Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
समाचार
  • Home
  • समाचार
  • लोप हुँदै जङ्गली ‘औध’
लोप हुँदै जङ्गली ‘औध’
बिहीबार, फागुन ४, २०७९
Hardik health
कालीकोट– कालीकोटमा पाइने जङ्गली औध जातका जनवार लोप भएका छन् । पानी र बाक्लो जङ्गल भएको क्षेत्रमा पाइने जङ्गली औध अहिले लोप भएका हुन् । जलवायु परिवर्तनका कारणले हुने बाढीपहिरो, उचित बासस्थान, खानपिनको अभाव, विकास निर्माणका काम आउने ध्वनी प्रदूषणका कारणले जङ्गली औध लोप हुने । पानीमा पाइने औध विषेशत माछा खाने एक प्रकारको स्तनधारी मांसहारी जनवार हो । जङ्गल क्षेत्रमा पाइने औध उही जातको स्तनधारी जनवार शाकाहारी जनवार हो । नेपालमा हिमाली एक हजार छ सय फिट उचाइमा औध पाइने गरेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख विश्वबन्धु श्रेष्ठले जानकारी दिए । “यो औध एक हजार छ सय फिटको उचाइसम्म पाइन्छ । यो तपाईँदेखि पहाडी जिल्लामा पाइने स्तनधारी जङ्गली जनवकार हो ।” उहाँले भन्नुभयो, “जङ्गली जनवार भएको यो मांसहारी र शाकाहारी दुई प्रकार हुने गरेको छ । एउटा पानीमा बस्ने र अर्को जङ्लमा बस्ने ।” गतवर्ष एउटा अनुसन्धान टोली रारा राष्ट्रिय निकुञ्ज क्षेत्रको खत्याड गाउँपालिकामा पानीका बस्ने औध पत्ता लगाएको र त्यसभन्दा यता नदेखिएको निकुञ्जका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गतवर्ष एउटा साना स्तनधारी जङ्गली जनवार अनुसन्धान गर्ने टोलीले खत्याडमा पानी औध पत्ता लगाएको थियो । अहिले त्यसको थप अनुसन्धान हुन सकेको छैन् । पानी आसपासमा क्षेत्रमा बस्ने औधले जङ्गली मुख्य आहारा माछा भएको निकुञ्ज प्रमुख श्रेष्ठले बताउनुभयो । “यसलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ अनुरुप संरक्षित सूचीमा राखिएको छ ।”, उहाँले भन्नुभयो, “अहिले नेपालमा औध कति छन् भनेर कुनै तथ्याङ्क राखिएको छैन् ।” जङ्गलमा पाइने औधले विषेश गरेर फलफूल स्याउ, सुन्तला, आरु बोखरा, चुत्रो भूइँकाफल, मेहललगायत फलफूल खाने गरेको पहिले पशु सेवा क्षेत्रमा अहिले रेडपाण्डा संरक्षण क्षेत्रमा काम गरिरहनुभएका हुरन्डेक नेपालमा उपाध्यक्ष वीरेन्द्रबहादुर बुढाले जानकारी दिनुभयो । “मैले देखेको थिएँ । जङ्गली औध कालो रङ्ग हुन्छ, यसले फलफूल खाने गर्दछ । यसका बच्चाले दूध खान्छन् ।” उहाँले भन्नुभयो, “अहिले यो देखिन छाडेको छ । यिनीहरुको बासस्थानको कमी भएर हो या लोप भएर हो ।” बुढाले आफूले जङ्गलमा रहेको औधको विषयमा एउटा घटना पनि सुनाउनुभयो । “कालीकोटको नरहरिनाथ गाउँपालिका–१ को कोटबाडामा एकजना भण्डारा थरका व्यक्तिले स्याउ लगाउनुभएको थियो । २०५७ साल असोजको घटना हो । त्यहाँ स्याउ औधले खाँदोरहेछ । दुई रुख स्याउका थिए । स्याउका दाना ओध खान थालेपछि ती किसानले जाबो हालेर मारेछन् । नजिकैको सिरानमा प्रहरी चौकी थियो । त्यो प्रहरी चौकी जङ्गलमा बीचमा रहेको थियो । त्यो जङ्गलको एउटा रुखमा टोट्काभित्र त्यसका तीन वटा बच्चा रहेछन् । आमालाई मारेपछि बच्चा कराउँदा रहेछन् । त्यो कराएको नजिकैको प्रहरी चौकीमा आवाज सुनिदोरहेछ । त्यो के रहेछ भनेर प्रहरीले अनुन्धान गर्दै जाँदा ती औधका बच्चा भोकले कराउँदा रहेछन् । अनि प्रहरीले उद्धार गरेर प्रहरी चौकीमा तीन वटा बच्चा थिए । प्रहरी चौकीमा एक पटक कुकुर बिरामी हुँदा मलाई बोलाएर जाँदा प्रहरीले औधका तीन वटा बच्चा दूध दिएर पालेको देखेको थिएँ ।” उहाँले भन्नुभयो, “मैले असोजको अन्तिममा देखेका ती औधका बच्चाहरू २०५७ साल मङ्सिर १४ गते कोटबाडा प्रहरी चौकीमा माओवादीले आक्रमण गरे । त्यसपछि ती औधका बच्चा कहाँ गए थाहा भएन् ।” लोपोन्मुख अवस्थामा रहेको औधलाई गत वैशाख महिनामा नहरिनाथ गाउँपालिका–९ लालुस्थित जनप्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मलकुमार विष्टले बताउनुभयो । “विद्यालय परिसरभित्रै रहेको रुखमा देखेको छु । नजिकै रहेको मेहल खान आएको बेला त्यहाँ भेटिएको हो ।” उहाँले भन्नुभयो, “यसको मुख लामो हुन्छ । आखाँमाथि सेता रौंका दाग हुन्छन् । शरीरका रौंँ पूरै काला भए पनि पछाडीको भागमा चुँडी लगाए जस्तो रौँं सेतो हुन्छन् ।” यो दुई प्रकार हुने गरेको पानी औध पानी बस्ने गरेको हाम्रो क्षेत्रमा पाइने प्रायः डाँडा औध भन्ने गरिएको प्रधानाध्यापक विष्टले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध सोमबार, फागुन ११, २०८२
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’ सोमबार, फागुन ११, २०८२
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ सोमबार, फागुन ११, २०८२
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान सोमबार, फागुन ११, २०८२
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल सोमबार, फागुन ११, २०८२
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा सोमबार, फागुन ११, २०८२
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP