काठमाडौं– माथिल्लो डोल्पाका २२ मतदान केन्द्रका मत पेटिका हेलिकोप्टरबाट ल्याउन सुरु भएको छ । डोल्पाको माथिल्लो भागबाट बिहानैदेखि मत पेटिका ल्याउने कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले बताए ।
‘माथिल्लो डोल्पाका सबै तत पेटिका आजै ल्याइसक्छौ । तल्लो डोल्पाको मत पेटिका हिँडेर बेलुका सम्म ल्याइन्छ’ सुवेदीले भने,‘आज बेलुकासम्म सबै मत पेटिका संकलन भएपछि भोलि बिहानदेखि मतगणना सुरु गर्ने तयारी छ ।’ निर्वाचन सम्पन्न भएको चौथो दिनबाट मात्र यहाँ मतगणना सुरु हुने भएको हो ।
सर्वदलीय बैठक भने आज बेलुकासम्म बस्ने तयारी रहेको सुवेदीले बताए । डोल्पामा कुल ६६ मतदान केन्द्र छन् । यस जिल्लाबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका धनबहादुर बुढा र एमालेबाट गणेशबहादुर शाही उम्मेदवार छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ १०:५०