काठमाडौं– बाँके, राप्तिसोनारी गाउँपालिका–१ चप्परगौरीस्थित सडकमा ग-२१ प ३२४८ र रा-७ प ५५५४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा रा-७ प ५५५४ नम्बरको मोटरसाइकल चालक सल्यान शारदा नगरपालिका-२ बस्ने २५ वर्षीय सुजित सिङ थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका रा।७ प ५५५४ नम्बरको मोटरसाइकलमा सवार १ जना र ग-२१ प ३२४८ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
नवलपरासी (पूर्व), मध्यविन्दु नगरपालिका-१० खहरेखोलास्थित सडकमा लु-१ ख ७१८० नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, डाक्नेश्वरी नगरपालिका-३ तरहीस्थित सडकमा स-१ त २१५९ नम्बरको ट्याक्टरबाट लडेर सोही ठाउँ बस्ने ४५ वर्षीय चन्द्र मुखियाको आइतबार राति मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर नियन्त्रणमा लिई हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९ ११:४६