Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • देश छाड्ने तयारीमा नर्सहरु
देश छाड्ने तयारीमा नर्सहरु
शुक्रबार, जेठ ११, २०८१

ठूलो खर्च गरेर नर्सिङ अध्ययन पुरा गरी नेपालमै काम गर्छु भन्नेलाई कामबाट पढाइ खर्च उठाउनै मुश्किल
नेपालमा नर्सहरु अझै बेरोजगार नै बस्नुपर्ने अवस्था रहेको नर्सिङ एशोसिएसन अफ नेपालकी अध्यक्ष मनाकुमारी राइको भनाई


काठमाडौं– केही दिन अघिमात्रै राजधानीको नाम चलेकै अस्पतालमा नर्सिङसम्बन्धी काम गर्दै आएकी काभ्रेकी निर्मला अधिकारी वैदेशिक रोजगारीको लागि कुवेत जाने तयारी गरिरहेकी छिन् । उमेरले २५ नकाटेकी उनले राजधानीकै एउटा म्यानपावरबाट प्रक्रिया अघि बढाएको बताइन् । ‘यहाँ मासिक २० हजार रुपैयाँ तलब छ, त्यहाँ (कुवेतमा) नर्सलाई १६० केडी (नेपाली रुपैयाँ ७० हजार) दिने भनेको छ, अब उतै जाने हो,’ अधिकारीले भनिन् । नेपालमै बस्ने हो भने नर्सिङ पढ्दा लागेको खर्च उठाउन पनि हम्मेहम्मे पर्ने उनको भनाई छ । 

भर्खरै नर्सिङ अध्ययन पुरा गरेर एक अस्पतालमा इन्टर्न गरिरहेकी शर्मिला मगर (नाम परिवर्तन)ले पनि नेपालमा काम सिकेर विदेशै जाने सोच बनाएको सुनाइन् । ‘विदेश जान पनि आइसीयू, इमरजेन्सी र प्रसूति वार्डहरूमा काम गरेको अनुभव नभई नहुने रहेछ,’ उनले भनिन्, ‘अब एक वर्ष जति यतै काम गर्छु अनि विदेश जाने हो ।’ नेपालमा काम गरे अनुसारको तलब, सुविधा केही नहुने सिनियर नर्सहरुले नै सुनाउने गरेको उनको भनाई छ । उनी सकभर अस्ट्रेलिया नभए बेलायत जाने सोचमा छिन् । ‘त्यहाँ नर्सको भविष्य राम्रो छ रे ! तलब पनि ५÷६ लाख हुन्छ भन्ने सुनेको छु,’ उनले सुनाइन् । 

नर्सिङ पेसामा लागेर काम अनुसारको सेवासुविधा नपाउँदा विदेशिने तयारी थालेका वा सोच बनाएका अधिकारी र मगर प्रतिनिधि पात्रमात्र हुन् । यहाँ त्यस्ता थुप्रै नर्सहरु छन् जो काम अनुसारको सेवासुविधा नभएको भन्दै विदेश पलायन हुने तयारीमा छन् । ठूलो खर्च गरेर नर्सिङ अध्ययन पुरा गरी नेपालमै काम गर्छु भन्नेलाई न्यून पारिश्रमिकले गर्दा विदेशिन बाध्य बनाएको देखिन्छ । दुःख र मिहिनेतका साथ ठूलै खर्च गरेर नर्सिङ अध्ययन पुरा गरेका र न्युन पारिश्रमिकमा काम गर्दै आएका नर्सहरु धमाधम विदेश पलायन हुन थालेका हुन् ।

Hardik health

दक्ष श्रमिकको वर्गमा पर्ने नर्सहरुलाई विदेशमा प्रशस्तै अवसर हुने भए पनि नेपालमा भने अझै बेरोजगार नै बस्नुपर्ने अवस्था रहेको नर्सिङ एशोसिएसन अफ नेपालकी अध्यक्ष मनाकुमारी राइले बताइन् । ‘नर्सहरूले आफ्नो दक्षता, क्षमता र योग्यता अनुसारको तलब र सेवासुविधा पाउन सकेका छैनन्,’ उनले भनिन्, ‘सरकारी अस्पतालमा हुनेहरुले न्यूनतम तलब र सुविधाहरू पाइरहे पनि निजी अस्पतालमा काम गर्ने नर्सहरुको अवस्था दयनीय नै छ ।’ उनका अनुसार विगतमा अस्पतालहरुले नर्सलाई स्वयंसेवकका रूपमा काममा लगाउने गर्थे । अहिले त्यो व्यवस्था हटेपनि कतिपय ठाउँमा खाजा खर्च भन्दै ८÷१० हजार दिएर काम लगाउने गरेको गुनासो सुनिएको छ । तर हामीले तलव पाएनौ वा थोरै पैसामा काम गर्नु प¥यो भन्दै निवेदन दिन भने कोही नआएको राईले बताइन् । 

त्यस्तै नर्सिङ पेशामा संलग्न नर्सहरु नेपालमा काम अनुसारको तलब र सेवा सुविधा भएन भन्दै विदेश जाने गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेल बताउँछन् । ‘यसले नेपालको दक्ष जनशक्ति विदेश पलायन हुने खतरा त छँदैंछ, अवसर र भविष्य पनि उतै देख्छन्,’ उनले भने, ‘जहाँ राम्रो आम्दानी हुन्छ, राम्रो भविष्य देख्छ मान्छे त्यतै आकर्षित हुन्छ ।’ नेपालमा महिनामा २० हजार तलब पाउन पनि गाह्रो रहेको भन्दै उनले विदेश जाने नर्सले मुलुक अनुसार मासिक एकलाखदेखि पाँच लाखसम्म कमाउने बताए । पछिल्लो समय नर्सहरुमा खर्च गरेर पढे अनुसारको आम्दानी हुनुपर्छ भन्ने मानसिकता पलाएका कारण विदेश जानेको संख्या बढीरहेको पनि भुर्तेलले बताए । उनका अनुसार नर्सहरु आफ्नो पेशामा मात्र नभई केयर गिभर÷केयर टेकरको रुपमा पनि जाने गरेका छन् । 

यसै साता न्युनतम पारिश्रमिक र सेवा सुविधसमेत नपाउँदा नर्सहरु विदेश पलायन हुने खतरा रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले यसलाई आपूmले गम्भिर ढंगले लिएको बताए थिए । गत मे १२ मा अन्तर्राष्ट्रिय नर्सिङ दिवसको सन्दर्भमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले प्राविधिक जनशक्तिले लामो समय ‘इन्टर्न’का रुपमा काम गर्नुपरेको र नर्सहरूको पारिश्रमिक अत्यन्त न्यून रहेकोबारे आफू जानकार रहेको बताएका थिए । वर्षौं काम गर्दासमेत नर्सिङ पढ्दाको खर्च उठाउन मुश्किल हुने समस्याहरू महसुस गरेको भन्दै उनले नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक सबै निजी अस्पताल, नर्सिङ होम र स्वास्थ्य केन्द्रमा लागु गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।   


प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह बुधबार, साउन २०, २०८३
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी बुधबार, साउन २०, २०८३
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP