काठमाडौं– चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएको छ । नेकपा (एमाले) का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएको हो ।
ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गरेको छ भने पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गरे। नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार नौ सय नौ मत प्राप्त गरे ।
सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । जसमध्ये तीन हजार छ सय २१ मत बदर भई ९१ हजार चार सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ ।
उक्त क्षेत्रको प्रदेशसभा १ मा नेकपा (एमाले) का जगन्नाथ थपलिया विजयी भएको छ । थपलियाले १७ हजार छ सय ८८ र नेपाली कांग्रेसका किरणभूषण ओलीले १० हजार सात सय १२ मत पाएको थियो । यस प्रदेशमा ४३ हजार आठ सय ३६ मत खसेको थियो ।
यस क्षेत्रको प्रदेशसभा २ मा नेकपा (एकिकृत समाजवादी) का कृष्णप्रसाद खनाल विजयी भएको छ । खनालले १५ हजार पाँच सय सात मत प्राप्त गरी विजयी भएको हो । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खनालले १४ हजार सात सय ६८ मत प्राप्त गरेको थियो । यस प्रदेशमा ५१ हजार एक सय ३६ मत खसेको आयोगले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १६:१४