काठमाडौं– बर्दियाको दुईवटै निर्वाचन क्षेत्रमा नागरिक उन्मुिक्त पार्टीले अग्रता कायम राखेको छ । बर्दिया १ मा ठाकुर सिंह थारु र बर्दिया २ मा लालवीर चौधरीले अग्रता लिएको हो । पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नं १ मा थारुले छ हजार दुई सय मत ल्याउँदा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सञ्जय गौतमले पाँच हजार तीन सय ४६ मत प्राप्त भएको छ ।
त्यसैगरी नेकपा (एमाले) का लक्ष्मण ज्ञावलीले चार हजार ४० मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हाल बारबर्दिया नगरपालिकाको मतगणना भइरहेको छ । क्षेत्र नं २ मा पनि नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका स्वतन्त्र उम्मेदवार लालवीर चौधरी अग्रपङ्तिमा देखिएको छ ।
उनले १६ हजार चार सय ५८ मत पाउँदा सत्ता गठबन्धनबाट उम्मेदवार रहेको नेकपा (माओवादी) का सुरेश पन्थले १० हजार आठ सय ९३ र नेकपा एमालेका पङ्कजसिंह राठौरले ६ हजार पाँच सय ५५ मत ल्याएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ १३:२६