Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • गाउँको सिंहदरबारमा मौलाउँदै भ्रष्टाचार
कर्मचारी र जनप्रतिनिधि ४३६ जनाविरुद्ध मुद्दा गाउँको सिंहदरबारमा मौलाउँदै भ्रष्टाचार
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, साउन ३, २०८१
  • सार्वजनिक सम्पत्ति हिनामिना, गैरकानुनी लाभ, राजस्व चुहावट, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाने, घुस रिसवत लिनेजस्ता भ्रष्टाचारजन्य गतिविधि स्थानीय सरकारमा बढ्दो
  • स्थानीय तहमा भएका ८१ वटा भ्रष्टाचारका मुद्दा विशेष अदालतमा
  • केही स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष नै भ्रष्टाचारको आरोप लागेपछि निलम्बित हुँदा बजेट ल्याउनै समस्या


काठमाडौं– गाउँको सिंहदरबारका रुपमा लिइने स्थानीय तह भ्रष्टाचारको अखडा बनेको देखिएको छ । सार्वजनिक सम्पत्ति हिनामिना गरेर नोक्सानी गर्ने, गैरकानुनी लाभ लिएर सरकारलाई हानी पु¥याउनेजस्ता वित्तीय अपराधसँग जोडिएका गतिविधि स्थानीय सरकारमा अधिक भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । 

गत आर्थिक वर्ष २०८०/८१ मा स्थानीय तहका भ्रष्टाचारजन्य कसुर भएको भन्दै अख्तियारले ८१ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ । ती मुद्दाका प्रतिवादी ४३६ जना छन् । यसमा कर्मचारी र जनप्रतिनिधि दुवै छन् ।

Suryanath-upadhyaya-1721280459.jpg
अख्तियारले प्रदेश र संघभन्दा पनि स्थानीय सरकारमा भएका भ्रष्टाचारका बढी मुद्दालाई विशेष अदालत पुर्‍याएको देखिन्छ । यसले स्थानीय तहमा वित्तीय अनुशासनको पालना कति कमजोर ढंगले भइरहेको र कति अराजकता निम्तिएको छ भन्ने प्रस्ट हुन्छ ।
सूर्यनाथ उपाध्याय
पूर्वप्रमुख आयुक्त, अख्तियार


उनीहरूले सेवाग्राहीसँग घुस रिसवत लिएको, केहीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको, राजस्व चुहावट, प्रतिकूल बकपत्र दिएकोजस्ता कसुर गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए । उनका अनुसार भ्रष्टाचार मुद्दा दायर भएकामा नगरपालिकाका प्रमुख १६ जना, उपप्रमुख ११ जना, गाउँपालिकाका अध्यक्ष सात जना, उपाध्यक्ष आठ जना, वडाध्यक्ष ४२, कार्यपालिका सदस्य र वडा सदस्य सात/सात जना गरी कूल १०१ जना जनप्रतिनिधि छन् । बाँकी कर्मचारी हुन् । 

Hardik health

अख्तियारले जनाएअनुसार रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश र उपप्रमुख रीतादेवीविरुद्ध गैरकानुनी हानिनोक्सानीको मुद्दा परेपछि दुवै जना निलम्बनमा छन् । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा र उपप्रमुख लीलाकुमारी मोक्तान, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरी, सिरहाको नवराजपुर गाउँपालिका, सिरहाका अध्यक्ष विश्वमोहनप्रसाद र उपाध्यक्ष शोभाकुमारी यादव, ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारी, महोत्तरीको जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार र उपप्रमुख रौशन खातुन, हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईंलगायत भ्रष्टाचार मुद्दापछि हाल निलम्बनमा छन् ।

भ्रष्टाचार मुद्दा दायर भएकामा अधिकांशले सार्वजनिक पदको दुरुपयोग गरी खरिदमा अनियमितता गरेको, पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको लगायत अभियोग लगाइएको छ । खासगरी स्थानीय तहको भ्रष्टाचारमा नदीजन्य पदार्थको दोहन र कम मूल्यमा बिक्री गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेका, सडक तथा अन्य पूर्वाधार निर्माणमा अनियमितताजस्ता कसुरमा जनप्रतिनिधिहरू प्रतिवादी बनेका छन् । 


आयोगले पछिल्लोपटक गत २३ असारमा हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकाय, उपाध्यक्ष जोशी धामी र निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीसहित नै जनालाई सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको आरोपमा मुद्दा दायर ग¥यो । त्यही दिन डडेलधुराको आलिताल गाउँपालिकाका खरिदार मेखराज जोशीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । 

त्यसको दुई दिनअघि धनुषाको मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम दरश यादवसहित चार जनाविरुद्ध अख्तियारले गैरकानुनी लाभ तथा हानी पु¥याएको आरोपमा मुद्दा दायर गरेको थियो । त्यही दिन सिरहाको नवराजपुर गाउँपालिकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित ८ जना विरुद्ध अख्यितारले भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो । 

यी प्रतिनिधिमूलक घटनामात्रै हुन् । भ्रष्टाचार आरोपमा स्थानीय तहका प्रमुख र उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षविरुद्ध नै भ्रष्टाचार मुद्दा दायर भएपछि केही स्थानीय तहलाई बजेट ल्याउनै समस्या भएको छ । अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय अख्तियारले विशेष अदालतमा मुद्दा दायर जसरी गरिरहेको छ, त्यसलाई हेर्दा स्थानीय तह वित्तीय अनुशासन पालनामा अत्यन्तै अराजक देखिएको लाग्न थालेको बताउँछन् । 

‘अख्तियारले प्रदेश र संघभन्दा पनि स्थानीय सरकारमा भएका भ्रष्टाचारका बढी मुद्दालाई विशेष अदालतमा पु¥याएको देखिन्छ,’ उनले प्रभावसँग भने, ‘यसले वित्तीय अनुशासनको पालना कति कमजोर ढंगले भइरहेको र कति अराजकता निम्तिएको छ भन्ने प्रस्ट हुन्छ ।’
यसअघि आर्थिक वर्ष २०७६/७७ मा ७० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालतमा पुगेको थियो । २०७७/७८ मा २२ जना, र २०७८/७९ मा ह्वात्तै बढेर १५१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अदालतमा दायर भएका थिए । त्यसपछि २०७९/८० मा झन् बढेर २२६ जना जनप्रतिनिधि भ्रष्टाचारका अभियुक्त बनेका थिए । २०८०/८१ मा बढेर ४३६ जनाविरुद्ध मुद्दा दायर भएको हो । 

पछिल्ला वर्षहरूमा जनप्रतिनिधि र कर्मचारीहरूको भ्रष्टाचारजन्य कार्यमा संलग्नता बढ्दो क्रममा रहेको तथ्य उजागर गरेको छ । स्थानीय तहमा बजेट र विकासका गतिविधि बढेसँगै उनीहरू भ्रष्टाचारमा मुछिने क्रममा बढोत्तरी भएको छ । यस्ता गतिविधि बढ्दै गए निकट भविष्यमै धेरै जनप्रतिनिधि र कर्मचारी भ्रष्टाचारको कसुरमा जेल पुग्ने देखिन्छ । र, यदि भ्रष्टाचारको अभियोगमा मुद्दा चलेको अवस्थामा कर्मचारीदेखि जनप्रतिनिधिहरू मुद्दाको अन्तिम टुंगो नलागुञ्जेलसम्म निलम्बित हुन्छन् । 

अख्तियार प्रवक्ता घिमिरेले स्थानीय तहसँगै प्रदेश र संघ सरकारको गरी २०१ मुद्दा गत आर्थिक वर्षमा दायर भएको बताए । उक्त संख्याका मुद्दामा एक हजार ५२० जनालाई प्रतिवादी बनाइएको उनको भनाइ छ । त्यसमा सर्वाधिक ५२४ कर्मचारी, जनप्रतिनिधि १०१, मनोनीत पदाधिकारी १८१, लेखापढी व्यवसायी दुई, दुई बिचौलिया, ९१ व्यवसायी र ६१९ अन्य व्यक्ति छन् ।



 


प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट मंगलबार, भदौ २, २०८३
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ मंगलबार, भदौ २, २०८३
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह मंगलबार, भदौ २, २०८३
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
विद्युतीय चुलो प्रवर्द्धनमा जोड मंगलबार, भदौ २, २०८३
विपक्षीसँग गले सभामुख
विपक्षीसँग गले सभामुख मंगलबार, भदौ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP