कपिलवस्तु –कपिलवस्तु निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन् । आचार्यले नेकपा (एमाले)का बृजेशकुमार गुप्तालाई पराजित गरेका हुन् ।
उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा गुप्ताले ३८ हजार छ सय ९७ मत प्राप्त गरेका थिए । यस्तै कपिलवस्तु(२ प्रदेशसभा ९२० मा नेपाली कांग्रेसका सुधाकर पाण्डेय निर्वाचित भएका छन् । उनी आठ सय ९१ मतान्तरले निर्वाचित भएका हुन् ।
पाण्डेयले १४ हजार एक सय ८५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धर्मबहादुर लाल श्रीवास्तवले १३ हजार तीन सय ९४ मत प्राप्त गरे ।
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९ १४:१७