Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #चितुवाको उद्धार
  • #प्रियतम
  • #श्वेत र काल
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
  • #राष्ट्रपति
Search Here
समाचार
  • Home
  • समाचार
  • सम्पादक राईको स्मृतिमा पुस्तक र वृत्तचित्र सार्वजनिक
सम्पादक राईको स्मृतिमा पुस्तक र वृत्तचित्र सार्वजनिक
शनिबार, माघ २१, २०७९
Kamalraj Rai Samjhana
Hardik health
काठमाडौं– प्रभाव दैनिकका सञ्चालक तथा सम्पादक स्वर्गीय कमलराज राईको स्मृतिमा प्रकाशित पुस्तक सार्वजनिक गरिएको छ । सम्पादक राईको निधन भएको प्रथम वार्षिकीको अवसरमा शुक्रबार ‘कमलराज खम्बु राई ‘आने’ स्मृतिग्रन्थ’ नामक पुस्तक सार्वजनिक गरिएको हो । प्रभाव पब्लिकेसन प्रालिद्वारा यहाँ आयोजित कमलराज राई प्रथम स्मृति दिवस समारोहमा प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले उक्त स्मृतिग्रन्थ लोकर्पण गरेका हुन् । पुस्तकमा स्वर्गीय राईको स्मृतिमा लेखिएका ७७ लेखकका लेख, सातवटा कविता, उनीसँग सम्बन्धित तस्बिर, वंशावलीलगायत समेटिएको छ । करिब ४२८ पृष्ठको उक्त पुस्तक डा. सुकराज राई, डा. धनप्रसाद सुवेदी, जीवनजित राई र विकास राईले सम्पादन गरेका छन् । पुस्तकको प्रकाशन स्वर्गीय सम्पादक राईकी धर्मपत्नी लालसरा राईले गरेकी हुन् । दुई दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय राईले विभिन्न क्षेत्रमा पु¥याएको योगदानलाई दस्तावेजीकरण गर्ने उद्देश्यले स्मृतिग्रन्थ प्रकाशन गरिएको उनले बताइन् । सोही अवसरमा सम्पादक राईको जीवनीमा आधारित वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो । वृत्तचित्र अधिवक्ता गिरीराज राई, लंकसेर राईलगायतले तयार पारेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य खतिवडाले स्मृतिग्रन्थ प्रकाशन गर्ने कार्य प्रशंसानीय भएको बताए । ‘मान्छे बाँचेर मरिरहेका हुन्छन्, तर कमलराज राईको स्मृतिग्रन्थ प्रकाशन गरी मरेर बाँच्ने काम गरिदिनुभएको छ, धन्यवाद,’ उनले भने । उनले कमलराज एक परिपक्व, इमान्दार र लगनशील व्यक्ति भएको स्मरण गरे । ‘प्रजातन्त्रप्रति अटल विश्वास राख्ने, जातीय संस्कार संस्कृतिलाई पनि सम्मान गर्ने, सबैलाई समेटेर गयो भने मात्रै राष्ट्रियता बलियो हुन्छ भन्ने प्रस्ट विचार बोक्ने व्यक्ति हुनुहुन्थ्यो,’ सांसद खतिवडाले सम्झिए, ‘उहाँजस्तो परिपक्व, इमान्दार र लगनशीलता भएको व्यक्तिमा भगवान्को पनि आँखा लागेको हो कि ?’ कमलराज र आफू पढेको विद्यालयमा उनलाई सधैँ सम्झिने कार्यक्रम बनाउने उनले आग्रह गरे । यसका लागि सहयोग गर्ने प्रतिबद्धतासमेत उनले जनाए । पूर्वसांसद टंक राईले ‘खम्बुवान’ नामक पत्रिका प्रकाशनदेखि निरन्तर सहकार्य गरेको स्मरण गरे । उनले कमलराज संघर्षशील व्यक्तित्व भएको उल्लेख गर्दै विभिन्न पेसा व्यवसाय हुँदै पत्रकारितामा स्थापित भएको बताए । पूर्वसांसद राईले कमलराज जस्तो बहुप्रतिभाशाली व्यक्तित्वलाई गुमाउनु पत्रकारिता क्षेत्र र समग्र समाजका लागि ठूलो क्षति भएको चर्चा गरे । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार विभागका विभागीय प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले एक जना होनहार विद्यार्थी गुमाउनुपरेको बताए । पत्रकारिता पेसासँगै अध्ययनलाई समेत अगाडि बढाउने कमलराजको अठोट उदाहरणीय भएको उनको भनाइ थियो । विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि उनको स्मृतिग्रन्थ उपयोगी हुने प्राध्यापक खनालले बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सान्तराम बिडारीले नेपाली पत्रकारिता क्षेत्रका एक इमान्दार पत्रकार गुमाउनुपरेको बताए । ‘कमलजी अरुभन्दा पृथक पत्रकार हुनुहुन्थ्यो, आफ्नो कुरा प्रस्टसँग राख्ने उहाँ साथीभाइका लागि जस्तोसुकै सहयोग गर्न पनि तयार हुनुहुन्थ्यो,’ उनले भने । साना लगानीका सञ्चारमाध्यमहरुको पक्षमा आवाज उठाउने र जुनसुकै बेला जुट्न तयार हुने गरेको पनि उनले स्मरण गरे । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीले शाखाले कार्यसमिति सदस्य मात्रै नभएर एक अभिभावकलाई गुमाउनुपरेको बताए । ‘हामीलाई आवश्यक पर्दा जुनसुकै विषयमा सल्लाह दिनुहुन्थ्यो, उहाँकै सल्लाहमा हामीले निर्णय गथ्र्यौं,’ अध्यक्ष सुवेदीले भने, ‘अहिले हामीलाई त्यही अभिभावकत्व दिने व्यक्तिको अभाव भइरहेको छ ।’ उनले काठमाडौं शाखाबाट कमलराजलाई पछिसम्म सम्झिनेगरी ‘कमलराज राई स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्ने घोषणासमेत गरे । प्रभाव पब्लिकेसन प्रालिका प्रबन्ध निर्देशक कृष्णबहादुर कार्कीले नेपाली पत्रकारितामा कमलराजको योगदान अविष्मरणीय रहने बताए । उनले कमलराजको सपनालाई साकार बनाउने प्रयास संस्थाले गरिरहेको उल्लेख गरे । ‘कमल सर आज भौतिकरुपमा हामीमाझ नभए पनि हाम्रो स्मृतिमा उहाँ रहिरहनुभएको छ । नेपाली पत्रकारिता क्षेत्रमा उहाँको योगदान सधैं अविष्मरणीय रहने नै छ,’ कार्कीले भने, ‘यसरी नै उहाँलाई सम्झने, सकेसम्म उहाँको सम्मानमा अझ रचनात्मक कार्यहरु गर्ने प्रयास हामी गर्नेछौं ।’ कार्यक्रममा श्रीराम राईले स्मृतिग्रन्थमाथि समीक्षात्मक टिप्पणी राखेका थिए । यस्तै सम्पादकमण्डलको तर्फबाट डा. सुकराज राईले मन्तव्य राखेका थिए । सम्पादक राईको गत वर्ष माघ २० गते ४६ वर्षको उमेरमा असामयिक निधन भएको थियो । विभिन्न सञ्चारमाध्यम हुँदै उनी विगत नौ वर्षयता प्रभाव दैनिकमा आबद्ध थिए । सहसम्पादकका रुपमा प्रभावसँग जोडिएका उनी पछि सम्पादक र प्रभाव पब्लिकेसन प्रालिका अध्यक्षको जिम्मेवारी लिएर काम गर्दै आएका थिए । उनले खास खबर साप्ताहिकसमेत प्रकाशन/सम्पादन गर्दै आएका थिए ।        
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनका निम्ति चीनले चालिस लाख डलर बराबरको अनुदान सहयोग गर्ने
निर्वाचनका निम्ति चीनले चालिस लाख डलर बराबरको अनुदान सहयोग गर्ने मंगलबार, फागुन १२, २०८२
तीन दिन सार्वजनिक बिदा
तीन दिन सार्वजनिक बिदा मंगलबार, फागुन १२, २०८२
मन्त्रिपरिषद्को बैठक सुरु
मन्त्रिपरिषद्को बैठक सुरु मंगलबार, फागुन १२, २०८२
निर्वाचनका लागि कुनै सुरक्षा चुनौती नदेखेको निष्कर्ष
निर्वाचनका लागि कुनै सुरक्षा चुनौती नदेखेको निष्कर्ष मंगलबार, फागुन १२, २०८२
‘युपिआर’मा प्राप्त सुझाव कार्यान्वयन गर्न माग
‘युपिआर’मा प्राप्त सुझाव कार्यान्वयन गर्न माग मंगलबार, फागुन १२, २०८२
रञ्‍जु दर्शना बनिन् आमा
रञ्‍जु दर्शना बनिन् आमा मंगलबार, फागुन १२, २०८२
दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई
दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई मंगलबार, फागुन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP