Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #उत्तराखण्ड बाढी
  • #कैलाश गुरुङ
Search Here
समाचार
  • Home
  • समाचार
  • पशुमा लम्पी स्कीनको सङ्क्रमण
पशुमा लम्पी स्कीनको सङ्क्रमण
सम्झना राई
सम्झना राई बिहीबार, वैशाख २१, २०८०
buffalo
काठमाडौं– गुल्मीका पशुमा लम्पी स्कीन रोगको सङ्क्रमण देखिएको छ । करिब एक महिना अगाडिदेखि देखा परेको उक्त रोग अहिले जिल्लाभरी नै फैलिएको छ । त्यसले गर्दा किसान त्रसित भएका छन् । रुरुक्षेत्र गाउँपालिका–५ टाहाटिमका तुला गिरीको होलस्टाइन जातको लैनो गाईको एक महिना अगाडि खुट्टा सुन्निने र फोका उठ्ने भयो । त्यसको केही समयपछि घाँटी र शरीरका अन्य भागमासमेत खटिरा तथा फोका उठ्न थाले । त्यसको पनि केही दिनपछि गाई म¥यो । पोखरामा गाईको रगत परीक्षण गराउँदा लम्पी रोग भएको पुष्टि भयो । “बिहान र बेलुका आठ÷आठ गरी दैनिक १६ लिटर दूध दिने गाई म¥यो”, उनले भने। अहिले उक्त गाउँका मात्रै ३२ गोठमा रहेका ४५ गाईमा लम्पी रोगको सङ्क्रमण देखिएको स्थानीय मेघराज गिरीले जानकारी दिए । उनले आफ्नो गोठमा रहेका बाच्छी र गाईमा नै सङ्क्रमण देखिएको तथा उपचारपछि माउ सामान्य अवस्थामा रहे पनि बाच्छी भने गम्भीर अवस्थामा नै रहेको बताए । लम्पीको सङ्क्रमण हुँदा गाईले घाँस, पानी नखाने, दूध घटाउने, शरीरमा खटिरा उठ्ने लगायतका लक्षण देखा पर्ने गिरीको भनाइ छ । रोग नियन्त्रणका लागि भेटेरेनरी तथा पशु सेवा विज्ञ केन्द्र, रुरुक्षेत्र गाउँपालिका र हेफरले पहलकदमी लिए पनि रोग पूर्णरुपमा नियन्त्रणमा आउन नसक्दा आफूहरु त्रसित भएको उनले भने। अहिले जिल्लाभर पशुमा यो रोग बढी मात्रामा देखिएको छ । भेटेरेनरी तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा भरत काफ्लेका अनुसार अहिले जिल्लाको मदाने, गुल्मीदरबार, रुरुक्षेत्र लगायतका ठाउँका पशुमा लम्पी रोग देखा परेको छ । यो रोग नयाँ भएकाले सुरुमा पहिचान गर्न र पछि उपचार गर्न गाह«्रो भएको काफ्लेले बताए । रोगको निदानका लागि कार्यालयसँग पर्याप्त खोप नभएको उनले बताए। लम्पी रोग लाग्नै नदिनका लागि पशुको सरसफाइमा ध्यान दिने, झिँगा तथा अन्य जनावरको आक्रमणबाट पशुलाई जोगाउन, पशुलाई चराउन लैजादा विशेष ध्यान दिने लगायतका सुरक्षाका उपाय अपनाउन काफ्लेले आग्रह गरे ।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भूमि सम्बन्धी विधेयकको छलफल हुँदै
भूमि सम्बन्धी विधेयकको छलफल हुँदै आइतबार, साउन २५, २०८२
बङ्गलादेशले चुनावका लागि ४० हजार बडी क्याम किन्ने
बङ्गलादेशले चुनावका लागि ४० हजार बडी क्याम किन्ने आइतबार, साउन २५, २०८२
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन आइतबार, साउन २५, २०८२
पर्साको ठोरीमा पाटे बाघ मृत 
पर्साको ठोरीमा पाटे बाघ मृत  आइतबार, साउन २५, २०८२
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै आइतबार, साउन २५, २०८२
असारे विकासको कुरुप ‘शंखमूल सडक’
असारे विकासको कुरुप ‘शंखमूल सडक’ आइतबार, साउन २५, २०८२
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप आइतबार, साउन २५, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’सम्पन्न
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’सम्पन्न
उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री
उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP