काठमाडौं– भोजपुरको प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा गठबन्धनका साझा उम्मेदवार सुदन किरातीले अग्रता लिएको छ ।
हालसम्म तीन हजार एक सय २४ मत गणना हुँदा उनले एक हजार पाँच सय ४१ मत पाएको छ भने नेकपा (एमाले) का उम्मेदवार शेरधनले एक हजार ८५ मत प्राप्त गरेको छ ।
भोजपुर प्रदेशसभा (१) मा गठबन्धनका साझा उम्मेदवार राजेन्द्रकुमार राईले सात सय छ मतले अघि देखिएको छ ।
तीन हजार नौ सय २८ मत गनिसक्दा राई दुई हजार ४४ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) का हरिबहादुर राईले एक हजार तीन सय ३८ मत प्राप्त गरेको छ ।
जिल्लामा एक लाख २३ हजार तीन सय ७९ कूल मतदाता रहेकोमा ६२ हजार एक सय ८२ मत खसेको थियो । जुन ५० दशमलव ३९ प्रतिशत हो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ १०:०६