काठमाडौं– प्रतिनिधिसभा सदस्यमा सिन्धुली निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे विजयी भएको छ । निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का प्रदीपकुमार कटुवाललाई चार हजार आठ सय ४५ मतान्तरले हराउँदै उनी विजयी भएको हो ।
निर्वाचित घिमिरेले ३० हजार तीन सय ९१ मत प्राप्त गर्दा एमालेका कटुवालले २५ हजार पाँच सय ४६ मतमात्र पाएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए। विसं २०७४ मा भएको निर्वाचनमा सिन्धुली क्षेत्र–१ को (२) मा प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा हुँदा घिमिरेलाई कटुवालले पराजित गरेको थियो । दुवै प्रतिस्पर्धी एकै गाउँपालिकावासी छन् । कटुवाल तीनपाटन गाउँपालिका वडा नं ११ र घिमिरे वडा नं १ का हुन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १४:४६