Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • दक्ष जनशक्ति उत्पादनका लागि सीपमूलक कार्यक्रम सञ्चालन गर्दै एनआरएनए
दक्ष जनशक्ति उत्पादनका लागि सीपमूलक कार्यक्रम सञ्चालन गर्दै एनआरएनए
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २४, २०८०

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको व्यवसायिक शिक्षा कमिटीले नेपालमा दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

बालुवाटारस्थित सचिवालयमा आइतबार (९ जुलाई २०२३) आयोजित पत्रकार सम्मेलनमा कमिटीका संयोजक एवं अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव गणेश केसीले हाल विश्वभरि बढ्दो दक्ष जनशक्तिको माग पूरा गर्न सीपमूलक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको जानकारी दिए ।

दक्ष र सीपयुक्त जनशक्ति उत्पादनका लागि कमिटीले तीनै तहका सरकार केन्द्र, प्रदेश सरकार र स्थानीय निकायहरुसँग समेत समन्वय गरी आवश्यक कार्यहरु अघि बढाउने केसीले बताए । 

Hardik health

कार्यक्रममा सहभागी संघका अध्यक्ष कुल आचार्यले अन्तर्राष्ट्रिय श्रम बजारमा बढ्दो दक्ष जनशक्तिको माग सम्बोधन गर्न र नेपालबाट जाने कामका लागि विभिन्न देशमा जाने नेपालीले सीपको अभावमै दुख पाउनुपर्ने अवस्था अन्त्यका लागि पनि कमिटीले सुरु गर्न लागेको कार्यक्रम उपयोगी र महत्वपूर्ण हुने उल्लेख गरे । उनले भने, ‘श्रम तथा अध्ययनका निम्ति एवं विभिन्न पेशाका लागि भारत, मध्यपूर्व र मलेसिया, अष्टे«लिया, युरोप, क्यानाडा तथा अमेरिका लगायतका देशलाई थुप्रै नेपालीहरुले आफनो गन्तव्य बनाएका छन्, त्यहाँ अदक्ष,र सीप बिनै जाँदा धेरै समस्या भोग्नुपर्छ, यसर्थ पनि सीपमुलुक र दक्षता अभिवृद्धिका लागि सुरु गर्न लागिएको यो कार्यक्रम निकै महत्वपूर्ण छ ।’

कमिटीले श्रम, अध्ययन, पेशा वा वृत्ति–विकास जुनसुकै उद्देश्यले विदेश जान लागेका नेपाली युवायुवतीहरुलाई उनीहरुको गन्तव्य देशको सामान्य भूगोल, हावापानी, रहनसहन, जीवनयापनको तौर तरिका सामान्य नियम कानून, आप्रवासीको अवस्था, नरम सीप (Soft skill) आदिबारे अभिमुखिकरण गराउने जनाएको छ । 

यस्तै,  कुकरी बेकरी, बारिस्टा, फ्रन्ट अफिस, बार टेण्डिङ्ग, हाउस किपिङ, एज केयरिङ्ग, बुचरी, मोटर मेकानिक्स, स्पा, हेयर डेसिङ, ब्युटिसियन, इलेक्ट्रोनिक्स गुङस रिपेरिङ, इलेक्ट्रोसियन जस्ता सीपमूलक एवं प्राविधिक तालिम दिने व्यवस्था गर्ने र दक्ष जनशक्ति उत्पादनमा जोड दिने, उच्च दक्ष जनशक्ति उत्पादन गरी रोजगारीको अवसरलाई बढावा दिने लगायतका योजना कमिटीले अघि सारेको छ । नेपालको नियम कानून अनुसार सम्बन्धित निकायहरुबाट स्वीकृति र कलेज तथा विश्व विद्यालयको सम्बन्धन समेत लिएर कार्यक्रम छिट्टै सुरु गर्ने संयोजक केसीले बताए ।


प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १८:१९
#एनआरएनए
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल
अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता  
एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता   मंगलबार, माघ ६, २०८२
फेब्रअरीमा हुने एनआरएनए निर्वाचन नसर्ने : उपाध्यक्ष डा. शर्मा
फेब्रअरीमा हुने एनआरएनए निर्वाचन नसर्ने : उपाध्यक्ष डा. शर्मा मंगलबार, पुस २९, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी आइतबार, पुस २०, २०८२
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत बुधबार, पुस १६, २०८२
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण शुक्रबार, पुस ४, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP