Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कामदारलाई मारमा पार्ने निर्णय खारेज गर
कामदारलाई मारमा पार्ने निर्णय खारेज गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २९, २०८१

बेरोजगारीको समस्याले पिल्सिएका नेपाली युवाहरु विदेशी मुलुकमा श्रम गर्न बाध्य छन् । स्वदेशमा रोजगारी अभावमा दुःख पाएका उनीहरुले विदेश जाँदा बेहोनुपर्ने सकस भनिसाध्य छैन । पासपोर्ट बनाउने बेलादेखि नै उनीहरुको सकसपूर्ण यात्रा सुरु हुन्छ । यो कतै लुकेको नभई सबैले देख्दै÷भोग्दै आएको समस्या हो । सरकारले ‘सुरक्षित वैदेशिक रोजगार’को नारा लगाएको वर्षौं भए पनि यस क्षेत्रको असुरक्षा हट्न सकेको छैन । यसको पछाडि विभिन्न कारण छन् ।

रोजगारीका नाममा मानव तस्कर हुने गरेका घटना पनि नयाँ होइन । विभिन्न बहाना र प्रलोभनमा पारी युवाहरुसँग लाखौं असुलेर ठगी गर्ने गिरोह नै सक्रिय छ । बेलाबखत त्यस्ता कार्यमा संलग्नहरु पक्राउ परे पनि मुख्य व्यक्तिहरु शक्तिको आडमा खुलमखुला हिँडिरहेका छन् । अहिले त प्रदेशका मन्त्रीसम्म पनि मानव तस्करी प्रकरणमा जोडिएका छन् । त्यसो त संघीय सरकारका श्रममन्त्रीले आफ्नो स्वार्थअनुकूल तथा व्यवसायीको दबाब÷प्रभावमा विभिन्न निर्णय गर्दै आएका छन् । व्यवसायीको लाभका लागि गरिने त्यस्ता निर्णयहरु वैदेशिक रोजगारीमा जानेहरुलाई उल्टै मार परिरहेको छ । यसमा मन्त्री र व्यवसायीको हातेमालो हुने गरेको तथ्य लुकेको छैन । 

सरकारले मलेसिया तथा खाडी मुलुकमा जाने कामदारका लागि ‘फ्रि भिसा, फ्रि टिकट’को व्यवस्था लागू गरेको वर्षौं भइसक्यो । तर, व्यवसायीले कामदारबाट ठूलो रकम असुल्न छाडेका छैनन् । व्यवसायी स्वयंले यो कुरा खुला रुपमै स्वीकार गरिरहेका छन् । ‘फ्रि भिसा, फ्रि टिकट’ को नीतिअनुसार कामदार पठाउँदा व्यवसायीले १० हजार रुपैयाँसम्म सेवा शुल्क लिन पाउँछ । तर, व्यवहारमा लाखौं असुली भइरहेको छ । अहिले व्यवसायीहरु उक्त सेवा शुल्क बढाउन सरकारलाई दबाब दिइरहेका छन् । सरकारले आफ्नो माग सम्बोधन नगरेको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गुनासो पोख्ने काम गरिरहेको छ । सेवा शुल्क नबढाउँदा कामदार मारमा परेको उसको दाबी छ । 

Hardik health

संघको यो दाबीको खास अर्थ देखिँदैन । किनकि, व्यवसायीहरुले सेवा शुल्कमात्र लिएर कामदार पठाइरहेका छैनन् । यद्यपि, सीमित व्यवसायीले भने नियमानुसार नै कामदार पठाउने गरेको देखिन्छ । त्यसैले सेवा शुल्क बढाउने भनेको लिइरहेको बढी शुल्कलाई वैधानिक बनाउने चालबाजी मात्र हो भन्ने प्रस्ट बुझिन्छ । सरकारले आफ्नो नीति कार्यान्वयन गर्न नसक्दा व्यवसायीको मनोमानी बढेको हो ।

यहाँ सरकार र व्यवसायी दुवैका कारण वैदेशिक रोजगारीमा जाने कामदार मारमा परेका छन् । अब सरकारले व्यवसायीको स्वार्थमा होइन, कामदारको हितमा हुनेगरी निर्णय गरेर अगाडि बढ्नुपर्छ । जिटुजी सम्झौतामार्फत दक्षिण कोरिया, जापान, इजरायललगायतका देशमा कामदार पठाइरहेकामा सो कार्यको अनुमति म्यानपावर कम्पनीलाई दिने तयारी स्वार्थपूर्ण देखिन्छ । त्यसैले यो कार्य तुरुन्त रोकियोस् ।
 


प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
इपिएसपीडितको माग सम्बोधन गर
इपिएसपीडितको माग सम्बोधन गर शुक्रबार, माघ ९, २०८२
महिला उम्मेदवारीमा उपेक्षा
महिला उम्मेदवारीमा उपेक्षा बिहीबार, माघ ८, २०८२
मनोनयन दर्ताको माहोलले जगायो उत्साह
मनोनयन दर्ताको माहोलले जगायो उत्साह बुधबार, माघ ७, २०८२
मनोनयन प्रभावित नहोस्
मनोनयन प्रभावित नहोस् मंगलबार, माघ ६, २०८२
बालेन-हर्कको दोहोरो धोका
बालेन-हर्कको दोहोरो धोका सोमबार, माघ ५, २०८२
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP