारको व्यवहारमा जोड दिए । उनले उच्च अदालतका दुई फैसलाहरू – परमादेश र उत्प्रेषणको आदेश – को अध्ययन गरी एकताको महाधिवेशन गर्न सकिने धारणा व्यक्त गरे।उनले महाधिवेशन गर्ने अधिकार उच्चस्तरीय समितिलाई मात्र रहेको भन्दै उक्त समितिद्वारा गरिने निर्णय मात्र आधिकारिक हुने बताए । उनले  सर्वोच्चको  दोस्रो फैसलाले काम रोक्न नपर्ने आदेश दिएको जनाए।   ‘हामी एउटै डुङ्गामा छौँ, जसमा प्वाल परेको छ । अहिले संस्था जोगाउनेतर्फ ध्यान दिनु जरुरी छ,’ श्रेष्ठले भने । उनले लचकता अपनाएर, इमानदारिताका साथ एकताको बाटो अवलम्बन गर्न पनि  आग्रह गरे ।

बैठकमा एनआरएनए अभियन्ता आरके शर्माले संस्थाको उद्देश्य र पछिल्लो खिचातानीका कारण ८० लाख नेपालीहरू दुखी भएको  बताए  । ‘सर्वोच्चको फैसलाले स्पष्ट मार्ग निर्देशन गरेको छ, र हामीले त्यसको पालना गर्नुपर्छ,’ उनले भने ।  नेपालका प्रधानमन्त्री समेत परमादेशबाट नियुक्त भएको कुरा अकाट्य छ ।’ उनले बद्री केसी पक्षलाई आह्वान गर्दै भने, ‘तपाईँहरूको भिन्न मत भएमा आउनुहोस् घरभित्रै बसेर  छलफल गरौँ ।’

एनआरएनएको भवनलाई सबै नेपालीहरूले गाँस कटाएर बनाएको कुरा उल्लेख गर्दै उनले भने, ‘यो भवन हाम्रो साझा सम्पत्ति हो । बद्रीजी र हेमराज जी, संस्थामा चाबी लगाउने काम नगर्नुहोस् । ‘लाखौँ श्रमिकहरूको पासपोर्ट नवीकरण नहुँदा उनीहरू समस्यामा परेका छन् । यसलाई प्रमुख मुद्दा बनाउनु पर्छ,' शर्माले भने। उनले संस्थाको एकता र हितलाई प्राथमिकता राख्दै  सहकार्य  गर्न सबैलाई अपिल गरे ।

एनआरएनए अभियन्ता  डा. केशव पौडेलले १० औँ र ११ औँ महाधिवेशन विवादका बिच सर्वोच्च अदालतको परमादेशको पालना गर्दै एकता प्रक्रियामा अघि बढ्न सबैलाई आग्रह गरे । उनले भने, ‘सर्वोच्च अदालतको दोस्रो फैसलाले परराष्ट्र मन्त्रालयको पत्र खारेज गरेको मात्रै हो।   परमादेश अनुसार शेष घलेको अध्यक्षतामा गठित समितिले गराएको चुनाव मात्र वैध हुने छ ।’ उनले थपे, ‘मैले शेष दाजुलाई आग्रह गरेको छु कि लचक भएर सम्पूर्ण अभियन्तासँग मिलेर काम गरौँ । अब छोटो समय मात्र बाँकी छ, र चुनौती धेरै छन् ।’  बाधा र अड्काउ फुकाउँदै  वास्तविक एकता प्रक्रिया पूरा गर्न पहल गर्न पनि उनले उच्चस्तरीय समितिलाई आग्रह गरे ।

एनआरएनए अभियन्ता गंगाधर गौतमले आउँदो  १८ मे भित्र अधिवेशन नगरे यो संस्था विसर्जन हुने बताए।  उनले केही  व्यक्तिले संस्था  कब्जा गरेको आरोप लगाउँदै एकता गरेर अगाडी बढ्न सबैको सहयोगको लागि आग्रह गरे । एनआरएनए अभियन्ता बुद्धि सागर सुवेदीले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्नुपर्ने र टीओआरलाई लचिलो बनाउनुपर्ने बताए। उनले भने, “एनसीसीलाई बढी महत्त्व दिनु पर्छ र छलफल जारी राख्नुपर्छ।

त्यस्तै एनआरएन  अभियन्ताहरू डीबी क्षेत्री, विनोद कुँवर, धरम केसी, सिजन दाहाल, बलहरी राई, युवराज पन्थी, सुन्दरी लामा,  कृष्ण पोख्रेल, धरम शाह, सरोज सिग्देल , नारायण आचार्य (हल्याण्ड), दुर्गा आचार्य (अस्ट्रेलिया),  नरेन्द्र भाट (कतार), विमल सुवेदी (कतार) , सूर्य लम्साल र दिलु पराजुली (अमेरिका) लगायतले   सर्वोच्च अदालतको म्यान्डेट बाहिर गएर संघको अर्को अधिवेशन हुन नसक्ने बताउँदै  बालुवाटारको सचिवालयमै गएर काम गर्न सुझाव दिए।

अन्तर क्रियामा राष्ट्रिय समन्वय परिषद्का अनिल पोखरेल, अध्यक्ष,  एनसीसी अस्ट्रेलिया; रेम खनाल (अध्यक्ष, माल्टा),  थानेश्वर कँडेल (अध्यक्ष, द नेदरल्याण्ड्स) ले आफूहरू एकताको महाधिवेशनको पक्षमा रहेको बताउँदै एक महिना भित्र सदस्यता वितरण गरी एनसीसी अधिवेशन गराउन सम्भव नहुने बताउँदै कार्य तालिकालाई लचिलो बनाउन आग्रह गरे।एनआरएनए सल्लाहकार दिल गुरुङ (जर्मनी) ले  एनआरएनएका ७५ प्रतिशत सदस्यहरू  एकताको महाधिवेशनको  पक्षमा रहेको जनाउँदै महाधिवेशनलाई सफल बनाउन सबैलाई जुट्न आह्वान गरे।

आइसिसीका पूर्व सल्लाहकार विश्व आदर्श पण्डित (युके) राजनीतिक कारणले एकतामा  खलल पुगिरहेको जनाए  उनले पूर्व अध्यक्षहरूको अनुपस्थितिका कारण एकता र निर्णय गर्न  कठिनाइ आएको बताए। त्यस्तै विजय मोक्तान (जर्मनी), मनोज गोर्खाली (युएई), विपिन गुरुङ (दक्षिण कोरिया), गिरि बुढाथोकी (क्यानडा) ले संस्थाको एकता र सहकार्यमा जोड दिनुका साथै मिलेर काम गर्न आग्रह गरे।  झन्डै ६ घण्टा चलेको अन्तरक्रिया कार्यक्रमको सञ्चालन उच्चस्तरीय समितिका सदस्यहरू जानकी गुरुङ, रबिना थापा, र कुल आचार्यले  गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
डायस्पोरा बण्ड सुरु गर्नुभन्दा पहिला वितको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल
डायस्पोरा बण्ड सुरु गर्नुभन्दा पहिला वितको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल सोमबार, वैशाख ७, २०८३
अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने
अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने आइतबार, वैशाख ६, २०८३
एनआएनए  र चाइल्ड हेल्थबीच सहकार्यकाे लागि सम्झौता
एनआएनए  र चाइल्ड हेल्थबीच सहकार्यकाे लागि सम्झौता आइतबार, चैत २९, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलसँग नवनिर्वाचित एनआरएन पदाधिकारीहरुकाे भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नवनिर्वाचित एनआरएन पदाधिकारीहरुकाे भेट सोमबार, चैत २३, २०८२
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP