Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
अर्थ समाचार
  • Home
  • अर्थ समाचार
  • बैंकको ब्याजदर घटाउने विषयमा बैंकर्स संघसँग अर्थमन्त्रीको छलफल
बैंकको ब्याजदर घटाउने विषयमा बैंकर्स संघसँग अर्थमन्त्रीको छलफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २९, २०८०

काठमाडौं - अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल बैंकर्स संघसँग बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई लयमा ल्याउने विषयमा छलफल गरेका छन्  । आइतबार मन्त्रालयमा बैंकर्स संघका पदाधिकारीसहित वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग बैंकको ब्याजदर कम गर्ने विषयमा छलफल गरेका हुन् ।

मन्त्री महतले बैंकका सिइओहरुसँग अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले पुर्‍याउनुपर्ने योदानको विषयमा जानकारी गराएका छन् । छलफलपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रका समस्या समाधान गरी अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको मनोबल माथि कसरी उठाउन सकिन्छ भन्ने विषयमा कुराकानी भएको बताए । उनले पछिल्लो समय बैंकको ब्याजदर कम हुँदै गएपनि अझै कम कसरी गर्न सकिन्छ भन्ने विषयमा अर्थमन्त्री महतले चासो राखेका थिए ।

उनले पछिल्लो समय अर्थतन्त्रका केही सूचकहरुमा सुधार हुँदै गएको र बैंकहरुमा तरलता पनि केही सहज हुँदा समेत निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र चलायमान कसरी बनाउने विषयमा छलफल केन्द्रित भएको बताए । उनले अर्थतन्त्रलाई बैंकिङ क्षेत्रले कसरी सकारात्मक बाटोमा लैजाने भुमिका खेल्नुपर्ने देखिएको भन्दै सबैलाई सकारात्मक सन्देश दिन आवश्यक रहेको बताए । उनले पछिल्लो समय बैंकको ब्याजदर आफै पनि बिस्तारै घट्दै गइरहेको बताए । उनले  केही सयम अघि कर्जाको रेटहरु १३ प्रतिशत भन्दा माथि भए पनि अहिले १२.३ प्रतिशतमा आएको बताए । 

उनले भने,‘ पछिल्लो समय अर्थतन्त्रका केही सूचकहरुमा सुधार हुँदै गएको छ । विशेष गरी वित्तीय क्षेत्रमा । बैंकहरुमा तरलता पनि केही सहज हुन खोजेको छ । तर पनि निजी क्षेत्रको मनोबल बनाउन र अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा बैंकिङ क्षेत्रमा कस्ता समस्या छन् । के गर्दा अर्थतन्त्रलाई चलामान र निजी क्षेत्रको मनोवल माथि उठाउन सकिन्छ भन्ने विषयमा कुराकानी भयो ।

Hardik health

अर्थतन्त्रलाई बैंकिङ क्षेत्रले कसरी सकारात्मक बाटोमा लान सकिन्छ भन्ने विषयमा बैंकका कार्यकारी प्रमुखहरुसँग छलफल गर्नुभयो । विशेषगरी बाहिर सकारात्मक सन्देश दिन आवश्यक छ । सकारात्मक सन्देश कसरी दिने भन्ने कुरामा पनि छलफल भयो । पछिल्लो समय बैंकको ब्याजदर आफै पनि बिस्तारै घट्दै गइरहेको अवस्था हो । केही सयम अघि पिकमा पुगेको ब्याजदर र कर्जाको रेटहरु १३ प्रतिशत भन्दा माथि भएको अवस्थामा अहिले आएर १२.३ प्रतिशतमा पुगेको अवस्था छ । त्यसको निरन्तरता कसरी दिने भन्नेकुरा छ ।

बैंकको ब्याजदर निरन्तर घट्ने क्रम जारी छ । बैंकको वेस रेट ११ प्रतिशत पुगेको अहिले १०.०३ मा छ । त्यो कुरा पनि मन्त्रीज्युलाई जानकारी गरौं । पछिल्लो समय स्पेडदर ०.५ मात्रै घट्दा बैंकिङ क्षेत्रले २५ अर्ब रुपैयाँ बाहिर जाने अवस्था छ । बैंकको ब्याजदरलाई एक लेभलमा कसरी घट्नसक्छ भन्ने विषयमा छलफल भयो ।’

अध्यक्ष केसीले बैंकको ब्याजदर कम गर्ने कुरालाई निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको बताए । उनले बैंकको वेस रेट ११ प्रतिशतबाट घटेर १०.०३ मा झरेको बताए । 

 

 


प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १३:२८
#डा.प्रकाशशरण_महत #अर्थमन्त्री
प्रतिक्रिया दिनुहोस्
थप अर्थ समाचार
‘एभरेष्ट समिटर्स समिट–२०२६’मा  १७६ सगरमाथा आरोहीलाई सम्मान
‘एभरेष्ट समिटर्स समिट–२०२६’मा १७६ सगरमाथा आरोहीलाई सम्मान बुधबार, जेठ १३, २०८३
बेमौसमी वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध
बेमौसमी वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध आइतबार, वैशाख ६, २०८३
आजदेखि देशभर आर्थिक गणना हुँदै
आजदेखि देशभर आर्थिक गणना हुँदै बुधबार, वैशाख २, २०८३
बैंक वित्तीय संस्थाले पनि शनिबार र आइतबार बिदा सुरु गर्दै
बैंक वित्तीय संस्थाले पनि शनिबार र आइतबार बिदा सुरु गर्दै सोमबार, चैत २३, २०८२
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाणपत्र
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाणपत्र बुधबार, चैत १८, २०८२
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाई
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाई शुक्रबार, चैत १३, २०८२
ट्रक यातायात व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सिप्रदीको सम्मान, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
ट्रक यातायात व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सिप्रदीको सम्मान, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता मंगलबार, चैत १०, २०८२
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP