काठमाडौं –मुगुबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका ऐनबहादुर शाही निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार राजबहादुर कार्कीलाई करिब ४ हजार मतान्तरले पछि पार्दै शाहीले जित हासिल गरेका हुन् ।
शाहीले १४ हजार ७०२ मत प्राप्त गर्दा एमालेका कार्कीले १० हजार ७०८ मत ल्याएका थिए ।
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९ ११:२०