काठमाडौं– सिन्धुली निर्वाचन क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गठबन्धनका उम्मेदवार मतान्तरलाई बढाउँदै लगेका छन् ।
हालसम्म निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ १० हजार सात सय ६६ मतगणना हँुदै गठबन्धनबाट लेखनाथ दाहालको अग्रता कायमै रहेको छ । उनले पाँच हजार आठ सय ३६ मत प्राप्त गरेको छ भने एमालेका मनोजजङ्ग थापाले चार हजार दुई सय एक मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत भरतकुमार दाहालले जानकारी दिए।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका भीष्मराज श्रेष्ठले ५६, नेपाल मजदुर किसान पार्टीका रामेश्वरी कोजुले दुई, तामाङसालिङ लोकतान्त्रिक पार्टीका डिल्लीकुमार गोलेले १८, मङ्गोल नेसनल अर्गनाइजेसनका शान्तवीर लामाले ६३, जनसमाजवादी पार्टी नेपालका योग्यबहादुर मुडुला कार्कीले १७, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले ८४ र स्वतन्त्र उम्मेदवार भूपेन्द्र विश्वकर्माले ४४ मत पाएका छन् । चार हजार ४५ मत बदर भएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ ११:१८