Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • विज्ञापन व्यवसायलाई व्यवस्थित गर्ने सम्झौता स्वागतयोग्य
विज्ञापन व्यवसायलाई व्यवस्थित गर्ने सम्झौता स्वागतयोग्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ३२, २०८१

कोरोना महामारीपछि विश्वव्यापीरुपमा सिर्जना भएको आर्थिक मन्दीले सञ्चार क्षेत्रलाई पनि प्रभावित तुल्याएको छ । मिडियाको प्रमुख आयस्रोत विज्ञापन हो । आर्थिक मन्दीका कारण आर्थिक गतिविधि संकुचित हुँदा विज्ञापनबजार पनि संकुचनमा परेको छ । जसको प्रभाव मिडिया क्षेत्रले बेहोर्नुपरिरहेको छ । एकातर्फ विज्ञापन घट्नु र अर्कोतर्फ बढ्दो महँगीका कारण मिडियाको सञ्चालन खर्च बढ्दा सञ्चारमाध्यम टिकाउनै हम्मेहम्मे परिरहेको अवस्था छ ।

साथै, द्रुतगतिमा विकास भइरहेको प्रविधिलाई अंगीकार गर्दै प्रविधिमैत्री बन्नुपर्ने र त्यसबाट सिर्जित चुनौतीहरुको सामना गर्नुपर्ने बाध्यता सञ्चारमाध्यमलाई छ । प्रविधिमैत्री नबन्ने परम्परागत सञ्चारमाध्यमको अस्तित्व नै संकटमा परिसकेको अवस्था छ । जसकारण प्रविधिमैत्री बन्दै जान पनि थप लगानी गर्नुपरेको छ ।    

   
यी चुनौतीकाबीच नेपालको विज्ञापनबजार बिचौलियाका कारण थप समस्यामा रहेको छ । बिचौलियाको चलखेलकै कारण यस क्षेत्रमा विकृति व्याप्त रहेको छ । यसबाट सबैभन्दा बढी पीडित बनेको पनि सञ्चारक्षेत्र नै हो । विज्ञापनबापत सरकारी निकायबाट गरिने खर्चमध्ये न्यूनमात्र मिडियाले पाउने हुँदा ‘बिचौलियालाई लाभ र मिडियालाई खाली हात’ जस्तै भइरहेको छ । हरेक सञ्चारगृहलाई सञ्चालन खर्च धान्नै सकस परिरहेको छ ।

Hardik health

यही समस्यालाई मध्यनजर गर्दै मूलधारका सञ्चारगृहहरुको छाता संगठन र विज्ञापन एजेन्सीहरुको छाता संगठनहरुबीच बुधबार एक सम्झौता भएको छ । विज्ञापनसम्बन्धी कारोबार व्यवस्थापन तथा अनुगमन कार्यविधि बनाएर लागू गर्ने विषयमा नेपाल विज्ञापन संघ (आन), राष्ट्रिय विज्ञापन संघ नेपाल (नान), मिडिया सोसाइटी र मिडिया एलायन्स नेपालले सम्झौता गरेका हुन् । विज्ञापन व्यवसायमा देखिएको बेथिति रोक्न तथा आर्थिक मन्दीबाट प्रभावित सञ्चार क्षेत्रको निरन्तरताका लागि सहजीकरण गर्ने उद्देश्यले गरिएको यो सम्झौता स्वागतयोग्य छ ।

यो सम्झौता लागू भएपछि मूलधारका सञ्चारमाध्यमहरुमा विज्ञापन कारोबार गर्दा विज्ञापन कारोबार गर्नका लागि सम्बन्धन प्राप्त एजेन्सीसँग मात्र कारोबार गरिने तथा विज्ञापनको दररेटमा जथाभावी छुट नगरिने बताइएको छ । यसले विज्ञापन दररेटमा जथाभावी चलिरहेको विकृतिलाई रोक्ने र स्वस्थ प्रतिस्पर्धासहित विज्ञापन व्यवसायी तथा सञ्चारमाध्यमहरुलाई थप व्यावसायिक बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

सरकारी निकायहरुले विज्ञापनकाल लागि सरकारी ढुकुटीबाट गर्ने खर्चमध्ये अधिकांश रकम बीचमै गायव भइरहेको अवस्थालाई रोक्न यो सम्झौता महŒवपूर्ण हुने देखिन्छ । तर, यो सम्झौताको पूर्ण कार्यान्वयनमा सरोकारवाला दुवैपक्ष (विज्ञापन एजेन्सी र सञ्चारगृह) उत्तिकै जिम्मेवार बन्न जरुरी छ । दुवै पक्षले आचार संहिताको पूर्ण पालना गर्ने हो भने विज्ञापनबजारमा व्याप्त विकृति नियन्त्रणमा आउने छ । यसले सञ्चार क्षेत्रलाई टिकाउन मात्रै नभई थप व्यावसायिक बनाउन सहयोग पुग्ने निश्चित छ ।
 


प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
इपिएसपीडितको माग सम्बोधन गर
इपिएसपीडितको माग सम्बोधन गर शुक्रबार, माघ ९, २०८२
महिला उम्मेदवारीमा उपेक्षा
महिला उम्मेदवारीमा उपेक्षा बिहीबार, माघ ८, २०८२
मनोनयन दर्ताको माहोलले जगायो उत्साह
मनोनयन दर्ताको माहोलले जगायो उत्साह बुधबार, माघ ७, २०८२
मनोनयन प्रभावित नहोस्
मनोनयन प्रभावित नहोस् मंगलबार, माघ ६, २०८२
बालेन-हर्कको दोहोरो धोका
बालेन-हर्कको दोहोरो धोका सोमबार, माघ ५, २०८२
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP