काठमाडौं–मुगु–मुगु प्रदेशसभा (१) मा नेकपा (एमाले) का जितबहादुर मल्ल विजयी भएका छन् । मल्लले ६ हजार ६ सय १८ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का गोपालबहादुर बमले ५ हजार ४ सय ४५ मत ल्याएर पराजित भए । एक हजार ७३ भोटको मतान्तरमा मल्ल विजयी भएको जिल्ला निर्वाचन अधिकारी विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९ १०:४०