Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • नातावाद र कृपावादको प्रवृत्ति अन्त्य गर्न इन्स्योरेन्स कम्पनी कर्मचारी संघको माग
नातावाद र कृपावादको प्रवृत्ति अन्त्य गर्न इन्स्योरेन्स कम्पनी कर्मचारी संघको माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २५, २०८१

काठमाडौं -इन्स्योरेन्स कम्पनीले नातावाद र कृपावादको प्रवृत्ति अन्त्य गर्न  कर्मचारी संघले माग गरेकाे छ । हिमालयन लाइफ इन्स्योरेन्सका कर्मचारी संघले कम्पनीमा नातावाद र कृपावादको प्रवृत्ति अन्त्य गर्न एक ध्यानाकर्षण पत्र सार्वजनिक गरेकाे हाे । 

हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघले यस्ताे प्रवृत्ति अन्त्य नगरे कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन्।  संघका अध्यक्ष हरिबहादुर खड्काद्वारा जारी ध्यानाकर्षणपत्रमा मर्जरपश्चात पनि प्रादेशिक कार्यालयमा उपयुक्त कार्य संस्कृति स्थापित नभई नजिक र प्रिय नातावाद तथा कृपावाद अझै कायम रहिरहुनु र सम्बन्धित नेतृत्व सबै कुराको जानकारीका बाबजुत पनि मुकदर्शक भई यस्ता गतिविधि गर्नेलाई केही पनि नगरि छुट दिने कार्य भइरहेको उल्लेख छ।

‘यस्तो अवस्थामा कम्पनीमा सुशासन, अनुशासन र असल संस्कृति निमार्णका लागि यस्ता व्यक्तिविरुद्ध खडा हुने छौँ’, ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘अब उपरान्त पनि नेतृत्व तहबाट यस्ता अनुचित क्रियाकलाप बन्द नभएमा संघ व्यक्तिविशेषको नाम नै उल्लेख गरी त्यस्ता व्यक्तिहरुविरुद्ध कडा रुपमा प्रस्तुत हुने र यसबाट सिजना हुने जुनसुकै परिणामको सम्पूर्ण जिम्मेवारी प्रमुख कार्यकारीको हुने कुराको ध्यानाकर्षण गराउँदछौँ।’

कम्पनीको उच्च व्यवस्थापनबाट लिइएका कमजोर व्यावसायिक रणनीति, नीति तथा योजना, कर्मचारी तालिम तथा उत्प्रेरणासंग सम्बन्धित निर्णय, दीर्घकालीन दृष्टि, असल तथा भेदभावरहित कार्य वातावरणजस्ता कुरामा आवश्यक सुधार गर्नसमेत संघले उच्च व्यवस्थापनको ध्यानाकर्षण गराएको छ।

Hardik health

यस कम्पनीलाई नेपालको बीमा बजारमा सर्वोत्कृष्ट जीवन बीमा कम्पनीका रुपमा स्थापित गराउन कम्पनीको व्यवस्थापन, कर्मचारीलगायत सम्पूर्ण सरोकारवाला निकायको सहकार्य र भूमिका महत्वपूर्ण रहने कुरा निर्विवाद नै रहेको संघले जनाएको छ। ‘यसै क्रममा कम्पनीमा सुधार गर्नुपर्ने कार्य र भइरहेका नराम्रा गतिविधिका विषयमा यस संघले विभिन्न समयमा कम्पनीको हितको निमित्त उच्च व्यवस्थापनलाई ध्यानाकर्षणपत्रमार्फत जानकारी उपलब्ध गराउँदै आएको पनि स्मरण गराउन चाहन्छौँ’, संघले भनेको छ।

आर्थिक वर्ष २०८०।८१ मा कम्पनीले निर्दिष्ट गरेको व्यावसायिक लक्ष्य हासिल गर्न कम्पनी सफल नभएको संघले उल्लेख गरेको छ। ‘उच्च व्यवस्थापनले दीर्घकालीन सोचका साथ कुनै पनि व्यावसायिक योजनाहरु उचित समयमा जारी गर्नुपर्दछ’, ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘साथै, योजनाहरुमा अधिकतम सहभागीहरु छनौट गराउन पनि उत्प्रेरणात्मक भूमिका खेल्नुपर्ने हुन्छ। कुनै पनि बजारीकरण गर्ने कर्मचारीको व्यावसायिक उपलब्धि विश्लेषण गर्दा कम्पनीले आफ्नो वार्षिक लक्ष्यमा हासिल गरेको उपलब्धिसँग विश्लेषण गर्दा उपयुक्त हुन्छ। साथै, प्रादेशिक संरचनाअन्तर्गत रहेका नेतृत्व तहको भूमिकालाई पनि महत्वका साथ विश्लेषण गर्नुपर्दछ।’

कम्पनीको प्रगति र विकासमा कर्मचारीले संस्थागत रुपमा ट्रेड युनियका माध्यमबाट उल्लेख्य सहयोग गर्नुका साथै कर्मचारीको हकहितको संरक्षण र सम्बर्द्धन गर्ने पवित्र उद्देश्यबाट संघ स्थापना भई क्रियाशील रहेको ध्यानाकर्षणपत्रमा उल्लेख छ।

insurance-himlayan-1723181543.jpeg
 

 


प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
लुम्बिनी विकास बैंककाे  सीईओमा सुमन आचार्य नियुक्त
लुम्बिनी विकास बैंककाे सीईओमा सुमन आचार्य नियुक्त शुक्रबार, साउन १, २०८३
सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा
सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा शुक्रबार, साउन १, २०८३
कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स्बीच रणनीतिक साझेदारी
कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स्बीच रणनीतिक साझेदारी बिहीबार, असार ३२, २०८३
महालक्ष्मी  बैंकद्वारा विभिन्न संस्थागत कार्यक्रमहरु सम्पन्न
महालक्ष्मी बैंकद्वारा विभिन्न संस्थागत कार्यक्रमहरु सम्पन्न बिहीबार, असार ३२, २०८३
सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सम्पन्न 
सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सम्पन्न  बिहीबार, असार ३२, २०८३
युनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न
युनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न बुधबार, असार ३१, २०८३
मुक्तिनाथ बैंक लुम्बिनी प्रदेशलाई ३ थान जैविक सूक्ष्मदर्शी हस्तान्तरण
मुक्तिनाथ बैंक लुम्बिनी प्रदेशलाई ३ थान जैविक सूक्ष्मदर्शी हस्तान्तरण बुधबार, असार ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP