काठमाडौं– इलाम क्षेत्रनम्बर–१ र सुनसरी क्षेत्रनम्बर–४ मा रोकिएको मतगणना सुरु भएको छ । पछिल्लो विवरणअनुसार मतगणना सुरु भएसँगै इलाम–१ मा एमालेका महेश बस्नेतले अग्रता बनाएका छन् ।
उनलाई एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पछ्याइरहेका छन् । बस्नेतले २३ हजार ९५ मत पाउँदा खनालले २० हजार ८९६ मत पाएका छन् ।
सुनसरी–४ मा भने सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अग्रता लिएका छन् ।
उनले २३ हजार ४३९ मत ल्याएर अग्रता लिइरहँदा एमालेका जगदिशप्रसाद कुसियैतले २३ हजार ३४१ मतसहित पछ्याइरहेका छन् ।
रोकिएको दुवै क्षेत्रको मतगणना अहिले पुनः सुचारू भएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९ १५:२६