Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • घरिघरि नेतामाथि आक्रमण
घरिघरि नेतामाथि आक्रमण
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, भदौ २१, २०८०

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार धारिलो हतियार प्रहार भएपछि सार्वजनिकस्थलमा नेताहरूको सुरक्षाबारे फेरि प्रश्न उठेको छ । यसअघि पनि सार्वजनिकस्थलमा नेताहरूमाथि आक्रमणका घटना थुप्रै भएका थिए । आक्रमणकारीले धारिलो हतियार नै चाहिँ प्रहार गरेका थिएनन् । जुत्ता र कुर्सी प्रहार गरेका थिए । केही नेतालाई थप्पड हानेका थिए ।

बुधबार भने कांग्रेस सहमहामन्त्री यादवको टाउकोमा धारिलो हतियार प्रहार भयो । घाइते उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतका अनुसार घाइते यादवको अवस्था खतरामुक्त छ । 
‘उहाँ (महेन्द्र यादव)लाई ज्यान मार्ने मनसायबाट धारिलो हतियार प्रहार भएको देखिएको छ । घटनालगत्तै आक्रमणकारीलाई नियन्त्रणमा लिएका छौं,’ प्रवक्ता कडायतले प्रभावसँग भने, ‘अहिले घाइतेको अवस्था सामान्य छ ।’

कार्यक्रम सकेर बाहिर निस्किँदै थियौं । एक जना आएर महेन्द्रजीलाई खुकुरीले हाने । म अलिक पछि थिएँ । दुईचोटी खुकुरीले हाने ।
डा. धवलशमशेर राणा
महामन्त्री, राप्रपा


यादवमाथि भएको सांघातिक आक्रमण गरेको आरोपमा श्यामबाबु सापकोटा पक्राउ परेका छन् । उनी राजावादी अभियन्ता भनेर चिनिन्छन् । रिपोटर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सहमहामन्त्री यादवको भाषण पनि सुनेका थिए । कार्यक्रम सकिएर बाहिरिँदै गर्दा नुवाकोटको विदुर–८ घर भएका सापकोटाले यादवलाई आक्रमण गरेको प्रत्यक्षदर्शीसमेत रहेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले बताए ।

Hardik health

‘सरकारको काम, सुन तस्करी, चिनियाँ राजदूतले बोलेको विषयदेखि समसामयिक विषयमा अन्तरक्रिया थियो एक बजे,’ राणाले भने, ‘कार्यक्रम सकेर बाहिर निस्किँदै थियौं । एक जना आएर महेन्द्रजीलाई खुकुरीले हाने । म अलिक पछि थिएँ । दुईचोटी खुकुरीले हाने ।’

यादवमाथि भएको आक्रमणको कारण भने खुल्न बाँकी छ । यसबारे काठमाडौं प्रहरी परिसर टेकुले अनुसन्धान गरिरहेको छ प्रवक्ता कडायतले बताए । यादवझैं सार्वजनिकस्थलमै आक्रमणमा पर्नेमा पर्छन्–प्रधानमन्त्री पुष्पकमल दाहाल पनि । उनीमाथि १८ फागुन २०७६ मा राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा जुत्ता प्रहार भएको थियो । उनलाई जुत्ता प्रहार गर्ने जुम्लाका तत्कालीन नेकपा समर्थित रतन तिरुवा थिए । त्यसबेला उनले देश बर्बादीमा लगेको भन्दै दाहालमाथि आक्रोशस्वरुप जुत्ता प्रहार गरेको बताएका थिए ।

दाहालमाथि त्यसअघि पनि आक्रमणको प्रयास भएको थियो । १ चैत २०७२ मा संविधानसभा सदस्यको हैसियतमा तत्कालीन जिल्ला विकास समिति सिरहाको २३औं जिल्ला परिषद् उद्घाटन गर्ने क्रममा कार्यक्रमस्थलमै कुर्सी प्रहारको प्रयास भएको थियो । ठूलो संख्यामा रहेका सुरक्षाकर्मीहरूले घेरा हालेर दाहाललाई त्यसबेला जोगाएका थिए । उनी त्यसबेला सिरहा–५ का सभासद थिए ।

उहाँ (महेन्द्र यादव)लाई ज्यान मार्ने मनसायबाट धारिलो हतियार प्रहार भएको देखिएको छ । घटनालगत्तै आक्रमणकारीलाई नियन्त्रणमा लिएका छौं । अहिले घाइतेको अवस्था सामान्य छ ।
कुबेर कडायत
केन्द्रीय प्रहरी प्रवक्ता, नेपाल प्रहरी


गत १८ जेठमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालमाथि अनामनगरमा आक्रमणको प्रयास भएको थियो । उनलाई आक्रमणबाट जोगाउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । त्यसबेला एक जना युवकले मञ्च कब्जा गरेर पूर्वराजा ज्ञानेन्द्रको पक्षमा नारावाजी गरेका थिए । 

खनाललाई एमाले अध्यक्ष रहेकै बेला ६ माघ २०६७ मा सुनसरीको भरौल–१ का देवीप्रसाद रेग्मीले सार्वजनिकस्थलमै गालामा चड्कन हानेका थिए । आमालाई ठूला नेतालाई चड्कन हान्ने मन भएको भन्दा आमाले नपत्याएपछि त्यसको छ महिनामै खनाललाई चड्कन हानेको उनले पत्रकारहरूसँग बताएका थिए ।

सार्वजनिकस्थलमा आक्रमणमा पर्ने नेतामध्येमै पर्छन्, हाल राप्रपाका प्रमुख सचेतक रहेका ज्ञानेन्द्र शाही । उनलाई ७ वैशाख २०७९ मा गृहजिल्ला जुम्लामा आयोजित एक कार्यक्रममा दर्शकदीर्घाबाट मोबाइल प्रहार भएको थियो । त्यसअघि २८ जेठ २०७८ को राति सुर्खेतको करेखोलामा कुटपिट नै भएको थियो । 

नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वसन्तकुमार लामा नेताहरूमाथि आक्रमण हुनुको अनेक कारण हुने बताउँछन् । कसैले व्यवस्था मन नपराएको र व्यवस्थाविरुद्धको आक्रोश स्वरुप नेताहरूमाथि आक्रमण गर्ने गरेको उनको ठम्याइ छ । कसैले भने भ्रष्टाचार नियन्त्रण नहुनु, देशमा बेरोजगार समस्या बढ्दै जानु, महँगीले जनताको ढाड सेकिनुदेखि अव्यवस्थाजन्य गतिविधि सहन नसकेर आक्रमण गर्ने लामाले बताए । 

‘आक्रमण त्यसै हुने होइन । आक्रमणको पछि केही न केही असन्तुष्टि हुन्छ,’ उनी भन्छन्, ‘अहिले त देशमा भ्रष्टाचार व्याप्त छ । तस्करी, ठगी, महंगीजस्ता समस्या छन् । कसैलाई अहिलेको व्यवस्था ठीक लागेको छैन । यसप्रतिको कुण्ठा नेताहरूमाथि कहिलेकाहीँ पोखिन्छ ।’

देशमा राजनीतिक व्यवस्था अदलबदल पटक–पटक भयो । तर, देशको समृद्धि र विकासजस्ता जनचाहना सम्बोधन हुन सकेको छैन । जसकारण नेताहरूप्रति जनता आक्रोशित रहेको मत राजनीतिक विश्लेषकहरूको छ । 

आक्रमणकारीलाई के होला ? 
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियार प्रहार गरेको आरोपमा पक्राउ परेका श्यामबाबु सापकोटाविरुद्ध काठमाडौं प्रहरीले कर्तव्य ज्यान उद्योगमा अनुसन्धान थालेको छ । धारिलो हतियार प्रहार गरेको घटनामा कर्तव्य ज्यान उद्योग आकर्षित हुने काठमाडौं प्रहरी प्रमुख भूपेन्द्र खत्रीले बताएका छन् । 

यादवको दल नेपाली कांग्रेसले आक्रमणकारी सापकोटालाई घटनाको निन्दा र भत्र्सना गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘...सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।’
विज्ञप्तिमा घटनामा संलग्नलाई कारबाहीकोसमेत माग गरिएको छ । कांग्रेसको दुईवटा भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले नेता यादवमाथिको आक्रमणमा संलग्नलाई कानुनी कारबाहीको माग गरेका छन् । दुवै संगठनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनमा समेत मागेका छन् । घाइते यादवको स्वास्थ्य स्थितिबारे जानकारी लिन सभापति शेरबहादुर देउवा बुधबार दिउँसै ट्रमा सेन्टर गएका थिए । घटनाप्रति उनले दुःख व्यक्त गरेका छन् । 
 


प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP