Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • रंगशालालाई बजेट अभाव हुन दिन्‍नँ : आर्थिक मामिलामन्त्री सिंह
रंगशालालाई बजेट अभाव हुन दिन्‍नँ : आर्थिक मामिलामन्त्री सिंह
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार ७, २०८०
354460155_653218920157029_586508093521175522_n
Hardik health
सुर्खेत -   कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रदेश गौरवको आयोजनाको रूपमा रहेको प्रदेश रंगशालाको निर्माणमा बजेट अभाव हुन नदिने बताएका छन् ।बिहीबार बिहान वीरेन्द्रनगरस्थित निर्माणाधीन प्रदेश रंगशालाको निरीक्षण गर्दै मन्त्री सिंहले बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाएका हुन् ।
[caption id="attachment_69564" align="alignnone" width="800"] कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह निर्माणाधीन प्रदेश रंगशालाको निरीक्षण गर्दै[/caption]
उनले रंगशाला निर्माणको काम सन्तोषजनक रहेको भन्दै निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।  मन्त्री सिंहले आर्थिक २०८०/८१ को बजेटमा प्रदेश रंगशालाका लागि रू. ८५ करोड बजेट विनियोजन गरेको जानकारी गराउँदै त्यो रकम अपुग भएमा स्रोत सुनिश्चित गराउने समेत प्रतिबद्धता जनाए ।
[caption id="attachment_69563" align="alignnone" width="800"] कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह निर्माणाधीन प्रदेश रंगशालाको निरीक्षण गर्दै[/caption]
उनले प्रदेश रंगशाला कर्णाली प्रदेश सरकारको प्रतिष्ठासँग पनि जोडिएकाले सरकारको तर्फबाट कुनै कमी हुन नदिने बताएका  छन् ।`म अर्थमन्त्रीका रूपमा रहुन्जेल बजेटको कुनै चिन्ता नमान्नुहोस्। प्रदेश गौरवको आयोजनाका रूपमा रहेको यो रंगशालाका लागि बजेटको अभाव हुन दिन्नँ। पर्याप्त बजेटको व्यवस्था गर्छु´, मन्त्री सिंहले भने ।
खेलकुद मानिसको स्वास्थ्य र अनुशासनसँग जोडिएको विषय रहेको उल्लेख गर्दै मन्त्री सिंहले यस क्षेत्रको पूर्वाधार निर्माणमा प्रदेश सरकार गम्भीर रहेको बताए ।   आउँदो वर्ष मंसिरमा कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै रंगशाला निर्माणको काम धमाधम भइरहेको छ।
[caption id="attachment_69562" align="alignnone" width="800"] कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह निर्माणाधीन प्रदेश रंगशालाको निरीक्षणका क्रममा[/caption]
कर्णालीमा २०८१ को मंसिर २ देखि ९ गतेसम्म १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिने तय भइसकेको छ। मन्त्रीले सिंहले कर्णाली प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने असवर पाएकाले त्यसलाई भरपूर सदुपयोग गर्नुपर्ने बताए ।  आउँदो जेठमा रंगशालाको निर्माण कार्य सक्ने लक्ष्यका साथ काम भइरहेको र हाल ४० प्रतिशत काम सम्पन्न भएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले जानकारी दिए ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संन्ज्यालले रंगशालाका संरचना भूकम्प प्रतिरोधक बनिरहेका बताउनुभयो। १० हजार दर्शक क्षमता भएको रंगशालाको प्यारापिटमा ग्याल्वनाइज फलामका राखिने उनले जानकारी दिए । खेल सञ्चालन गर्दा आवश्यक पर्ने सबै खालका संरचनासहितको सुविधासम्पन्न रंगशाला बन्ने सदस्य सचिव संन्ज्यालले बताए ।
[caption id="attachment_69565" align="alignnone" width="800"] कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह निर्माणाधीन प्रदेश रंगशालाको निरीक्षणमा टाेलीका साथ[/caption]
रंगशालाभित्र फिफाको मापदण्डअनुसार फुटबल मैदान र स्वीमिङ पुल निर्माणको काम भइरहेको उनकाे  भनाइ छ। यस्तै, आठ लेनको सेन्थेटिक एथ्लेटिक्स ट्रयाक, भीआईपी प्यारापिट तथा वेटिङ रुम, रेफ्री, चेन्जिङ, रिफ्रेस रूम, मेडिकल रुम, फिजियोथेरापी र मिडिया रूम निर्माण गरिने उपाध्यक्ष हमालले जानकारी दिए ।
हमालका अनुसार अपांगतामैत्री संरचना, हरियाली ल्यान्डस्केप र अन्डरग्राउन्ड पार्किङ निर्माण गरिनेछ। टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म र रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्यान्ड पनि निर्माण हुने उपाध्यक्ष हमालले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०९:४१
#कर्णाली_प्रदेश
प्रतिक्रिया दिनुहोस्
थप समाचार
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा शुक्रबार, पुस ४, २०८२
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता शुक्रबार, पुस ४, २०८२
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग बुधबार, पुस २, २०८२
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने बिहीबार, मंसिर २५, २०८२
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला मंगलबार, मंसिर १६, २०८२
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता सोमबार, मंसिर १५, २०८२
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP