Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #पुतली_नाच
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • देश छाड्ने तयारीमा नर्सहरु
देश छाड्ने तयारीमा नर्सहरु
शुक्रबार, जेठ ११, २०८१

ठूलो खर्च गरेर नर्सिङ अध्ययन पुरा गरी नेपालमै काम गर्छु भन्नेलाई कामबाट पढाइ खर्च उठाउनै मुश्किल
नेपालमा नर्सहरु अझै बेरोजगार नै बस्नुपर्ने अवस्था रहेको नर्सिङ एशोसिएसन अफ नेपालकी अध्यक्ष मनाकुमारी राइको भनाई


काठमाडौं– केही दिन अघिमात्रै राजधानीको नाम चलेकै अस्पतालमा नर्सिङसम्बन्धी काम गर्दै आएकी काभ्रेकी निर्मला अधिकारी वैदेशिक रोजगारीको लागि कुवेत जाने तयारी गरिरहेकी छिन् । उमेरले २५ नकाटेकी उनले राजधानीकै एउटा म्यानपावरबाट प्रक्रिया अघि बढाएको बताइन् । ‘यहाँ मासिक २० हजार रुपैयाँ तलब छ, त्यहाँ (कुवेतमा) नर्सलाई १६० केडी (नेपाली रुपैयाँ ७० हजार) दिने भनेको छ, अब उतै जाने हो,’ अधिकारीले भनिन् । नेपालमै बस्ने हो भने नर्सिङ पढ्दा लागेको खर्च उठाउन पनि हम्मेहम्मे पर्ने उनको भनाई छ । 

भर्खरै नर्सिङ अध्ययन पुरा गरेर एक अस्पतालमा इन्टर्न गरिरहेकी शर्मिला मगर (नाम परिवर्तन)ले पनि नेपालमा काम सिकेर विदेशै जाने सोच बनाएको सुनाइन् । ‘विदेश जान पनि आइसीयू, इमरजेन्सी र प्रसूति वार्डहरूमा काम गरेको अनुभव नभई नहुने रहेछ,’ उनले भनिन्, ‘अब एक वर्ष जति यतै काम गर्छु अनि विदेश जाने हो ।’ नेपालमा काम गरे अनुसारको तलब, सुविधा केही नहुने सिनियर नर्सहरुले नै सुनाउने गरेको उनको भनाई छ । उनी सकभर अस्ट्रेलिया नभए बेलायत जाने सोचमा छिन् । ‘त्यहाँ नर्सको भविष्य राम्रो छ रे ! तलब पनि ५÷६ लाख हुन्छ भन्ने सुनेको छु,’ उनले सुनाइन् । 

नर्सिङ पेसामा लागेर काम अनुसारको सेवासुविधा नपाउँदा विदेशिने तयारी थालेका वा सोच बनाएका अधिकारी र मगर प्रतिनिधि पात्रमात्र हुन् । यहाँ त्यस्ता थुप्रै नर्सहरु छन् जो काम अनुसारको सेवासुविधा नभएको भन्दै विदेश पलायन हुने तयारीमा छन् । ठूलो खर्च गरेर नर्सिङ अध्ययन पुरा गरी नेपालमै काम गर्छु भन्नेलाई न्यून पारिश्रमिकले गर्दा विदेशिन बाध्य बनाएको देखिन्छ । दुःख र मिहिनेतका साथ ठूलै खर्च गरेर नर्सिङ अध्ययन पुरा गरेका र न्युन पारिश्रमिकमा काम गर्दै आएका नर्सहरु धमाधम विदेश पलायन हुन थालेका हुन् ।

Sonam Lhosar
Hardik health

दक्ष श्रमिकको वर्गमा पर्ने नर्सहरुलाई विदेशमा प्रशस्तै अवसर हुने भए पनि नेपालमा भने अझै बेरोजगार नै बस्नुपर्ने अवस्था रहेको नर्सिङ एशोसिएसन अफ नेपालकी अध्यक्ष मनाकुमारी राइले बताइन् । ‘नर्सहरूले आफ्नो दक्षता, क्षमता र योग्यता अनुसारको तलब र सेवासुविधा पाउन सकेका छैनन्,’ उनले भनिन्, ‘सरकारी अस्पतालमा हुनेहरुले न्यूनतम तलब र सुविधाहरू पाइरहे पनि निजी अस्पतालमा काम गर्ने नर्सहरुको अवस्था दयनीय नै छ ।’ उनका अनुसार विगतमा अस्पतालहरुले नर्सलाई स्वयंसेवकका रूपमा काममा लगाउने गर्थे । अहिले त्यो व्यवस्था हटेपनि कतिपय ठाउँमा खाजा खर्च भन्दै ८÷१० हजार दिएर काम लगाउने गरेको गुनासो सुनिएको छ । तर हामीले तलव पाएनौ वा थोरै पैसामा काम गर्नु प¥यो भन्दै निवेदन दिन भने कोही नआएको राईले बताइन् । 

त्यस्तै नर्सिङ पेशामा संलग्न नर्सहरु नेपालमा काम अनुसारको तलब र सेवा सुविधा भएन भन्दै विदेश जाने गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेल बताउँछन् । ‘यसले नेपालको दक्ष जनशक्ति विदेश पलायन हुने खतरा त छँदैंछ, अवसर र भविष्य पनि उतै देख्छन्,’ उनले भने, ‘जहाँ राम्रो आम्दानी हुन्छ, राम्रो भविष्य देख्छ मान्छे त्यतै आकर्षित हुन्छ ।’ नेपालमा महिनामा २० हजार तलब पाउन पनि गाह्रो रहेको भन्दै उनले विदेश जाने नर्सले मुलुक अनुसार मासिक एकलाखदेखि पाँच लाखसम्म कमाउने बताए । पछिल्लो समय नर्सहरुमा खर्च गरेर पढे अनुसारको आम्दानी हुनुपर्छ भन्ने मानसिकता पलाएका कारण विदेश जानेको संख्या बढीरहेको पनि भुर्तेलले बताए । उनका अनुसार नर्सहरु आफ्नो पेशामा मात्र नभई केयर गिभर÷केयर टेकरको रुपमा पनि जाने गरेका छन् । 

यसै साता न्युनतम पारिश्रमिक र सेवा सुविधसमेत नपाउँदा नर्सहरु विदेश पलायन हुने खतरा रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले यसलाई आपूmले गम्भिर ढंगले लिएको बताए थिए । गत मे १२ मा अन्तर्राष्ट्रिय नर्सिङ दिवसको सन्दर्भमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले प्राविधिक जनशक्तिले लामो समय ‘इन्टर्न’का रुपमा काम गर्नुपरेको र नर्सहरूको पारिश्रमिक अत्यन्त न्यून रहेकोबारे आफू जानकार रहेको बताएका थिए । वर्षौं काम गर्दासमेत नर्सिङ पढ्दाको खर्च उठाउन मुश्किल हुने समस्याहरू महसुस गरेको भन्दै उनले नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक सबै निजी अस्पताल, नर्सिङ होम र स्वास्थ्य केन्द्रमा लागु गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।   


प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी आइतबार, माघ ४, २०८२
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला शुक्रबार, पुस २५, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP