काठमाडौं– ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अग्रता कायम राखेको छ । निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उनले १२ हजार दुई सय ५३ मत प्राप्त गरेको छ ।
यता, दोस्रो स्थानमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवराज सिलवालले ११ हजार आठ सय ३० मत प्राप्त गरेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले एक हजार सात सय ६२ मत प्राप्त गरेको हो । अहिलेसम्म २८ हजार एक सय ९८ मत गणना भएको छ । जसमा नौ सय ९६ मत बदर भएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ १३:४९