Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #चितुवाको उद्धार
  • #प्रियतम
  • #श्वेत र काल
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
  • #राष्ट्रपति
Search Here
समाचार
  • Home
  • समाचार
  • नारायणी नदीमा पानीको बहाव कम हुँदै गएपछि निकुञ्जको सुरक्षामा बढ्यो चुनौती
नारायणी नदीमा पानीको बहाव कम हुँदै गएपछि निकुञ्जको सुरक्षामा बढ्यो चुनौती
बिहीबार, माघ १९, २०७९
narayani river
Hardik health
काठमाडौं– नारायणी नदीको उत्तरी भंगालोमा पानीको बहाव कम हुँदै गएपछि नवलपुर तर्फबाट चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षा चुनौती बढ्ने संरक्षणकर्मीले बताएका छन् । चितवनको नारायणघाटस्थित नारायणीको पुलेखि केही किलोमिटर तल शिख्रौलीघाटबाट नारायणी दुई भङ्गालोमा बाँडिएर बगेको छ । नवलपुरतर्फ बग्ने भङ्गालोलाई उत्तरी र चितवनतर्फ बग्ने भङ्गालोलाई दक्षिणी भङ्गालो भन्ने गरिन्छ । यति बेला नारायणीको पानी अधिकांश भाग चितवनतर्फको दक्षिणी भङ्गालोबाट बग्न थालेपछि निकुञ्ज प्रवेश सहज भएको भन्दै संरक्षणकर्मीले चिन्ता र चासो व्यक्त्त गरेका छन् । चितवनतर्फ विकास निर्माण तथा नारायणीको तटबन्धका लागि सेतीदेवी सामुदायिक वन आसपास अत्यधिक मात्रामा नदी उत्खनन् गर्दा गहिरिएर नदीको बहाव दक्षिण भङ्गालोतर्फ सोझिएको छ । नवलपुरको तटीय क्षेत्र सुक्खा भएसँगै यस क्षेत्रबाट चोरी सिकार गर्नेलाई निकुञ्ज प्रवेश सहज हुने भएकाले सुरक्षा चुनौती बढ्ने देखिएको संरक्षणकर्मी डिबी चौधरी बताउछ्न् । “पहिले पहिले पौडिएर नारायणी तर्नुपर्ने भएकाले चोरी सिकार गर्नेलाई त्यति सहज थिएन, यति बेला उत्तरी भङ्गालोमा पानीनै नभएपछि निकुञ्जमा प्रवेश सहज भएको छ, यसले निकुञ्जको सुरक्षा चुनौती बढ्ने देखिएको छ”, उनले भने, “पानी कम हुँदा वन्यजन्तुलाई मात्रै खतरा भएको छैन, जैविक विविधता र नदी आश्रित भएर जीविकोपार्जन गर्ने स्थानीयलाई समेत समस्या भएको छ ।” नवलपुरको गैँडाकोट, देवचुली, कावासोती भएर बग्ने नारायाणीको उत्तरी भंंगालोमा पानीको बहाव कम हुँदा निकुञ्जका जनावार सहजै मानव बस्तीमा प्रवेश गर्ने क्रम बढको छ । यसले मानव र वन्यजन्तुबीच द्वन्द्व मात्रै बढने नभएर वन्यजन्तु संरक्षणमा गम्भीर असर पर्ने देखिएको लामीचौर उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेल बताउछन् । नदीले बनाएको बगर क्षेत्र लामो भएको र खुला क्षेत्रमा टाढा टाढासम्म वन्यजन्तु देख्न सकिने भएकाले तस्करलाई सहज भएको अध्यक्ष पौडेले बताए । विकास निर्माणका लागि नदी उत्खनन् गर्दा पानीको बहाव दक्षिणी भङ्गालोमा नारायणीको पानी निकै कम भएकाले जैविक विविधता मात्रै होइन निकुञ्जको सुरक्षामा चुनौती थपिएको भन्दै संरक्षणकर्मी विष्णु अधिकारी बहावलाई पूर्ववर्तीरुपमा फर्काउनुपर्ने बताए । “शिख्रौलीदेखि अमलटारी घाटसम्म पानीको बहाव एकदमै कम छ, कतै हिँडेर पार गर्नसम्म सकिन्छ यसले निकुञ्जभित्र प्रवेश गर्ने जो कोहीलाई पनि सहज बनाएको मात्रै छैन निकुञ्जका वन्यजन्तु सहजरुपमा मानव बस्तीमा प्रवेश गर्ने गरेका छन् ।” उनले भने, “यसले मानव वन्यजन्तु द्वन्द्व मात्रै बढाउँदैन जैविक विविधता र निकुञ्जको सुरक्षाको विषय माग म्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।” अघिल्लो सातामात्रै नवलपुरको मध्यबिन्दु नगरपालिका–२ सेहरीमा चोरी सिकारीका कारण दुई गैँडा मारिएपछि निकुञ्नको सुरक्षामा चुनौती थपिएको र चोरी सिकार गर्नेसमेत सक्रिय हुन लागेको भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरिरहँदा उत्तरी भङ्गालोमा पानीको बहाव कम हुँदा आउने समस्याको विषयमा निकुञ्जले गम्भीरतापूर्वक अध्ययन गरिरहेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । पानीको बहाव पूर्ववर्ती रुपमा फर्काउनका लागि स्थानीय तह, मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति तथा सरोकारवालासँग आवश्यक समन्वयलाई निकुञ्जले अगाडि बढाएको उनी बताउछन् ।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १०:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनका निम्ति चीनले चालिस लाख डलर बराबरको अनुदान सहयोग गर्ने
निर्वाचनका निम्ति चीनले चालिस लाख डलर बराबरको अनुदान सहयोग गर्ने मंगलबार, फागुन १२, २०८२
तीन दिन सार्वजनिक बिदा
तीन दिन सार्वजनिक बिदा मंगलबार, फागुन १२, २०८२
मन्त्रिपरिषद्को बैठक सुरु
मन्त्रिपरिषद्को बैठक सुरु मंगलबार, फागुन १२, २०८२
निर्वाचनका लागि कुनै सुरक्षा चुनौती नदेखेको निष्कर्ष
निर्वाचनका लागि कुनै सुरक्षा चुनौती नदेखेको निष्कर्ष मंगलबार, फागुन १२, २०८२
‘युपिआर’मा प्राप्त सुझाव कार्यान्वयन गर्न माग
‘युपिआर’मा प्राप्त सुझाव कार्यान्वयन गर्न माग मंगलबार, फागुन १२, २०८२
रञ्‍जु दर्शना बनिन् आमा
रञ्‍जु दर्शना बनिन् आमा मंगलबार, फागुन १२, २०८२
दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई
दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई मंगलबार, फागुन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP