कैलाली– कैलालीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ मा कांग्रेसका उम्मेदवार डिल्लीराज पन्तले अग्रता लिएको छ ।
अहिलेसम्म ११ हजार दुई सय ४२ मतगणना हुँदा लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट कांग्रेसका उम्मेदवार पन्तले तीन हजार आठ सय ९१ मत प्राप्त गरेको छ । उनका प्रतिद्वन्द्वी नारदमुनि रानाले तीन हजार सात सय ७६ प्राप्त गरेको छ ।
स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा तेस्रो नम्बरमा छ । उनले एक हजार छ सय ८१ मत ल्याएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १२:२०