Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
कृषि
  • Home
  • कृषि
  •  ‘भैँसीलाई सुत्केरी भत्ता’ ले ल्याएको खुसी
 ‘भैँसीलाई सुत्केरी भत्ता’ ले ल्याएको खुसी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २५, २०८१

काभ्रेपलाञ्चोक -   विसं २०७७ मा भैँसीको पाडी ल्याएर स्याहारेदेखि पनौती नगरपालिका–११ ख्याकूका माधव थापाको घरमा लैनो भैँसी टुटेको छैन । चार वर्षदेखि लैनो भैँसीको दूध बेचेर घर व्यवहार खर्च टार्दै आउनुभएका थापा त्यसबखत पनौती नगरले अनुदानमा दिएका पाडी ठूलो भई ब्याएपछि नगरको ठूलो सम्झिरहेको गुन लगाएको बताए  । उक्त पाडी ब्याएपछि नगरले रु पाँच हजार ‘सुत्केरी भैँसी भत्ता’ पनि दिएको थियो । 

“भैँसीबाट पहिलो बेतमा रु एक लाख ८० हजारको दूध बिक्री गरेँ । त्यसपछि पनि अनुदानमै पाडी थप्दै घरमा लैनो भैँसी टुटाएको छैन, उही हाराहारीमा आम्दानी भइरहेको छ”, थापाले भन्नुभयो । पहिलो पटक सुत्केरी भएको भैँसीलाई नगरले सुत्केरी भत्ता दियो, पाडी किन्दा लगानी गरेको रकम सुत्केरी भत्तासँगै फिर्ता भयो । नियमित बिक्री गरेको दूधबाट परिवार पनि चल्यो ।

यस्तै, सोही साल नगरबाट पाडी अनुदान पाउनुभएकी स्थानीय शोभा थापाले पनि एक वर्ष नपाल्दै पाडो लैनो भैँसी बनेपछि घर खर्च चलाउने आधार बन्दै आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिलेको भैँसीले पनि दैनिक आठ लिटर दूध दिन्छ, यसमध्ये पाँच लिटर बेच्न लैजान्छु, यसबाटै घरखर्च चलाउँदै आएको छु ।” सोही टोलको सावित्री थापाको घरमा अहिले लैनो भैँसी छ । त्यतिबेला घरमा भएको भैँसी पहिलो बेत सुत्केरी हुँदा नगरले नै रु पाँच हजार ‘सुत्केरी भत्ता’ पनि गोठमै पुगेर दिएको थियो ।

“पहिलो बेतको पाडी हुर्कियो, अहिले दोस्रो बेतमा राम्रो भएको छ, मैले बुझाएको रु सात हजारमध्ये पुनः रु पाँच हजार अनुदानमा ल्याएको पाडी सुत्केरी भत्तामा फिर्ता आयो”, थापाले भने । उनले रु दुई हजार नगरलाई दिएको ‘बोट’मा अहिले रु दुई  लाख फलेको भन्दै थापा खुसी व्यक्त गरे । उनी भन्छन्, “पहिलो बेतमा घरमा खाएर रु दुई  लाखको दूध बेचँे, दोस्रो बेतमा पनि त्यही हुन्छ होला !” एकपछि अर्काे गर्दै जन्मिएका पाडीहरुले दिएको खुसी थापा दङ्ग हुन‍्  । 

Hardik health

यस्तै, वर्षौंदेखि गाई पाल्दै आउनुभएको पनौती–३ को विमला सापकोटाले तीन वर्षअघि गोठमा एउटा भैँसी थपेकाे थिए । नगरले ल्याएको अनुदानपछि भैँसी थपेर दूध बिक्रीमार्फत घर खर्चसँगै छोराछोरीको विद्यालय खर्च धान्दै आएको बताए । “गाई र भैँसीको दूध बेचेर घर र छोराछोरीको खर्च धान्दै आएकी छु, यसका लागि नगरको अनुदान बीमा र सुत्केरी प्रोत्साहनका कारण भैँसीपालनप्रति आकर्षण बढ्यो,” सापकोटाले भने । 

पनौती नपा–१२ का यज्ञ खत्री नगरले भैँसीपालनमा ल्याएको अनुदान, बीमा र सुत्केरी प्रोत्साहनले पुनः व्यावसायिक भैँसीपालनमा लागेका छन् । उनले भने , “विभिन्न समस्या र दूधको मूल्य नपाउँदा सधैँ घाटामा भैँसी पाल्न नसकिने भएपछि चार भैँसी मासुको मूल्यमा बेचेर छोडेको थिए, अहिले पुनः भैँसी पाल्न जाँगर चलाएको छु, हाल मेरो गोठमा सात भैँसी छन् ।”

पनौती नगरको ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमबाट सहयोग मिल्नाका साथै थप आत्मबल बढेको स्थानीय बताउँछन् । “भैँसी पाल्दा धेरै लगानी गर्नुपर्ने, थोरै मुनाफा हुने, रोग लाग्ने डर हुन्थ्थो अब त्यो समस्या हटेको छ, भैँसीको बीमा पनि हुने अनुदान रकम पनि पाइने हामी किसानलाई ठूलो राहात मिलेको छ,” पनौती–१२ कै भावना थापाले भने,  “अब थप दुईवटा भैँसी थपेर पाडापाडी पनि हुर्काउँछु ।” पनौती–५ का चन्द्रप्रसाद न्यौपानेले फार्म नै स्थापना गरी १७ भैँसी पालेका छन्  । उनले भने , “नगरले भत्तासँगै भ्याक्सिन र औषधि निःशुल्क गर्दा यसप्रति आकर्षण थपिएको छ ।” 

नगर उपप्रमुख गीता बञ्जारा नगरले उपलब्ध गराएको एउटा पाडीले अहिले किसानका गोठ भरिन थालेको र किसान खुसी देखिएको सुनाए । “गरिब तथा एउटा भैँसी किन्न नसक्ने परिवारलाई उक्त कार्यक्रम निकै प्रभावकारी देखिएको छ”, उनले भने । पहिलो र दास्रो बेतका दुधालु भैँसीको अहिले रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म पर्छन् । तर दुई वर्षदेखि नगरले उक्त कार्यक्रमलाई निरन्तरता नदिएको प्रति भने स्थानीय दुःखी नै देखिन्छन् । 

करिब चार वर्ष नगरले १२ वटा वडामा नौ सय १८ पाडी वितरण गर्‍यो । यसमध्ये हालसम्म करिब सात सय ११ भैँसी ब्याइसकेको नगरको कृषि तथा पशुपक्षी शाखाले जनाएको छ । वडा नं १ र १२ लाई प्राथमिकतामा राखेर सबै वडामा वितरण गरिएका पाडीहरु धमाधम सुत्केरी भएका छन् । त्यसबाट स्थानीयवासीले निरन्तर आम्दानी लिन थालेका छन् । 

भैँसी आयात रोक्ने, स्रोत केन्द्र बनाउने र नागरवासीलाई आत्मनिर्भर बनाउँदै आर्थिक समृद्धि हासिल गर्ने नगरले त्येतिबेला एक मात्रै लक्ष्य लिएको पूर्वनगर प्रमुख भीम न्यौपानेले बताए ।  नगरले आर्थिक वर्ष २०७४/७५ बाट ‘भैँसी संरक्षण–संवद्र्धन अभियान’अन्तर्गत सुत्केरी भैँसी भत्ता कार्यक्रम सुरु गरेको थियो । जननिर्वाचित जनप्रतिनिधिले नेतृत्वमा नगरको कार्यसम्पादनको कार्यभार सम्हालेलगत्तै सुरु गरिएको सुत्केरी भैँसी भत्ता कार्यक्रम मुलुकभर चर्चाको विषयसमेत बन्न पुग्यो । 

अभियान सञ्चालनताका पनौतीमा उत्पादित दूधको परिमाणभन्दा हाल दोब्बर उत्पादन हुने गरेको नगरको तथ्यांकले देखाएको छ । त्यस आर्थिक वर्षको तथ्यांकअनुसार पनौती नगरमा चार हजार सात ४७ वटा भैँसीपालन गरिएको थियो । त्यस समयमा वार्षिक रुपमा करिब पाँच सय भैँसी खरिद भएर बाहिरी जिल्लाबाट भित्रन्थे । करिब रु छ करोड भैँसी खरिदमा बाहिर रकम बाहिर जाने गरेको थियो ।

त्यतिबेला पनौतीमा दैनिक ४० हजार लिटर दूध उत्पादन हुने गरेको थियो । उत्पादितमध्ये १५ हजार लिटर यही खपत हुने गरेको र २५ हजार काठमाडौँ उपत्यका लैजाने गरिन्थो । जनप्रतिनिधिले उक्त अभियान सुरु गरेपछि भैँसीको सङ्ख्या पनि झन्डै दोब्बरको हाराहारीमा पुगेको छ । नगरले सुरुमा दूध उत्पादन र नगरमा भैँसीको अवस्थाबारे एक अध्ययन गरी सुरु गरेको अनुसार भैँसी संरक्षणको अभियानअन्तर्गत पहिला भैँसी सुत्केरी भत्ता वितरण गरेको हो । 

पनौती नगरपालिकाले पाडी वितरणका लागि कार्यविधि तयार गरेको थियो । किसानसमेत लगानीमा उपलब्ध गराइएको पाडी बिक्रीका लागि नगरको अनुमति अनिवार्य थियो । बिरामी भएमा, थारो रहेमा वा केही त्यस्ता सर्त पालना नहुँदा पाडी सट्टापट्टा गर्ने अनुमति हुन्थ्यो । बीमा, उपचारलगायत सुविधासमेत उपलब्ध गराएर उपलब्ध गराएको पाडी पहिलोपटक सुत्केरी हुँदा रु पाँच हजार किसानले सुरुमा लगानी गरेको रकम फिर्ता लैजान्छन् । नगरपालिकाले पहिलोपटक सुत्केरी भएको भैँसीलाई पाँच हजार र दोस्रो पटक तथा थप पटकमा दुई हजार उपलब्ध गराउँदै आएको थियो ।

कार्यविधिअनुसार त्यसरी बिक्री गरिएका पाडीहरुको लागत अनुसारको २० प्रतिशत रकम नगरको राजस्व शाखामा बुझाउनुपर्छ । अनुमगन नभएको र नगरबाट समेत बेवास्ता गरिएकाले अधिकांश किसानले नगरलाई बुझाउनुपर्ने रकम बुझाएका छैनन् । विसं २०७९ अघि त्यसरी बिक्री गर्ने केही किसानले भने नगरमा नियमानुसार रकम जम्मा गरेका थिए ।

पहिलो बेतको भैँसी सुत्केरी हुँदा रु पाँच हजार र त्यसपछि दुई हजारको दरले सुत्केरी भत्ता वितरण गरिएको शाखाले जनाएको छ । उक्त कार्यक्रममा सहभागी हुन अनिवार्य बीमा गर्नुपर्ने नियम राखिएको थियो । बीमा गरेबापत लागेको प्रिमियम नगरले ५० प्रतिशत दिने व्यवस्था भयो । भैँसीलाई खोप, घाँसका बीउ निःशुल्क उपलब्ध गराइँदै आइएको जनाइएको छ । 

कार्यक्रम लागू गर्दाका बखत दुई सय १७ भैँसीलाई रु पाँचका दरले सुत्केरी भत्ता दिएको शाखाप्रमुख लीलानाथ सापकोटाले बताए । उनका अनुसार करिब एक हजार पाँच सय भैँसी–भत्ता किसानलाई वितरण गरिएको थियो । शाखाका अनुसार हाल करिब आठ हजार भैँसी पनौतीमा छन् । हाल दूधको उत्पादन दैनिक करिब ७५ हजार लिटर हाराहारीमा उत्पादन हुन्छ । यसमध्ये ५० हजार लिटर काठमाडौँ बिक्रीका लागि पठाइन्छ । 

अभियान सञ्चालन गरेपछि भैँसीको सङ्ख्या झन्डै दोब्बर तथा दूध उत्पादन दोब्बर भएको नगर उपप्रमुख बञ्जारा बताए । उनले भने, “हाम्रो अभियान प्रत्यक्ष किसानसँग जोडिएकाले उहाँहरुको आर्थिक अवस्था सुदृढ बन्दै जीवनस्तर समेत उकासिँदै गएको पाएका छौँ ।” सापकोटा पनि उक्त कार्यक्रमबाट किसान अत्यन्तै खुसी देखिएको बताए । अधिकांश किसान उक्त कार्यक्रमको निरन्तरता चाहन्छन्, तर नगरपालिकाको कार्यक्रम भैँसी सुत्केरी भत्ताबाहेक अरू नभएकाले पाडी वितरण र अनुगमन निरन्तर हुन सकेको छैन । 

वडा नं १२ का पूर्ववडाध्यक्ष ईश्वर जङ्गमले कृषकमैत्री कार्यक्रमको निरन्तरता, नियमित अनुगमन तथा कृषक लक्षित कार्यक्रम निरन्तरता दिन जनप्रतिनिधिसँग अनुरोध गरे  । उनले भने, “कमजोर आर्थिक अवस्था भएका कृषकका लागि पाडी वितरण कार्यक्रम प्रभावकारी मात्रै थिएन, उनीहरुको जीविकोपार्न लागि प्रमुख माध्यम नै बनेको थियो ।” पनौती नगरको उक्त कार्यक्रम प्रदेश र सङ्घ सरकारकै नमूना कार्यक्रमका रुपमा अथ्र्याइँदै आइएको थियो । पनौतीको कार्यक्रम प्रभावकारी पाइएपछि सङ्घ र प्रदेश सरकारले पनि यस्ता कार्यक्रमका लागि थप बजेट विनियोजन गरेको बताइन्छ । 


प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
थप कृषि
किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी
किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी बुधबार, माघ २१, २०८२
तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री
तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री बुधबार, माघ २१, २०८२
सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड
सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड मंगलबार, माघ २०, २०८२
चार करोड मूल्य बराबरको धान खरिद
चार करोड मूल्य बराबरको धान खरिद सोमबार, माघ १९, २०८२
मूल्य पाइने आशामा बोटमै जुनार
मूल्य पाइने आशामा बोटमै जुनार सोमबार, माघ १९, २०८२
माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी
माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी आइतबार, माघ १८, २०८२
यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात
यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात बिहीबार, माघ १५, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP