काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज दिउँसोसम्म प्रत्यक्षतर्फको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएका स्थानमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।
आयोगको पछिल्लो तथ्याङ्कअनुसार नेपाली कांग्रेस ३० स्थानमा विजयी भएको छ । यसैगरी नेकपा (एमाले) १७ स्थानमा विजयी भएको छ ।
नेकपा (माओवादी केन्द्र) नौ स्थानमा विजयी भएको छ । यस्तै, नेकपा (एकीकृत समाजवादी) छ स्थानमा विजयी भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ५ स्थानमा विजयी भएको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तीन स्थानमा जित हासिल गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरी विजयी भएको छ भने जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव विजयी भएाके छ ।
जनमत पार्टीका चन्द्रकान्त राउत, स्वतन्त्रतर्फ लालवीर चौधरी र नागरिक उन्मुक्तिपार्टीबाट गङ्गाराम चौधरी निर्वाचित भएको आयोगले जनाएको छ ।